दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ सुरु गरेको छ। स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका दुई सय एकवटा क्यानभास चित्रलाई नगरपालिकाले आजदेखि काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।
प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो। संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम …
