Home » Archives for January 2024 » Page 3
Monthly Archives

२०८० माघ १४, आईतवार १७:४८

काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्र सङ्घीय अङ्ग (युनेस्को)को मापदण्ड पूरा गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरले जनाएको छ।

उक्त ऐतिहासिक क्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो। विश्व सम्पदामा सूचीकृत हुने तयारी अन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको हो। युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, “नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, करिब दुई महिनामा उक्त …

0 comment
0 FacebookTwitterEmail
सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ ।

चालक, सहचालक र यात्रुको शारीरिक अस्वास्थ्यताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।

दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रूपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् ।

यस अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाइने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अङ्गभङ्ग हुनु परेको छ । जसलाई रोक्नका लागि चालक र
0 comment
0 FacebookTwitterEmail

धरहराको सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले न्युरोडको सडकमा सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो।

महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।

सहिद गेटबाट नयाँ सडक जाँदा गएको दसैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।

0 comment
0 FacebookTwitterEmail

मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ। जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो।

राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ। मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ। चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका …

६ महिनामा ७ खर्बको व्यापार घाटा, आयात ३.०९ र निर्यात ७.२३ % ले घट्यो, तैपनि राजस्व सङ्कलन ६.३४% ले वृद्धि
0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ। महामन्त्री थापाले माघ १३  बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो। उहाँले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभयो। महामन्त्री थापाले आफूहरू भुर्इंमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो।

“जनतामा निराश छ। त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर नेपाली …

0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। नेपाल मार्केटिङ एशोसियनले माघ १३ गते काठमाडौँ यहाँ आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो।

“देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ। हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ। यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं” मन्त्री डा महतले भन्नुभयो, “हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४

पाण्डवहरू किन खाण्डवप्रस्थ (खाण्डव वन) जानु परेको थियो ?अनि कसरी खाण्डवप्रस्थ इन्द्रप्रस्थ हुन पुगेको थियो ? अनि युधिष्ठिरलाई कसरी युवराजको पदवी दिएर हस्तिनापुरबाट सम्मानसाथ हटाइएको थियो ? किनभने युवराज भनेको राजाको उत्तराधिकारी हुनुपर्ने तर युवराजलाई किन राजाबाट टाढा टाढा पठाइयो ? अनि दृष्टिविहीन महाराज धृतराष्ट्रको उत्तराधिकारी को थियो ? या स्वयं धृतराष्ट्र आफूलाई कार्यवाहक महाराजका रूपमा मान्थे र पाण्डुको असली उत्तराधिकारीसँग तर्सन्थे र उसलाई आफू र आफ्ना भावी उत्तराधिकारीको आँखा सामुन्नेबाट सदाका लागि हटाउन चाहन्थे ?

महाभारतमा द्रौपदी स्वयंवरपछि बल्ल वसुदेव पुत्र वासुदेव कृष्णको प्रादुर्भाव हुन्छ। यसअघि धेरै घटना भएका हुन्छन् तर कृष्णको कतै प्रसङ्ग …

0 comment
0 FacebookTwitterEmail

पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर माघ १२ गते  सार्वजनिक गरिएको छ।

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले माघ १२ गते  यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताउनुभयो। यही माघ ९ गते त्यहाँ …

0 comment
0 FacebookTwitterEmail

प्राविधिक शिक्षालय तथा व्यावसायिक तालिम दिने स्कुलको सङ्ख्या बढे पनि पढ्ने विद्यार्थी ह्वात्तै घटेकाले सरकारले देशका विभिन्न विद्यालयमा सञ्चालित प्राविधिक कक्षा र प्राविधिक शिक्षालयको सङ्ख्या, गुणस्तर र पाठ्यक्रममा पुनःविचार गर्नेभएको छ।

इञ्जिनियरिङलगायत प्राविधिक शिक्षालय तथा विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालित प्राविधिक विद्यालयमा पढाइको गुणस्तर र विद्यार्थी–शिक्षालयको अनुपातमा प्रश्न उठाउन थालेपछि सरकार पाठ्यक्रममा पुनःविचार गर्ने निष्कर्षमा पुगेको हो।

माघ १२ गते राजधानीमा आयोजित डिप्लोमा तहको इञ्जिनिरिङमा गुणस्तरको सुनिश्चततासम्बन्धी कार्यक्रममा  शिक्षा मन्त्रालयका प्राविधिकतर्फका सहसचिव शिव सापकोटाले यस्तो जानकारी दिनुभएको थियो। उहाँका अनुसार प्राविधिक क्षेत्रमा ओभरसियरलगायत मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने र विद्यालय शिक्षाबाट विश्वविद्यालयतर्फ नजाने विद्यार्थीलाई प्राविधिक र सीपमूलक शिक्षाको अवसर …

कसरी झर्‍यो प्राविधिक शिक्षामा विद्यार्थीको भर्ना दर ९०% बाट ५१ % मा?
0 comment
0 FacebookTwitterEmail

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ। विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो। स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोलातारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक  ढुङ्गेलले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved