Home » नीति/राजनीति
Category:

नीति/राजनीति

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।   

केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारका कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो ।

हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरू पुनः प्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ । कतिपय मेसिन सञ्चालनमा ल्याउन विदेशबाट समेत जनशक्ति ल्याउनुपर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिए नागरिकता, अन्तःशुल्क स्टिकर, …

0 comment
0 FacebookTwitterEmail
गणेशमान सिंह

विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मेका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल …

गणेशमान सिंह
0 comment
0 FacebookTwitterEmail

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मतदाता नामावली संकलन जारी छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रूपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको …

0 comment
0 FacebookTwitterEmail

जीवनको अन्तिम अवस्थामा, १८औँ शताब्दीका फ्रान्सेली उदारवादी दार्शनिक एब्बे सियेसलाई फ्रान्सेली क्रान्तिको आतङ्कवादी शासनकालमा उनले के गरेका थिए भनी सोधियो। उनले हाँस्दै भने, “म त्यसबाट जिउँदै बाँचेँ।” सियेसको यो कथा सम्झँदै, माइकल इग्नाटेफले उदारवादीहरूलाई सुझाव दिन्छन् कि क्रान्तिकारी परिस्थितिमा टिक्नका लागि बाँच्नु नै सबैभन्दा राम्रो रणनीति हो। उनीहरूलाई राजनीतिक रूपमा सक्रिय र प्रासङ्गिक रहन कठोर परिश्रम गर्नुपर्छ, जसले गर्दा क्रान्तिको प्रक्रिया समाप्त भएपछि (यदि भाग्यले साथ दियो र उनीहरू बाँच्न सके भने), उनीहरू क्रान्तिले ल्याएका उपलब्धिहरूलाई जोगाउन र नष्ट भएकाहरूलाई पुनर्जीवित गर्न सक्नेछन्।

इग्नाटेफका टिप्पणीहरू अत्यन्त सान्दर्भिक छन्, किनकि उनी न त केवल इसाया बर्लिनका प्रशंसित जीवनीकार मात्र हुन्, न …

0 comment
0 FacebookTwitterEmail

अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा प्रभावकारिता बढाउने, आर्थिक अनुशासन कायम राख्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७) जारी गरेको छ। यो पाँच वर्षे रणनीति नेपालमा सङ्घीय शासन प्रणाली कार्यान्वयनपछि ल्याइएको पहिलो यस्तो दस्ताबेज हो, जसले राष्ट्रिय दायित्व तथा सामाजिक–आर्थिक लक्ष्य हासिल गर्न वित्तीय स्रोतहरूलाई रणनीतिक रूपमा विनियोजन तथा उपयोग गर्न सरकारलाई सहयोग पुग्ने दाबी गरिएको छ। सङ्घीय संरचनाको दिगोपनालाई टेवा दिने यो रणनीतिले वित्त नीति, राजस्व परिचालन, बजेट निर्माण, खर्च, आन्तरिक नियन्त्रण, ऋण, सम्पत्ति, लेखापालन र लेखापरीक्षणजस्ता क्षेत्रहरूको सुधारलाई मार्ग निर्देशित गर्दछ।
रणनीतिका मुख्य उद्देश्यहरूबिच विश्वसनीय प्रमाणमा आधारित बजेट तथा दिगो आर्थिक …

0 comment
0 FacebookTwitterEmail

जेनजी विद्रोहीपछि सर्वपक्षीय सहमतिमा नियुक्ति अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी अब देश सामान्य अवस्था तर्फ लागेकोमा व्रिफिङ्ग गर्नुभएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री बिचमा निर्वाचन केन्द्रित भएर सरकारले गर्नुपर्ने कामहरू अगाडि बढाउने समझदारी बनेको पनि समाचार सूत्रहरूले उल्लेख गरेका छन् ।

संक्रमणकाललाई संवेदनशील रूपमा ग्रहण गर्दै सरकारलाई सहयोग पुर्‍याउन राष्ट्रपतिको संस्था पनि सकारात्मक रहेको सन्देश राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई दिनुभएको छ । तर संविधानमा थप क्षति नपुगोस् भन्नेमा राष्ट्रपति सचेत रहनु भएको र सरकारले पनि त्यसमा गम्भीर हुनुपर्ने सुझाव उहाँको छ ।

प्रधानमन्त्री कार्कीले पनि आफू तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा गरेजस्तै निर्वाचनलाई …

0 comment
0 FacebookTwitterEmail

जेन जेड आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा बिस्तारै सञ्चालन हुन थालेको छ । अदालतलगायत सरकारी निकाय र कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको हो ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबारदेखि मुद्दा, शान्ति सुरक्षा र विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सञ्चालन गरिएको जनाएको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सञ्चालन गरिने भएको हो ।

जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेको कार्यालयमा सामान्य मर्मतसम्भार गरी अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । विषम् परिस्थितिका कारण कार्यालयबाट प्रवाह हुने सेवाको प्राप्तिमा धैर्य गरिदिन कार्यालयले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई …

0 comment
0 FacebookTwitterEmail

हरिप्रसाद चौधरी घरको बरण्डा अगाडि टोलाएर बसेका छन् । छेउमै जलेश्वरदेवी (विजयकी आमा) उसै गरी टोलाइरहेका छन्। शरीर त्यहीँ छ, तर मन कता हो कता हराएको छ । उनको आँखा त्यही बाटो हेर्दै टोलाइरहेछ, जनीबाट अब विजय कहिल्यै फर्कने वाला छैन । तर उनीहरूलाई थाहा छैन, छोरोले जेन जेड पुस्ता आन्दोलनमा गत मंगलबार संसार छाडिसकेका छन् ।

मन बेचैनीले भरिएको छ । अनुहारमा एकैचोटी अनेक कुरा खेलिरहेको प्रष्ट देखिन्छ । आशा, डर अनि थोरै शंका । गाउँमा विजयबारे आएको खबर आधा मात्र हो । “गोली लागेको रे, तर उपचार भइरहेको छ”, नजिकका एक आफन्तले आएर बताएपछि अत्तालिएको आमाबुबाको मन केही …

0 comment
0 FacebookTwitterEmail

जेन जेड पुस्ताको आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको छ ।

सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

“वडा कार्यालय र पालिकामा रहेका कम्प्युटरदेखि कागजात अधिकांश नष्ट भएका भएका छन्, केही शाखाको अलिकति मात्र बचेको छ”, उनले भने, “तत्काल सेवा दिन सकिने अवस्था छैन ।” उनले क्षतिको विवरण संकलन र मुचुल्का उठाउने काम भइरहेको उल्लेख गर्दै सेवा प्रवाहमा अझै केही दिन लाग्ने बताए । “अहिले सरसफाइमै …

0 comment
0 FacebookTwitterEmail

नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपिएको छ। जेनजी पुस्ताको आन्दोलनले सत्ता परिवर्तनको बाटो खोलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला अन्तरिम प्रधानमन्त्री बनेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार उनलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गरेका छन्। यो नियुक्तिसँगै कार्कीले न्यायपालिकाको नेतृत्व गरेर रचेको इतिहासलाई कार्यपालिकाको सर्वोच्च पदमा विस्तार गरेकी छिन्। भदौ २३ गते जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर कम्तीमा १९ युवाको ज्यान गएपछि देशभर आक्रोश फैलियो। यसले नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनको सरकारलाई ढालिदियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरोकारवाला पक्षहरूबिच छलफल भयो र संसद् विघटन गरी जेनजीका माग सम्बोधन गर्ने गरी कार्कीको नेतृत्वमा …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved