Home » Archives for January 2024
Monthly Archives

२०८० माघ १७, बुधबार १२:३५

पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा छ आतङ्ककारी मारिएको एक अधिकारीले बताएका छन् ।

प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले अर्धसैनिक मुख्यालय र एक प्रहरी चौकीसहित कम्तीमा तीन वटा राज्य सुविधामा सुरक्षा बलहरूले समन्वित हमलालाहरूलाई असफल बनाइदिएको बताउनुभयो ।

उहाँले मध्य बोलान जिल्लामा हमलाका क्रममा छ आतङ्ककारी मारिएको जानकारी दिनुभयो । मेडिकल उद्धार टोलीले हमलामा १३ सर्वसाधारण घाइते भएका र तीमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ ।

सशस्त्र पृथकतावादी समूह बलुचिस्तान लिबरेसन आर्मी (बिएलए)ले हमलाको जिम्मेबारी लिएको छ । इस्लामाबाद दशकौँदेखि प्राकृतिक स्रोतहरूले समृद्ध पाकिस्तानको सबैभन्दा ठूलो तर सबैभन्दा गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादी

0 comment
0 FacebookTwitterEmail

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गुल्मीका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको  छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गरेर गुल्मी जिल्लामै उत्कृष्ट पालिका बनेको छ । चन्द्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले ९३.२५ प्रतिशत, मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५

0 comment
0 FacebookTwitterEmail

श्रीलङ्काको ‘पापड’  राजनीतिक संस्कृतिको बारेमा कुरा गर्ने धृष्टता रनिल विक्रमासिङ्घे वा उहाँका नजिकका साथी महिन्दा राजापाक्षेको वंशावली राजनीतिमा मात्रै हुनसक्छ र अहिलेको चर्चामा रहेको छ, देशको सबैभन्दा क्रूर कानुन, अनलाइन सुरक्षा विधेयक ।

स्वादिलो पापड र बेस्वाद राजनीतिज्ञ ?

स्थानीय सन्दर्भसँग अपरिचितहरूका लागि पापड कुरा स्पष्ट पारौँ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले यस हप्ता अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागका अधिकारीहरूलाई सम्बोधनको अवसरमा पापडवाला टिप्पणी गरेका थिए। ‘श्रीलङ्काको राजनीतिक परिदृश्य प्रायः ‘पापड’ जस्तै  छ, तावामा राखेर फुलाउँदा मिठो त हुन्छ तर अर्को दिन अर्को पापड नखाएसम्म त्यो स्वाद बिर्सिइन्छ,’ उनले भनेका थिए।

गहिरिएर हेर्दा यो देशको राजनीतिक संस्कृति मात्रै होइन, यसका राजनीतिज्ञहरू …

0 comment
0 FacebookTwitterEmail
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ ।

नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम भ्रष्टाचार हुने मुलुकमा ९० अङ्कसहित डेनमार्क पहिलो स्थानमा छ । त्यस्तै, कम भ्रष्टाचार हुने मुलुकमा फिनल्यान्ड दोस्रो, न्यूजिल्यान्ड तेस्रो, नर्वे चौथो र
0 comment
0 FacebookTwitterEmail

देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्राम स्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले माघ १६ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभाबी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्राम स्थल वा पार्किङमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

“राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रेका छन्, बिग्रेका सडकमा ठाउँ ठाउँमा सवारीसाधन जाँच गर्दा समयमा गन्तव्यमा पुग्न ढिला हुने गरेको छ, त्यसैले निश्चित स्थानमा जाँचको व्यवस्था गर्नुपर्छ”, महानिरीक्षक कुँवरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरीत …

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो । पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो ।

अदालतको फैसलापछि भाटभटेनीले सरकारलाई करिब

0 comment
0 FacebookTwitterEmail

नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको  स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि  नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका

0 comment
0 FacebookTwitterEmail

सन् १९९१ को दशकको प्रारम्भमा, प्रत्येक अमेरिकी जागिरे युवा र सेवा निवृत्त दम्पतीले इलेक्ट्रिक पाउरोटी बनाउने मेसिन किन्न थाले  जसले गर्दा छोटो समयमै त्यो मेसिनको ४० लाख थान बिक्री भयो । तर घरमा आफैले पाउरोटी बनाउन समय बढी लाग्न थाल्यो । आफैले बनाउँदा भन्दा नजिकको बेकरीबाट किन्दा समय र पैसाको बचत हुने देखेपछि यसको माग चाडै घट्यो।

के विद्युतीय सवारी साधनहरू पाउरोटी बनाउने मेसिनहरू जस्तै  हुने त होइनन् ?

टेस्लाका संस्थापक एलन मस्कको उद्यमशील प्रतिभा, विद्युतीय सवारी साधनहरूलाई सरकारी अर्बौँ डलरको अनुदानका बाबजुद पनि उपभोक्ताहरू अझै पनि आफ्नो ग्यारेजमा विद्युतीय चार्जिंग फिट गर्नु भन्दा पेट्रोल पम्प जान रुचाउँछन्। जेडी पावरको

0 comment
0 FacebookTwitterEmail

आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्रको जिम्मेवारी पाउनुभएका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित सुझाव कार्यदलले यस्तो सुझाव दिएको हो। मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित कार्यदलले आज मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सुझाव पेश गरेको छ।

औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन …

0 comment
0 FacebookTwitterEmail

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभएको छ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको आजको बैठकमा उहाँले प्रत्येक दैनिक उपभोग्य वस्तुको उत्पादनमा गुणस्तर र म्याद गुज्रने अवधि स्पष्ट उल्लेख हुनुपर्ने व्यवस्थासहितको कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो। साना उद्योग स्थानीय तहमै दर्ता हुने भएकाले त्यसको अनुगमन, मूल्याङ्कन, नियमन पनि उसैबाट हुनु मनासिव हुने उहाँको भनाइ छ।

मन्त्री रिजालले भन्नुभयो, “उद्योग दर्ता, उत्पादन, प्रशोधन, अनुगमन, गुणस्तर निर्धारणलगायत विषयमा प्राप्त सुझावका आधारमा कृषि तथा पशुपन्छी मन्त्रालयसँग मिलेर काम गर्ने गरी कानुन निर्माण गरिनुपर्छ।”

समितिले खाद्य …

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय सरकारलाई !
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved