Home » Archives for October 2024 » Page 5
Monthly Archives

२०८१ कार्तिक ५, सोमबार ०८:०७

गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।

विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प-यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो

0 comment
0 FacebookTwitterEmail
शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।

तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दसैं मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरी हराएको छ । दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।

उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र

0 comment
0 FacebookTwitterEmail
कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्नुहुन्छ । शर्मा निष्फिक्री यात्रा गर्नुहुन्छ तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उहाँ घुमफिरमै व्यस्त हुनुहुन्छ ।

यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाउनुभएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट पदयात्रा सुरु गर्नुभएको छ । चार दिनपछि धवलागिरि हिमालको फेँदमा पुग्ने उहाँको योजना छ । पाँच हजार मिटर उचाइमाथिका फ्रेन्च र धम्पुस भञ्ज्याङ छिचोलेर आधारशिविर पुगिने उहाँले सुनाउनुभयो ।

पदयात्री शिव खड्का र दुई भरियासहित आफूहरु बाटो लागेको शर्माले राससलाई बताउनुभयो । उहाँ बागलुङदेखि, म्याग्दी हुँदै मार्फासम्म भने सडकमार्गबाट पुग्नुभएको थियो

0 comment
0 FacebookTwitterEmail

अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।

सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले  उक्त कुरा बताउनुभएको हो ।

इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गर्नुभएको छ ।

उहाँले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गर्नुभयो । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरूद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।

वक्तव्यमा भनिएको छ, “हमासले अब ‘तत्काल’ बन्धक र उनीहरूका शवहरू …

0 comment
0 FacebookTwitterEmail
गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ ।  सोही  गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन

0 comment
0 FacebookTwitterEmail

शिखण्डी जति सुरवीर थिए, जति अन्यमनस्क भावमा रहन्थे, त्यति नै भीष्ममा पनि पूर्व जानकारी उनले पाएका थिए भन्ने बुझिन्छ ……

सानैदेखि शिखण्डीमा राज्यको खासै परवाह थिएन। उनको सपना र जपनामा शन्तनु नन्दन देवब्रत मात्र हुन्थे। उनको मृत्यु मात्र हुन्थ्यो। उनलाई पनि थाहा थियो, गाङ्गेयको मृत्यु उत्तरायणमा हुनेछ र उनको इच्छा मरण हुनेछ। चाहेको दिन मात्र मर्नेछन्। र पनि अम्बा हुँदाको प्रतिशोध यति गहिरोसँग जमेको थियो कि कुनै पनि हालतमा उनी बदला लिएरै छोड्नेवाला थिए।

उता महाराज द्रुपदले पनि द्रोणाचार्यसँग बदला लिन भनेर पुत्रेष्टि यज्ञ गरेका थिए। त्यससँग पनि शिखण्डीलाई केही मतलब थिएन। त्यही दरबारमा लगाएको यज्ञबाट  पछि यज्ञबाट धृष्टद्युम्न र …

0 comment
0 FacebookTwitterEmail

“छापा पत्रिका बन्द हुनु पर्छ? के यो सकिन्छ? छापाका लागि के यो सबैभन्दा खराब समय हो, जहाँ विज्ञापनदाताहरू पत्रपत्रिकामा फर्किँदैनन् र आर्थिक मन्दीले तिनीहरूलाई अनलाइनमै लैजान्छ? यी हाम्रा एक जना पत्रकार साथीले सन् २००९ मा पत्रपत्रिकाका चुनौती र अवसरहरूको बारेमा  आफ्नो एक परियोजनामा सोधेका प्रश्नहरू हुन् ।

आज पन्ध्र वर्ष पछि  धेरै देशहरूमा छापा पत्रपत्रिकाको अवस्था नाजुक छ । पछिल्लो दशकमा छापा समाचारको खपत घटेको हाम्रो अनुसन्धानले बारम्बार देखाएको छ । अधिकांश प्रकाशनहरूका लागि छापा पत्रपत्रिका र विज्ञापनको राजस्व दुवै घट्दै गएको छ। धेरै प्रकाशकहरू डिजिटलमा सरिसरेका छन् । कोही भने हप्तामा केवल एक – दुई दिन मात्र पत्रिका छापिरहेका …

0 comment
0 FacebookTwitterEmail

हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिनवरको हत्या भएको पुष्टि गरेका हुन्।

उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

बिहीबार इजरायलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिनवार हुन सक्ने सम्भावना रहेको बताएको थियो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ …

0 comment
0 FacebookTwitterEmail

जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्नुहुन्छ– “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।”

दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उहाँहरूको …

0 comment
0 FacebookTwitterEmail
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ ।

धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved