Home » Archives for October 2022 » Page 3
Monthly Archives

२०७९ कार्तिक १०, बिहीबार १०:२९

राजनीतिक दलपिच्छेका  ट्रेड युनियनका कारण कर्मचारीतन्त्रमा राजनीतिकरण भएकाले कर्मचारीको छाता संगठन बाहेकका ट्रेड युनियन खारेज गर्नुपर्ने आवाज कर्मचारीहरूबाटै उठ्न थालेको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको एक मन्त्रालयको विभागीय कार्यसमितिका सदस्य समेत रहेका शाखा अधिकृतले प्रशासनमा कर्मचारी युनियनहरूको दादागिरी  बढेकाले दलैपिच्छेका संगठन खारेज गर्नुपर्ने बताए । कर्मचारीको हकहितका लागि काम गर्न एउटा आधिकारिक संगठन पर्याप्त भएकाले दलैपिच्छेका संगठन अनावश्यक रहेको उनको तर्क छ । आधिकारिक संगठनको कार्यसमितिमा आफ्नो दल निकटका कर्मचारी नआएपछि आफ्नो स्वार्थ अनुकूलका काम गर्न पाइँदैन भनेर छुट्टाछुट्टै युनियनमार्फत प्रशासनमा हैकम चलाउन थालेको उनले प्रष्ट पारे ।

कर्मचारीहरूका ट्रेड युनियनले गर्ने  गतिविधिबाट आम सेवाग्राही वा कर्मचारी मात्र …

दलैपिच्छेका ट्रेड युनियन, प्रशासनमा विसङ्गति, समाधान खारेजी?
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ।

निर्वाचन आयोगका अनुसार, बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ । (उक्त सूची आयोगको वेभसाइट https://election.gov.np/np/page/final-closed-list मा प्रकाशन गरिएको छ ।)
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् …

0 comment
0 FacebookTwitterEmail

देशभर तिहार अर्थात यमपञ्चकको रौनक छाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। विभिन्न धर्मग्रन्थमा उल्लेख भएअनुसार यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यमपञ्चकको  अन्तिम तथा यम पाँचौं दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ। यही दिन दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिको कामना गर्दै भाइटीका लगाइदिने गर्छन्।

पछिल्लो समय तिहारको महत्व तथा रौनक देशमा मात्र होइन नेपालीहरू बसोवास गरिएका अरु देशहरूमा पनि उत्तिकै फैलँदै गएको देखिन्छ।  रोजगार र अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपाली र स्थायी रूपमा विदेशमा बस्ने नेपालीले दशैँ पनि उल्लासका साथ मनाए भने …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा राजनीतिक दलको नाम र मत चिन्ह उल्लेख नगरी उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने बताएको छ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको निःशुल्क कल सेन्टरमा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएको हो।
निर्वाचन आयोग भन्छ, “निर्वाचन आचारसंहिता बमोजिम छठ पर्वको घाट निर्माण गर्दा प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न पाइँदैन।”

निर्वाचन आयोगका अनुसार,  गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा कात्तिक ७ गतेसम्ममा आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार …

छठघाटको प्रवेशद्वारमा उम्मेदवारको फोटोसहितको शुभकामना सन्देश राख्न नपाइने
0 comment
0 FacebookTwitterEmail

सरकारको विभेदकारी नीतिका कारण ५ स्टिल उद्योग बन्द भएका छन्। अन्तःशुल्क विवादका कारण १२ अर्ब लगानीका ५ ठूला उद्योग बन्द भएका हुन। चालू आर्थिक वर्षको बजेटले अन्तःशुल्क लाग्ने गरी समेटिए पछि स्टिल उद्योग सङ्कटमा परेको उद्योगीहरूको भनाई छ।
भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रूपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द भएका छन्।
सरकारले स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पन्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्क लगाएको थियो। जसले उत्पादन लागत बढ्दा उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ।
पाँच उद्योग बन्द हुँदा यसमा आश्रित

रूपन्देहीमा १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग बन्द, दुई हजार मजदुर रोजगारी गुमाउँदै
0 comment
0 FacebookTwitterEmail

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३ को तयारी सुरु भएको छ। तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष तथा अभियन्ता विक्रम पाण्डे काजीले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पूरा भएको अवसरमा २०२३ मे २९ तारिखमा खुम्बु हाइल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड  आयोजना गर्दै हुनुहुन्छ । 

यसैको तयारीका लागि लामो समयदेखि बेलायतलाई कर्मभूमि बनाउँदै आउनु भएका सेफ विनोद  बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि  अननरी गुडविल एम्बेसडर नियुक्त हुनुभएको छ। वरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष विक्रम पाण्डे काजीले यो साता गुडविल एम्बेसडर नियुक्त गर्नुभएको हो । 

विनोद बराल लण्डनमा

एभरेष्ट म्याराथन २०२३ को तयारीः विनोद  बराल गुडविल एम्बेसडर
0 comment
0 FacebookTwitterEmail

मन के हो, यसलाई कसरी बुझ्ने वा बुझाउने भन्नेबारेमा धेरै ज्ञानी पुरुषले अनेक तरहले अर्थ्याउँदै आएका छन्। अनेक परिभाषा तयार गरिएका छन् तर आज पनि यो प्रश्न त्यत्तिकै प्रखर तवरले उभिएको छ। आजको चर्चा यही विषयमा केन्द्रित छ।

मनलाई संसारमा भएका प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रण वा परिचालन गर्ने अन्त:करणको अंश वा वृत्ति मान्न सकिन्छ। साथै यसलाई नाक,कान, आँखा आदिमार्फत थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय,अन्त:करण, चित्त, दिल, हृदय भनेर बुझ्दा पनि अन्यथा हुँदैन।

वास्तवमा मन भौतिक तर अभौतिक अवस्था हो। चित्त मनसहित सम्पूर्ण मानसिक वृत्तिहरू रोपिने, क्रियाशील हुने र अनन्त: हराउने ठाउँ हो भने …

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका तर निर्वाचन कानून तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना ( कालो सुचीमा रहेका १ जना र लाभको पदमा रहेका १ जना) गरी कूल जम्मा ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम निर्धारण भई सो कार्यक्रम बमोजिम दलहरूबाट उम्मेदवारको बन्दसूची पेश भई सो बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझ गरी कानून बमोजिम अयोग्य देखिएका उम्मेदवारको नाम सूचीबाट हटाउने …

0 comment
0 FacebookTwitterEmail

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराईभगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो।

साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो। त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ।

सञ्चारग्रामस्थित डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव …

0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने …

निर्वाचनमा मतदाताले चार मतपत्रमा मत संकेत गर्नुपर्ने
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved