सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले जानकारी दिएका छन् ।
सूचना आएलगत्तै त्यस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । घटनाबारे थप विवरण आउन बाकीँ छ ।

