Home » ताजा खबर » Page 19
Category:

ताजा खबर

महालक्ष्मी विकास बैंकले सञ्चालित अनलाइन सेवालाई परिष्कृत गरी पुनः सञ्चालनमा ल्याएको छ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइनमार्फत सहजै खाता खोल्न, केवाइसी अपडेट, डेबिट कार्ड, मोबाइल बैँकिङ, इन्टरनेट बैँकिङलगायतका सेवा प्राप्त गर्न सक्ने बैँकले जनाएको छ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात् गर्दै विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ।

 

0 comment
0 FacebookTwitterEmail

पर्यावरणीय सन्तुलन जोगाइराख्नका लागि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर २२, रोटरी क्लब अफ पाटन र रोटरी क्लब अफ हिमालयन पाटनको संयुक्त आयोजनामा शनिबार ललितपुरको बुङमतीमा आयोजित वृक्षारोपण कार्यक्रमका सहभागीहरूले वातावरण जोगाउनु सबैको साझा दायित्व भएको बताएका हुन्।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर– २२ का अध्यक्ष सागर तुलाधरले पछिल्लो समय भौतिक विकासलाई मात्रै प्राथमिकता दिँदा वातावरणीय विकास ओझेलमा परेको बताउनुभयो। वातावरणीय विकासले खुशियाली ल्याउने उल्लेख गर्दै भौतिक विकासले विनाश निम्त्याउने भएकाले यसतर्फ सचेत रहनुपर्ने उहाँको भनाई छ। वडा अध्यक्ष तुलाधरले आफ्नो वडामा समेत भौतिक विकासका लागि योजना माग्नेहरूको संख्या धेरै

0 comment
0 FacebookTwitterEmail

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको ‘प्रचण्ड’ को अमेरिका (न्युयोर्क) भ्रमण स्वीकृत गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० मा त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

0 comment
0 FacebookTwitterEmail

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ। जथाभावी फोहोर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।

सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताउनुभयो।

यता वडाध्यक्ष शाहले भने आफूसँग राजनैतिक प्रतिशोध साँधिएको बताउनुभएको छ। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहोर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनैतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताउनुभएको छ।

महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुस दोस्रो सातादेखि सडक, पेटी, …

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई जरिवाना
0 comment
0 FacebookTwitterEmail

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दू परम्पराअनुसार नागको पूजाअर्चना गरी घरको मूल ढोकामा नाग (सर्प) को चित्र टाँसेर विधिवत् रुपमा मनाइँदैछ।

यो पर्व नागहरूको पूजा र सम्मानका लागि मनाइन्छ। साउन शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व सामान्यतया अंग्रेजीको जुलाई वा अगस्त महिनामा पर्दछ।

आजको दिन नागको पूजा गर्नाले नाग देउता खुसी हुने विश्वास रहेकाले घरको मूलद्वारमा नागको चित्र टाँसेर दही, दूबो, लाभासहित चन्दन, अक्षता, नैवेद्य, धूपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ।

पण्डित वीरेन्द्र मिश्रका अनुसार यो दिन नाग देउतालाई श्रद्धा र समर्पण प्रकट गर्न दूध, दिव्य गन्ध र फूललाई विशेष महत्व दिइन्छ। यसरी पूजा गर्ने व्यक्ति सर्पहरूको क्रोधबाट …

आज नाग पञ्चमी मनाइँदै
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगमा आयोगको मात्रै प्रयास पर्याप्त नभएको जनाएको छ। १७औं राष्ट्रिय सूचना दिवसको शुभकामना दिँदै आयोगले यस्तो हक प्रयोग गर्न–गराउन सर्वसाधारण नागरिकसम्म पु¥याउनुपर्ने आवश्यकता महसुस भएको जनाएको हो।

नेपालमा संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यन्वयनमा आएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आइएको छ। लोकतान्त्रिक पद्धतिमा नागरिकलाई प्राप्त अधिकारहरुमध्ये सबैभन्दा महत्वपूर्ण अधिकारका रुपमा रहेको सूचनाको हकको प्रयोग दिनानुदिन बढिरहेको अवस्था छ। सुशासन कायम गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सार्वजनिक निकायबाट सम्पादन हुने सबै क्रियाकलापमा सर्वसाधारण नागरिकको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हक अत्यन्त उपयोगी माध्यमका रुपमा रहेको हुँदा …

0 comment
0 FacebookTwitterEmail

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक प्रमुख विनोद स्वर्णकार रहेका छन्।

ठाकुरराम क्याम्पसमा अध्यनरत बिमाकुमारी यादवलाई उत्तीर्ण गराउने उद्देश्यले उत्तरपुस्तिका साट्न खोजेको प्रहरीले जनाएको छ। बुधबार परीक्षाको अन्तिम समयमा पूर्वप्रमुख यादवले छात्रा बिमाकुमारीले लेखेको उत्तरपुस्तिका त्रिजुद्ध माविको परीक्षा केन्द्रमा केन्द्र प्रमुख स्वर्णकारलाई दिँदै गरको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षाकेन्द्र वीरगन्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ। बुधबार अंग्रेजी विषयको परीक्षा थियो।

यसअघिका विषयमा समेत उत्तरपुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका …

विद्यार्थीको उत्तरपुस्तिका साट्ने दुई शिक्षक पक्राउ
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिइभिटी पुनः सञ्चालनको माग गर्दै मेडिकल शिक्षा व्यवसायी विभिन्न १४ बुँदे मागसहित आन्दोलित भएका छन्।
ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रुपैयाँ बिदेसिएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गरी लुम्बिनी प्रदेशका व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन्।

संघर्ष समितिले बुटवलमा पत्रकार सम्मेलन गरी सिटिइभिटीअन्तर्गतको प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १३७, स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था गरी २२८ वटा शिक्षण संस्था बन्द भएको बताएको छ।

नेपालमा धमाधम शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज …

मेडिकल शिक्षा अध्यापन गराउने २२८ संस्था बन्द भएपछि १४ बुँदे मागसहित व्यवसायी आन्दोलित
0 comment
0 FacebookTwitterEmail

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

सम्झौतापछि बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले समबन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले वीरगन्ज पर्सामा रहेको मंगलम डाइग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत छुट पाउने बैँकले जनाएको छ। यस्तै, सिमरा बाराममा रहेको होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवामा अधिकतम १० प्रतिशत, हेटौँडा मकवानपुरमा अवस्थित रेगल हेटौँडा रिसोर्टमा १५ प्रतिशतसम्म, धनगढी कैलालीस्थित निसर्ग हस्पिटलमा अधिकतम २० प्रतिशत छुट पाउन सक्ने बताइएको छ। यसैगरी हेटौँडाकै विशुद्ध मोचोचामा १० प्रतिशत …

महालक्ष्मी विकास बैँकका ग्राहकले विभिन्न संस्थाको सेवामा २० प्रतिशतसम्म छुट पाउने
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद शर्मा ढुंगेलले आयोग मानवअधिकारको संरक्षण र संवर्द्धनमा नागरिक समाजसँग मिलेर काम गर्ने पक्षमा रहेको बताउनुभएको छ।

तेस्रो विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को मध्यमकालीन प्रतिवेदन बुझाउने समय नजिक पारेर आयोग र फ्रिडम फोरमले आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षामा अभिव्यक्ति र संगठन स्वतन्त्रतामा नेपाल’ विषयको कार्यक्रममा उहाँले युपिआरका बृहत् विषयमा मिहिन छलफल हुन जरुरी रहेको बताउनुभयो। उहाँले कानून निर्माता,  राजनीतिक क्षेत्रका व्यक्ति र नागरिक समाजले मानवअधिकारलाई प्रवर्द्धन गर्न विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपाल सरकारले गरेको प्रतिबद्धता र मित्रराष्ट्रहरूले गरेका सिफारिसहरू कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने पनि बताउनुभयो।

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युपिआरको तेस्रो चरणको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved