Home » Archives for August 2024 » Page 5
Monthly Archives

२०८१ भाद्र ४, मंगलवार १२:४४

काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ ।  यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७,  कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ ।

0 comment
0 FacebookTwitterEmail

सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि २ दिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना अभियानकर्मीहरूको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा युएसएड र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो। आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोगलाई अन्य संस्थासँगको तुलनामा बढी शक्तिशाली बताउनु भयो। प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, यसको सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना …

0 comment
0 FacebookTwitterEmail

गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।

ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भने, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो।”

शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताएका छन्।

उनले भने, “यो काम पूरा गर्ने समय हो। कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् …

0 comment
0 FacebookTwitterEmail

भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर एक सय ९० जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ।

प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी …

0 comment
0 FacebookTwitterEmail

गत बिहीबार संयुक्त राष्ट्रसङ्घले आफ्नो पहिलो साइबर अपराध सन्धिलाई सर्वसम्मत मतदानद्वारा पारित गरेको छ । यो सन्धिले पहिलो पटक साइबर अपराध र डेटाको पहुँच सम्बन्धी विश्वव्यापी स्तरको कानुनी रूपरेखा तय गर्नेछ ।

यो सन्धि बिहीबार संयुक्त राष्ट्र सङ्घको साइबर अपराध सम्बन्धी बोर्डको तदर्थ समितिले पारित गरेको थियो । आउँदो हिउँदमा यो सन्धि मतदानको लागि राष्ट्र सङ्घको महासभामा जानेछ । अहिले  मतदान गरेकै राष्ट्रहरूले महासभामा पनि मतदान गर्ने भएकाले यो महासभाबाट सजिलै पारित हुने अपेक्षा गरिएको छ ।

तीन वर्षको वार्ता र विमर्शपछि गएको अन्तिम दुई साता चलेको बैठकबाट यो सन्धि पारित भएको हो । पहिला यस सन्धिमा चिन्ता व्यक्त गर्ने …

0 comment
0 FacebookTwitterEmail

प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

 हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गरे ।

प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।

स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को …

0 comment
0 FacebookTwitterEmail

पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् ।

क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।”

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो ।

बेनु राज्यको प्रहरी जनसम्पर्क …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल साधारणतयादेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-३०

सत्यवती राजमाताको रुपमा खुसी हुने कि रोएर जीवन बिताउने भन्ने द्विविधामा राजमाताको पदवी टाउकोमा बाँधेर राजदरबारमा छटपटिएर बसेकी हुन्थिन्। यी सबै मनोविज्ञान बुझेर पनि सेनापतिका रुपमा, हस्तिनापुरका अभिभावक देवब्रत चुपचाप आफ्नो कर्तव्य पूरा गर्दैथिए र उनका लागि पनि ठुलो चुनौती थपिएको थियो, विवाह नहुँदै चित्राङ्गदको मृत्यु हुनु अनि विचित्रवीर्यको अपरिपक्वता अनि सानो उमेरको राजा। शत्रु राज्यहरू जमजमाएका थिए यही बेला हो भारतमा आक्रमण गर्ने र आफ्नो वर्चस्व फिर्ता गर्ने……….

तर डर त थियो त्यही कुरु शिरोमणि देवब्रतको जसले भीष्म प्रतिज्ञा गरेर ब्रह्मचर्याश्रम नै अपनाउने बाचा गरेका थिए। उनी कुनै पनि हालतका विवाह गर्ने सुरमा थिएनन् …

0 comment
0 FacebookTwitterEmail

गृहमन्त्री रमेश लेखकले निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको स‌ंयोजकत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट गोरखापत्रमा कार्यरत तुलसी हरि कोइराला सदस्य रहेका छन् ।

एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved