बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत एसइई पास गरेका छात्रालाई साइकल वितरण गरेको छ। घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका छात्रालाई आइतबार साइकल वितरण गरिएको हो। विसं २०७९ मा एसइई पास गरेका गाउँपालिकाका सात माध्यमिक विद्यालयका ९२ छात्रालाई साइकल वितरण गरिएको शिक्षा शाखाका स्रोत व्यक्ति राम एकवाल मण्डलले बताउनुभयो।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको उल्लेख गर्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आवतजावत गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले विशेषगरी मधेसी समुदायका किशोरीले साधारण कक्षा पढेपछि विभिन्न कारण उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो …
