विवादित छविका डा. ल्हारक्याल लामालाई सकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि बिहीबार पदभार ग्रहण गर्नुभएको छ। बुद्ध जन्मस्थल लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभार ग्रहण गरी औपचारिक रुपमा कार्यभार समाल्नुभएको हो।
लामालाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतले स्वागत गर्नुभयो। उपाध्यक्ष लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गर्नुभएको छ।
पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता लामाको छ। उहाँले …
