Home » Archives for February 2023
Monthly Archives

२०७९ फाल्गुन १६, मंगलवार १४:१७

प्रसिद्ध साहित्यकारद्धय वैरागी काइँला‘ र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ ।

साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रु एक लाख ५० हजार रहेको छ ।

काइँलालाई एक लाख र पराजुलीलाई ५० हजार रुपैँया पुरस्कार राशिसहित सम्मान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा आगामी वैशाख १० गते काठमाडौँमा पुरस्कार प्रदान गरिने फाउन्डेसनका सदस्यसचिव नगेन्द्रराज प्रसाईले जानकारी दिए ।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न व्यस्त थिए दैलेखका बलबहादुर थापा । दैलेखको ठाटीकाँध गाउँपालिका– २ का थापा उमेरले ६२ वर्ष पुगे । उनको सारथी हो रेडियो । उनको नेपालसहित विश्वभरको सूचना प्राप्त गर्ने मोह यो उमेरमा पनि घटेको छैन, झनै बढेको छ । गोठालो जादा हातमा लौरो र काधमा रेडियो उनको अनिवार्य नै बनको छ । कसैको रत्यौलीमा पुग्दा समेत उनको काधमा झुण्डाइएको रेडियो घन्किरहेको हुन्छ ।

रेडियो नसुन्दा के बिर्सिए जस्तो लाग्ने गरेको उनी बताउँछन् । ‘बिहान उठेदेखि साँझ …

कर्णालीमा छैन सूचनामा सहज पहुँच
0 comment
0 FacebookTwitterEmail

प्रत्येक दुई मिनेटमा एक महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु हुने गरेको संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको एक प्रतिवेदनमा जनाएको छ । यो प्रतिवेदनले मातृ मृत्युदरको प्रवृति, हालैका वर्षहरूमा महिलाको स्वास्थ्यको लागि डरलाग्दो अवस्था देखाएको छ , किनकि विश्वका लगभग सबै क्षेत्रहरूमा मातृ मृत्यु या त बढेको छ वा स्थिर छ।

सन् २०२० मा प्रति एक लाख जीवित जन्ममा २२३ जना सुत्केरी महिलाहरुको मृत्यु भएको थियो, विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले जनाएको छ। यो मृतुदर संख्या सन् २०१५ र सन् २००० को भन्दा केहि घटेको छ। सन् २०१५ मा २२७ र सन् २००० मा ३३९ सुत्केरी महिलाहरुको मृत्यु भएको थियो।…

0 comment
0 FacebookTwitterEmail

अर्बपति गौतम अडानीको नाटकीय उत्थान र भयानक पतनले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा कुलीन वर्गको अत्याधिक प्रभावको कथा भन्छ। अडानीको पतनबाट आउने राजनीतिक नतिजाको मूल्याङ्कन अहिले नै गर्नु हतार हुने भएपनि यो निश्चित रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको विकास रणनीतिको असफलता हो।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको घनिष्ठ सम्बन्धले विगत दुई दशकमा भारतीय अर्बपति गौतम अडानीलाई एशियाको सबैभन्दा धनी व्यक्ति बन्न मद्दत गरेको छ।  ठगी र स्टक हेरफेरको आरोपका कारण अडानीको व्यापार साम्राज्यले घुँडा टेक्नु अघिसम्म त आफ्नो राजनीतिक गुरुको आडमा उनले गरेको आर्थिक विकासले अडानीलाई भारतीय विकासको मोडलको पोस्टर ब्वाइ  पनि बनायो।  अडानीको समूहले केही दिनभित्रै बजार मूल्यमा  १ सय १० बिलियन डलर …

0 comment
0 FacebookTwitterEmail

तारा वाग्ले/बहराइन

दौरा सुरूवाल र नेपाली ढाका टोपिमा सजिएर नेत्र विशेषज्ञ डा. सन्दुक रुइत बहराइनको मनामास्थित ईशा कल्चरल सेन्टरको मञ्चमा उभिदा विश्वको ध्यान आकृष्ट भयो। उहाँको शिष्ट र शालिन उपस्थितिबाट वरपरका मानिसहरु मोहित भए। उहाँसंगै उभिँदा मात्र पनि आनन्दको अनुभूति गर्ने डा. रुइतलाई प्रशंसकहरुबाट बधाई र सम्म्मानको ओइरो आउँदा डा. रुईतको मात्र नभई पुरै नेपालको नाम विश्वभर गुन्जायमान भएको थियो। बहराइनका राजा हमाद विन इशा अल खालिफाबाट यही फागुन ९ गते  १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को इसा अवार्डबाट सम्मानित हुनुभएको हो।

मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई सुरक्षित, सुलभ र प्रभावकारी बनाउन पुर्याउनुभएको  विशिष्ट योगदानको निम्ति डा. रुइतलाई …

0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशमा दाइजो विरोध गदैं तीन जोडीले आदर्श विवाह गरेका छन्। मधेश प्रदेशमा फैलिएको दाइजोको बिरोध गर्दै तिनै  जोडीले आदर्श बिहे गरेका हुन ।

फागुन ५ गते बाराको फेटा गा.पा १ भलुही निवासी सिकेन्द्र साह र पचरौता ना.पा ८ बाजोपटीका सिमा साह हुनुहुन्छ। सिकेन्द्र साह अहिले रौतहटको चपुर स्थित  सिद्धार्थ बैंकमा सहायक ऋण प्रमुख हुनुहुन्छ। उहाँले गाउँले तथा आफन्तले दाइजोका कारण छोरीहरूको बालविवाह गरिदिएको र बढी पढेमा बढी दाइजो दिन पर्ने भएकाले पढाउन नै नपठाउने देखेर नै बिना दाइजो बिहे  गर्नु भएको हो। उहाँकी बेहुली सिमा साह अहिले वीरगंज स्थित ठाकुरराम बहुमुखी क्यापसमा स्नातक पढ्दै हुनुहुन्छ।

सिकेन्द्र साहले भन्नुभयो, “स्कुलको …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिकाे निर्वाचनलाई त्यसको आठ दिन पश्चात अर्थात् चैत्र ३ गते गर्ने घोषणा गरेको छ । सत्तारुढ दलहरूबीच राष्ट्रपतिको निर्वाचनलाई लिएर विवाद भइरहँदा निर्वाचन आयोगले आवश्यक तयारी जारी रहेको बताएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। आम जनतामा भण्डारी र पुनका उत्तराधिकारी चयन गर्ने निर्वाचन प्रणाली सम्बन्धी केही अस्पष्टता रहेकोले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी यो जानकारीमूलक सामग्री तयार पारिएको हो।

कसरी हुन्छ नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

नेपालको संविधान २०७२

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय मानव अधिकार आयोगबाट तयार गरिएको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ अनुसार आ.व.२०७६/७७ र आ.व. २०७७/७८ को अवधिमा करिब ४० हजार ३ सय नेपाली मानव बेचबिखनमा परेको अनुमान गरिएको छ ।

यसको अर्थ हो एक वर्षमा ४० हजारभन्दा बढी नेपाली बेचिन्छन्।  त्यसै गरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोको तथ्यांङ्ग अनुसार आर्थिक वर्ष २०७७/७८ मा मानव बेचबिखन विरुद्ध १ सय ३४ वटा मुद्दा दर्ता भएको र कुल १ सय ८७ जना पीडितहरू रहेको देखिएको छ। त्यस्तै आ.व.२०७७/७८ लिङ्गका आधारमा हेर्दा त्यसमध्ये १ सय ८३ जना अर्थात ९८% महिला र ४ जना २% पुरुष पीडित रहेको तथ्यांकमा उल्लेख छ ।…

एक वर्षमा बेचिन्छन् ४० हजारभन्दा बढी नेपाली
0 comment
0 FacebookTwitterEmail

युक्रेनमाथि रूसले आक्रमण गरेको एक वर्ष पुगेको दिनमा एम्नेस्टी इन्टरनेसनलले एक वक्तव्य निकालेर भनेको छ-  युक्रेनका जनताले पछिल्लो १२ महिनामा यस आक्रामक युद्धको क्रममा अकल्पनीय त्रास भोगेका छन्। हामी स्पष्ट हौँ : भ्लादिमिर पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ। आफूले भोगेको सबै कुराका लागि जीवित रहेका व्यक्तिहरू न्याय र परिपूरणको हकदार छन्। अन्तर्राष्ट्रिय समुदाय यसलाई अन्त्यसम्म नियाल्न अडिग रहनुपर्छ ताकि पीडितहरूलाई न्याय होस्। एक वर्ष बितेको छ र अझ धेरै गर्नु आवश्यक छ।

सन् २०२२ फेब्रुअरी २४ मा रूसी सैन्य बलहरूले युक्रेनमा व्यापक आक्रमण सुरू गरेको थियो र यस कदमलाई एम्नेस्टी इन्टरनेसनलले “आक्रमण र मानवअधिकार विनाशको कार्य” …

0 comment
0 FacebookTwitterEmail

आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।

‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’

तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो ।

विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र संचारमाध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved