Home » भ्रष्टाचार/अनियमितता
Category:

भ्रष्टाचार/अनियमितता

दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरेको हो।

प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा एक ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्याक्टरसँगै ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडले …

0 comment
0 FacebookTwitterEmail

निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ। बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किमी सडक सात महिनामा सक्नेगरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन। दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो।

सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी छ। रु छ करोड ७२ लाख ६५ हजारमा ठेक्का …

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ।

कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री-वितरण गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न चेतावनी दिएको हो।

कार्यालयका अनुसार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याएर सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनुको सट्टा पहुँच र चिनजानका आधारमा सीमित व्यक्ति, होटेल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको छ।

यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकारप्राप्त निकायहरूले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा …

0 comment
0 FacebookTwitterEmail

विभिन्न काममा ढिलासुस्ती र ठेक्का सम्झौता बमोजिम काम नगर्ने आठ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता संस्थाहरूलाई  सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै (हिजो) शुक्रवारको बसेको बैठकको निर्णयानुसार ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ।

विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम यो कारबाही गरिएको हो। कालोसूचीमा परेको अवधिभर यी कम्पनी तथा यिनका मुख्य व्यक्तिहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही (ठेक्कापट्टा) मा भाग लिन नपाइने कार्यालयले जनाएको छ । 

0 comment
0 FacebookTwitterEmail

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ।

विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरेको छ।

विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने व्यवस्था छ।

अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चार वटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखासमेत छन्।

विभागले राजस्व चुहावट, भन्सार, अन्त:शुल्क तथा …

0 comment
0 FacebookTwitterEmail

नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अनुपम शमशेर जबराले हात्ती गौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ …

0 comment
0 FacebookTwitterEmail

सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) तथा आतङ्कवादी वित्तपोषण नियन्त्रण प्रणालीमा रहेका रणनीतिक कमजोरीहरू पूर्ण रूपमा सुधार गर्न नसकेपछि नेपाल अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट) मा यथावत् रहेको छ।

फ्रान्सको पेरिसमा १७–१९ जुन २०२६ सम्म सम्पन्न एफएटीएफको पूर्ण बैठक (प्लेनरी) ले नेपाललाई सूचीमै निरन्तरता दिने निर्णय गरेको हो। यससँगै नेपालमाथि सुधारका कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय दबाब थप बढेको छ।

केही प्राविधिक सुधार स्वीकृत, रणनीतिक कमजोरी कायमै

एफएटीएफले नेपालले लक्षित वित्तीय प्रतिबन्धसम्बन्धी केही प्राविधिक कमजोरी सुधार गर्न महत्त्वपूर्ण प्रारम्भिक कदम चालेको स्वीकार गरेको छ। विशेष गरी आतङ्कवादी वित्तपोषण तथा आमविनाशकारी हतियार निर्माणसँग

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ।

राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित …

0 comment
0 FacebookTwitterEmail

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूमा व्यापक वित्तीय बेथिति उजागर गरेको छ। लेखापरीक्षणका क्रममा आर्थिक अनुशासनको उल्लङ्घन, फितलो खर्च व्यवस्थापन र कागजी प्रक्रियामा देखिएका त्रुटिहरूका कारण यहाँका १२ वटा स्थानीय तहमा कुल ३१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको हो।

प्रतिवेदन अनुसार सबैभन्दा निराशाजनक अवस्था मेलम्ची नगरपालिकाको पाइएको छ, जहाँ जिल्लाकै सर्वाधिक ८ करोड ३२ लाख ७० हजार रुपैयाँ बेरुजु कायम भएको छ। यसै गरी, वित्तीय अनुशासनमा चुकेको बाह्रबिसे नगरपालिका ५ करोड २८ लाख ४८ हजार रुपैयाँ बेरुजुसहित दोस्रो स्थानमा छ।

जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ४ करोड १७ लाख ९६ हजार

0 comment
0 FacebookTwitterEmail

मुलुकको आर्थिक सुशासन र वित्तीय पारदर्शिताको ऐना मानिने महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुभएको हो।

नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक रायाले यस वर्ष ५ हजार ५२६ निकायको कुल ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार यस वर्ष मात्रै थप ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। यससँगै मुलुकको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved