Home » खेलकुद/मनोरञ्जन » नेपाल प्रिमियर लिग २०२५
Category:

नेपाल प्रिमियर लिग २०२५

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा ८५ रनमा अलआउट भएको थियो। यो स्कोर एनपिएल फाइनलको सबैभन्दा कम योगफल हो।

लुम्बिनीका बलरहरूको उत्कृष्ट प्रदर्शनले सुदूरपश्चिमको इनिङ्स ध्वस्त बन्यो। कप्तान रोहित कुमार पौडेलले ह्याट्रिकसहित ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। उनले ११औँ ओभरमा दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए। यस्तै, रुबेन ट्रम्पलमानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट हात पारे भने शेर मल्लले …

0 comment
0 FacebookTwitterEmail

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) २०८२ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनी र उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

यो सिजन नयाँ च्याम्पियन बन्ने पक्का भएको छ किनकि गत संस्करणको विजेता जनकपुर बोल्ट्स प्लेअफबाटै बाहिरिएको छ। साबिक उपविजेता सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराएर र दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको …

0 comment
0 FacebookTwitterEmail

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको दोस्रो संस्करणको फाइनल खेल शनिबार मङ्सिर २७ दिउँसो ३:३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सचबिच सिधा भिडन्त हुनेछ। यो खेलमा विजेताले १ करोड रुपैयाँ पुरस्कारसहित उपाधि कब्जा गर्नेछ।

गत सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराएर सिधै फाइनलमा स्थान पक्का गरेको थियो। कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको यो टिमले लिग चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका प्रबल दाबेदार बनेको छ। गत वर्ष जनकपुर बोल्टाजसँग ५ विकेटले हारे पनि यस सिजनमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले नै हराएको …

0 comment
0 FacebookTwitterEmail

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेटको दोस्रो संस्करणअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ। लुम्बिनीले यो जितसँगै शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि भिड्नेछ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको मध्यम स्कोर बनायो। ओपनर डार्सी शर्टले ४१ बलमा ३ चौका र १ छक्कासहित ४५ रनको योगदान दिए भने कप्तान रोहित कुमार पौडेलले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन थपे। विकेटकिपर नरोशन डिक्वेलाले २२ बलमा ४ …

0 comment
0 FacebookTwitterEmail

जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल हुँदैछ। यो खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच सिधै आमनेसामने हुनेछन्, जसको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

लिग चरणमा लुम्बिनी लायन्ससँग ५ विकेटले पराजित भएको विराटनगर किङ्सले आज त्यसको बदला लिँदै फाइनलको यात्रा पूरा गर्ने दृढ सङ्कल्प गरेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले हारे पनि विराटनगरले दोस्रो मौकामा कमब्याक गर्ने अपेक्षा गरिएको छ। यता, गत सिजनको तुलनामा यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी लायन्सले उपाधि जित्ने लक्ष्यसहित यो महत्त्वपूर्ण खेलमा …

0 comment
0 FacebookTwitterEmail
  • लुम्बिनी लायन्सले काठमाडौँ गोरखासलाई हराएर दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ।
  • यो जितसँगै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ, जहाँ उनीहरूले बिहीबार विराटनगर किंग्ससँग भिड्नेछन्।

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमाडौँ गोरखासलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा भएको यो खेलमा काठमाडौँले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा १११ रनमा समेटियो। लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।काठमाडौँको इनिङ्स सुरुमा नै धराशायी भयो। ओपनिङ ओभरमै रुबेन ट्रम्पेलम्यानले दुई विकेट लिँदा टिम १४ रनमा ४ विकेट गुमायो। भिम शार्की र जोन सिम्पसनबिचको ३६ …

0 comment
0 FacebookTwitterEmail

दोस्रो सिजनको सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा रोमाञ्चक चरण सुरु भएको छ । मङ्गलवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ । यो जितसँगै सुदूरपश्चिमले उपाधि दौडमा बलियो कदम चालेको छ, जबकि विराटनगरले दोस्रो क्वालिफायरको अवसर पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम लक्ष्य दिएको थियो । टोलीका लागि विकेटकिपर विनोद भण्डारीले शानदार अर्धशतकीय पारी खेल्दै ६३ रन (५२ बल, ३ चौका, २ छक्का) जोडे । समान २०–२० रनको योगदान शेल्डन …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० को दोस्रो संस्करणमा शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको छ। यही दिनको अर्को खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। आरिफ शेख ४५ र इसान पाण्डे ३८ रनमा अविजित रहे। विराटनगरका सन्दीप लामिछानेले ३ र प्रतिश जीसीले २ विकेट लिए।

१४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। फाफ डु प्लेसिसले २० बलमा अर्धशतक प्रहार गरे (५ चौका र ४ …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणमा महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्सले सानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो, जससँगै जनकपुरसहित पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफ होडबाट बाहिरिएका छन्।

जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। संगित कोरेले ४५ रनको योगदान दिए भने मयान यादवले २७ र आसिफ शेखले २० रन थपे। लुम्बिनीका बलर रोहित कुमार पौडेल र शेर मल्लले समान २/२ विकेट लिएर जनकपुरको स्कोर सीमित राखे। जवाफी ब्याटिङमा लुम्बिनीले १९ ओभर १ बलमा …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोमाञ्चक खेलहरू भइरहेका छन्। सुदूरपश्चिम र काठमाडौँले महत्त्वपूर्ण जित हासिल गर्दै प्लेअफ यात्रा सुरु गरेका छन् भने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिचको भिडन्त आजै हुँदैछ।

सुदूरपश्चिम रायल्सले चितवन राइनोजलाई ४९ रनले हराएर क्वालिफायरमा स्थान पक्का गरेको छ। टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनायो। क्रिस लिनले ५६ बलमा ७५ रन (५ चौका, ३ छक्का) को आकर्षक पाली खेले। अरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरीले समान २४-२४ तथा विनोद भण्डारीले २१ रन थपे। चितवनका बलर पुन्या महराले ३ विकेट लिए।

१७० रनको लक्ष्यको जवाफमा चितवन १७.१ …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved