Home » नीति/राजनीति » Page 16
Category:

नीति/राजनीति

तत्कालीन १० बर्से सशस्त्र युद्धको नेतृत्वकर्ता सुप्रिम कमान्डर प्रचण्डले नेपालको संसदीय राजनीतिमा पुष्पकमल दाहालको परिचय बसालेको १८ वर्ष भयो। संसदीय राजनीतिलाई दुत्कारेर १० वर्षसम्म संसदीय व्यवस्था र राज्य संरचना विरुद्ध बम र बारुद खेलाउँदा खेलाउँदै १७ हजार नागरिकले अनाहक मै ज्यान गुमाए। जुन माओवादी कै शब्दमा राज्यको अग्रगामी रूपान्तरणका लागि अपरिहार्य आवश्यकता थियो।

प्रजातान्त्रिक संसदवादी राजनीतिक दलको जनधारसँगै विश्वाससमेतको मर्ममा पटक पटक प्रहार गरेका प्रचण्डहरू २०६२ साल मङ्सिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौताको आड र संसदीय राजनीतिक दलका नेताहरूको भरोसामा २०६३ सालमा उही संसदीय राजनीतिमा फर्किए। 

प्रचण्डबाट पुष्पकमल दाहाल बनेपछि ३ पटक त्यहीँ संसदीय प्रणालीको अङ्कगणितबाट प्रधानमन्त्री बनेका

0 comment
0 FacebookTwitterEmail

गैरकानुनी नियुक्ति, भ्रष्ट्राचार र कमिसनको खेलमा डुबेको आरोप लागेको मधेस प्रदेशको एक मात्र  वीरगन्ज महानगरपालिकामा मङ्गलवार दिउसो  हानाहान भएको छ। यो कुटाकुट महानगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलम पक्षबिच  भएको हो। दुवै पक्षका मसलधारीको घम्साघम्सी बढ्दै गएपछि नायब प्रहरी उपरीक्षक कुमार थापाको नेतृत्वमा वीरगन्ज महानगरपालिकामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुखको कार्यकक्षको नजिक सारिएपछि विवाद बढेको हो। अर्को भवनमा प्रमुख प्रशासकीय अधिकृत सरेपछि पुरानो कोठामा उपमेयरको सचिवालयका लागि  भनेर ताल्चा लगायो। खासमा उक्त कोठामा मेयरले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने आदेश दिए। तर अर्को पक्षले उपमेयरको सचिवालय राख्ने कब्जा गरेपछि विवाद उत्कर्षमा पुगेको …

0 comment
0 FacebookTwitterEmail

कोसी प्रदेशमा मन्त्रीपरिषद्को शपथ लिएर मन्त्रालयको जिम्मेवारी नपाएका बिना विभागीय मन्त्रीहरू फुर्सदिला बन्नुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने कुरामा चासो नदिँदा मन्त्रीहरू फुर्सदिला बन्नुभएको हो । उहाँहरू लामो समयदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक कोठामा बसेर दिन कटाउँदै आउनुभएको छ । 

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विस्तार गरेको मन्त्रीपरिषद्का तीन मन्त्री अहिले जिम्मेवारी विहीन हुनुहुन्छ । गठबन्धन भित्र मन्त्रालयको भागबन्डा नटुङ्गिएको कारण मन्त्रीहरू गणेश उप्रेती, शमशेर राई र कमलप्रसाद जबेगुले जिम्मेवारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । पछिल्लो समय मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने विषयमा गठबन्धन दल भित्र छलफलसमेत नभएको बताइएको छ 

कोसी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनेसँगै मन्त्री

कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला
0 comment
0 FacebookTwitterEmail

मुटु रोगको सहज उपचारका लागि कोसी प्रदेश सरकारले प्रादेशिक स्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा सर्वसुलभ स्तरमा मुटु रोगको उपचार केन्द्र नहुँदा कोसी प्रदेशका नागरिक काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्यका लागि  प्रदेश सरकारले सरकारी स्तरको मुटु रोग उपचार केन्द्र खोल्ने तयारी गरेको हो ।

विराटनगरमा रहेको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रलाई प्रादेशिक स्तरको मुटु रोग अस्पतालमा रूपान्तरण गरी सबै प्रकारका मुटु रोग सम्बन्धी उपचारार्थ अस्पताल स्थापना गर्ने लागिएको कोसी प्रदेश सरकारले जनाएको छ ।

जसका लागि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा रहेका दुई वटा भवन मध्ये एउटा भवनलाई प्रयोग गरी १ सय बेडको

विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने
0 comment
0 FacebookTwitterEmail

प्रस्तुत तस्बिरमा देखिएको लामबद्ध लाइन र भिड कुनै मन्दिर वा मेलाको होइन । यो भिड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भिड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । यदि तपाई कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईँले सहजै सेवा पाउने स्थिति भने छैन । घण्टौँसम्म लाइन बस्तु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ ।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ ।

कार्यालयमा सेवा लिन …

बारा जिल्ला प्रशासन कार्यालयमा बेथितिको चाँङ्ग
0 comment
0 FacebookTwitterEmail

महेन्द्रनगरमा रहेको शालिक तोडफोडको विरोध सहिद भीमदत्त पन्तको ९८औँ जन्मजयन्ती आइतबार मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्‍याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो। दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका सचिव कर्णबहादुर चन्दले अमर सहिद पन्तले अनुसरण गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गर्नुभयो । शालिक तोडफोड गरेर सहिद पन्तको अपमान गरिएको उहाँले बताउनुभयो ।

समाजका शोषक सामन्त विरुद्ध आन्दोलन गरी निमुखाको अधिकार स्थापित गर्ने कार्यमा संलग्न सहिद पन्त …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।

महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रा तथा राजावादीहरू शुक्रकार प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

 “तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको …

0 comment
0 FacebookTwitterEmail

ओलीको भाषण सुनाउन २४ वटा विद्यालयहरू मङ्गलवार बन्द गरिए । बन्द गरिएका  दुई वटा माध्यमिक, ४ निम्न माध्यमिक र १८ प्राथमिक विद्यालयमा १० हजार छात्र–छात्राहरू पढ्छन्।

भनिन्छ ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’, बोल्नु भनेको कला हो । तर माइक र मञ्च पाएपछि पूर्व प्रधानमन्त्री केपी ओलीको आम जनमानसलाई मन्त्रमुग्ध बनाउने गजबको कला छ । तर उहाँले गर्ने  भाषणमा यथार्थ भन्दा ‘ ख्याली पुलाव ’ (सपनामा पुलाव पकाउने र कल्पनाको संसारमा रमाउने) खालको हुने सर्वविदित  छ । पदमा गएपछि, भाँती पुर्‍याएर बोल्नु त्यति सजिलो  पनि छैन,विपक्षमा बसेपछि ‘फेक–पुराण’ जति सुनाए हुन्छ  । राजनीतिक नेता भएपछि नबोली सुखै छैन, केपी …

ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द
0 comment
0 FacebookTwitterEmail

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ। भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो।

जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड, बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ। अब जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा स्थानीय पालिकामार्फत पहिचान भएका भूकम्पपीडित लाभग्राहीले उक्त रकम पाउने छन्। त्यसका लागि निश्चित प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ।

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण कार्यविधि, …

0 comment
0 FacebookTwitterEmail
आफ्नो विद्युत आपूर्तिलाई विस्तार गर्न खोजिरहेको फिलिपिन्समा लगानीको बाटो स्पष्ट गर्दै अमेरिकाले बिहीबार फिलिपिन्ससँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसको उपस्थितिमा उहाँका रक्षामन्त्रीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । एक वर्षभन्दा बढी समयदेखि सत्तामा रहनुभएका मार्कोस अमेरिकाको घनिष्ठ सहयोगी बन्नुभएको छ ।

“हामीले सन् २०३२ सम्म आणविक ऊर्जा फिलिपिनी ऊर्जा मिश्रणको एउटा हिस्सा बन्ने देखेका छौँ र हामी आफ्नो साझेदारहरूमध्येको एक अमेरिकासँग उक्त मार्गमा अगाडि बढ्न पाएकामा अत्यन्त खुशी छौँ”, मार्कोसले भन्नुभयो, “आणविक ऊर्जा एउटा यस्तो क्षेत्र हो जसमा हामीले फिलिपिन्स–अमेरिका गठबन्धन र साझेदारी वास्तवमै हाम्रा जनता, अर्थतन्त्र र पर्यावरणका

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved