पछिल्लो समय चितवन जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ। जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन्। उहाँले भन्नुभयो, “दूध उठ्न छाड्यो। अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उहाँले बताउनुभयो।
चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो। दूध बिक्री हुन नसक्दा किसान चिन्तित …
