वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गरेको हो।
सोही पुरस्कार आव ०७५/०७६, ०७६/०७७, ०७७/०७८ मा पनि प्राप्त गरेको थियो। ०७८/०७९ समेत गरी बैँकले लगातार चौथोपटक यो अवार्ड पाएको हो।

