गाउँबाट युवा गायब हुन थालेपछि वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको माघ शुक्लपञ्चमीसँग जोडिएका कतिपय परम्परा हराउन थालेका छन्। श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरूको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ। यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन्। महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमीका दिन मनाइने कृषिसम्बद्ध परम्परा देखिन छाडेका छन्।
मिथिलाक्षेत्रमा श्रीपञ्चमीकै दिन गरिने वर्षभरका कृषिकाम गर्ने श्रमिक चयन गर्ने, कृषि ज्यावल मर्मत गर्ने लोहार पक्कापक्की गर्ने र बाँझो खेतमा एकै छिन भएपनि हलो घुमाउने परम्परा अब देखिन छाडेको छ। यहाँका गाउँ बस्तीमा कृषि कार्यका श्रमिक पाउनै छाडिएपछि यी परम्परा हराउँदै गएको भङ्गाहा–४ थारुटोल बनराका …
