Home » Archives for April 2024 » Page 5
Monthly Archives

२०८१ वैशाख १४, शुक्रबार ०८:२९

जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो।

उहाँहरूलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो। सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो।

गत सोमबारदेखि जारी बहसमा आजसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए।  बम …

0 comment
0 FacebookTwitterEmail

बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन्।बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ। बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन्। फर्मुद सुस्केरा हाल्दै भन्नुहुन्छ, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !”

मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ। ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने …

0 comment
0 FacebookTwitterEmail

बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ। वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन्। झाडी सबै जलेर सकिएको छ। आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो। कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन। आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन्। गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन्।

ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ। स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ। चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ। “चित्र कोर्ने सानैदेखिको सोख हो। तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु। अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ। कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि दुई सय ५० सम्म पाइने गरेको छ। पढाइसँगै …

0 comment
0 FacebookTwitterEmail

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । 

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तक्र्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । अन्तक्र्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्य हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोट खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।    

उहाँका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका–७

0 comment
0 FacebookTwitterEmail

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराउनुभएको हो ।

मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

एलभोभा–बेलोभाले भन्नुभयो, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता ग¥यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।” ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँ पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आउनुभएको छ ।

तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुगिरहनुहुन्छ । चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा हुनुहुन्छ । “चित्र कोर्ने सानैदेखिको सोख हो । तस्बिर हेरेर त्यसको ‘स्केच’ बनाउने र ‘पेन्टिङ’ गर्छु । अहिले यसबाट थोरै आम्दानी पनि हुन थालेको छ”, उहाँले भन्नुभयो, “पढाइलाई पनि सँगै अगाडि बढाएकी छुँ । कलेजमा व्यतीत हुने समयबाहेक फुर्सदमा चित्र कोर्छु ।”

तस्बिर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट रु दुई सयदेखि

0 comment
0 FacebookTwitterEmail

भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात वैशाख ७ गते खुला गरेको छ। यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए।

चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो।

“रोकिएका सबै ट्रक आज छाडिए”, उहाँले भन्नुभयो, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन।” पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन्।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा …

0 comment
0 FacebookTwitterEmail

नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा आयोजना गर्न लागेको ‘हिमाल, मानव र जलवायु परिवर्तन विषयको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमको नयाँ वेबसाइट सार्वजनिक गरिएको छ। वन तथा वातावरण मन्त्रालयले वैशाख ७ गते एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको तयारीका लागि  mountain.mofe.gov.np नामक वेबसाइट सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु सल्लाहाकार डा पुपलर जेण्टलले वेबसाइट सार्वजनिक गर्दै यसबाट स्वदेश तथा विदेशमा रहनुभएका सरोकारवाला विज्ञहरूले संवादबारेमा जानकारी तथा सूचना सहजरुपमा प्राप्त गर्ने बताउनुभयो।

वेबसाइटमा संवादको तयारीका क्रममा गरिने कार्यका संवाद समापन सम्पन्न सम्मका सूचना राख्दै जाने मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले बताउनुभयो। जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य जलवायु परिवर्तनको …

0 comment
0 FacebookTwitterEmail

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताउनुभयो।

उहाँले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गर्नुभयो।

“धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ”, उहाँले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved