Home » नीति/राजनीति » Page 2
Category:

नीति/राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्की संविधानको धारा–६१ अनुसारको नियुक्ति  हुनु भएको हो ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गर्दै आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताए ।

उनले मन्त्री कति जना …

0 comment
0 FacebookTwitterEmail

जेन जी युवा पुस्ताले गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ‍राजीनामा दिएका छन्।उनको सचिवालयले ओलीद्वारा राष्ट्रपतिलाई पठाएको राजीनामा सार्वजनिक गरेको छ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको रातोपाटी लाई बताए ।

गत वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको यो कार्यकाल चौथो थियो।

जेन जी प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि प्रधानमन्त्रीलाई राजीनामा दिन दबाव परेको थियो।

सत्ता साझेदार कांग्रेस र जसपाका कैयौँ मन्त्रीहरूले सरकारबाट राजीनामा दिए लगत्तै प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

जेन जी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र नागरिक

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेकामध्ये ७७ प्रतिशत बढी योजना रु पाँच लाखभन्दा कम बजेटका छन्।

बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन्। रु ५० लाखभन्दा बढी बजेटका ३१, रु २५ देखि ५० लाख बजेटका १६ र रु पाँच लाख देखि रु २५ लाख बजेटका योजना सङ्ख्या एक सय ७६ वटा छन्।

गत वर्षका आठ सय ९३ योजना उपभोक्ता समिति र ८२ वटा योजना ठेक्काबाट कार्यान्वयन भए भने अधुरा र कार्यान्वयन नभएका योजना सङ्ख्या २७ वटा …

0 comment
0 FacebookTwitterEmail

सरकारले आजदेखि सूचीकरण सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर), युट्युब लगायतका २६ वटा प्लेटफर्महरूले नेपालमा सूचीकरण नगरेका कारण यो कदम चालिएको हो। यो निर्णय सर्वोच्च अदालतको आदेशअनुसार आएको हो, जसले अनलाइन प्लेटफर्महरूलाई नेपालमा सञ्चालन हुनुअघि सूचीकरण गर्नुपर्ने नियमलाई जोड दिएको छ।

मन्त्रालयका प्रवक्ताका अनुसार, यी प्लेटफर्महरूलाई सूचीकरणका लागि ७ दिनको समय दिइएको थियो, तर उनीहरूले यसलाई अटेर गरेका कारण प्रतिबन्ध लागू गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई यी प्लेटफर्महरू ब्लक गर्ने निर्देशन दिइएको छ। पूर्ण रूपमा प्रतिबन्ध लागू हुन अझै भोलिसम्म लाग्न सक्ने इन्टरनेट सेवा प्रदायकहरूको …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले देशको डिजिटल परिदृश्यलाई नियमन गर्न महत्त्वपूर्ण कदम चालेको छ। सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गर्न सात दिनको अल्टिमेटम जारी गरेको छ।

मन्त्रिपरिषद्को बैठकपछि घोषणा गरिएको यो निर्णयले नेपालमा सञ्चालित प्लेटफर्महरूलाई जवाफदेही बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ।

सामाजिक सञ्जाल नियमन गर्ने सरकारको यो पहिलो प्रयास होइन। तर, नयाँ सात दिनको समय सीमाले थप गम्भीर र तत्कालीन दृष्टिकोणलाई सङ्केत गर्छ। मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, दर्ताको उद्देश्य सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपाली कानुन र नागरिकहरूप्रति “थप जिम्मेवार र जवाफदेही” बनाउनु हो।

नेपाल सरकारले “सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०२३” सहितको व्यापक नियामक ढाँचाको भागको रूपमा सामाजिक सञ्जाल …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय दलको मान्यता प्राप्तसहित ६२ वटा राजनीतिक दलले राज्यलाई बुझाउनु पर्ने कर छली गरेको पाइएको छ। उनीहरूले घर बहाल कर, कर्मचारीको पारिश्रमिकबाट कट्टा गरिएको १ प्रतिशत सामाजिक सुरक्षा कर र अन्य अग्रिम कर छलेको भेटिएको छ।

“सुशासन हाम्रो उच्च प्राथमिकता। अख्तियारको दुरुपयोग, राष्ट्रिय तथा सरकारी स्रोतको दोहन र भ्रष्टाचारप्रति निर्मम, कठोर र शून्य सहनशीलता अपनाइनेछ। यस्तै अनुगमन, अनुसन्धान र छानबिन कार्यलाई सशक्त बनाइने, भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।”

– नेकपा एमालेको घोषणा पत्र, २०७९ 

“… आर्थिक सुशासन कायम गर्नु हाम्रो प्राथमिकता हुन्।”

– नेपाली कांग्रेसको घोषणापत्र, २०७९ 

भ्रष्टाचार गरिन्न र

0 comment
0 FacebookTwitterEmail

बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दर्जनभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् ।

शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहन भइरहेको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए । बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर …

0 comment
0 FacebookTwitterEmail

गृह मन्त्रालयले सरुवा वा पदस्थापन भएको एक महिनासम्म पनि तोकिएको कार्यालयमा हाजिर नभएका २३ कर्मचारीलाई २४ घण्टे चेतावनी जारी गरेको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार यो निर्णय गर्दै ती कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ। यो सूचना मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रकाशित भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई यो चेतावनी जारी गरिएको हो। यी कर्मचारीहरू गत असार १६ गते (१ जना), असार १८ गते (७ जना), साउन ७ गते (१० जना) र साउन १८ गते (५ नायब सुब्बा) मा सरुवा वा पदस्थापन भएका थिए। तर, एक महिनाभन्दा बढी समय …

0 comment
0 FacebookTwitterEmail

नेपालको सार्वजनिक ऋण गत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँले वृद्धि भई कुल २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, २०८१ असारसम्म तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड थियो। यो वृद्धिसँगै नेपालको ऋणको बोझ राष्ट्रिय जनगणना २०७८ को २ करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्यालाई आधार मानेर हेर्दा हरेक नेपालीको भागमा करिब ९१ हजार ७ रुपैयाँ परेको छ। कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ। यो ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३.७१ प्रतिशत हो, जुन राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाई’ र ‘बाबु, आमा र छोरा’ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved