Home » वातावरण/जलवायु » Page 18
Category:

वातावरण/जलवायु

चितवन जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा  विषादीको प्रयोग हुने पाइएको हो।

कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ। उहाँले भन्नुभयो “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ।” उहाँका अनुसार यी दुवै तत्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ।

कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा …

चितवनका बजारका तरकारी विषालु
0 comment
0 FacebookTwitterEmail

आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ ।

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक ९एक्यूआई० एक सय ८५ रहेको थियो ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो …

0 comment
0 FacebookTwitterEmail

आगो र डढेलोले पूरा देश आक्रान्त हुँदा पनि आँखा चिम्लिएर बसेको सरकारको अलि सक्रिय हुन थालेको छ। सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ। यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताउनुभयो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सोही दिन भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले अग्निपीडितलाई दुई किस्तामा रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत …

0 comment
0 FacebookTwitterEmail

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।

वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रुपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या हुने गर्दछ।

यसले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी, साथै गर्भावस्थाका महिला बढी प्रभावित हुने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले सबैमा अपिल गरेको हो।

नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रबाट प्राप्त तथ्याङ्कले देखाएको …

0 comment
0 FacebookTwitterEmail

लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन्। २१ वैशाखमा  बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन्। स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएका जनाइएको छ।

“पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो।” झाक्री तामाङले भन्नुभयो, “अहिले पनि यस्तै भएको छ। खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन्। पशुचौपायाले हरियो घाँस पाउन समस्या छ। जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान …

0 comment
0 FacebookTwitterEmail

डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उहाँको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ । डढेलोको विषयमा बुझ्न सञ्चारकर्मीको फोनको घण्टीले उहाँलाई एकैछिन फुर्सदै हुँदैन ।

“विभिन्न स्थानका लागिरहेको वन डढेलोले देश नै जलिरहेको छ, म कसरी विदेश जान सक्छु र ?” उहाँ भन्नुहुन्छ, “आजभोलि त निन्द्रा नै राम्रोसँग लाग्दैन । कतै डढेलेले ज्यानै लिएको छ त कतै, चराचुरीङ्गी र वन्यजन्तु डढेलोसँगै तितरबितर छन् त कतै जङ्गलका काठ जलेर राज्यको अथाह सम्पत्ति खरानी भइरहेको …

0 comment
0 FacebookTwitterEmail

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै जाँदा जोखिम पूर्वतयारीका सरकारी निकायहरू निरिह बनेका छन् र राजनीति नेता आँखा चिम्लिएर बसेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिबार  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो। “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ। नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।”

उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। …

0 comment
0 FacebookTwitterEmail

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ। प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन्।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन्। यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’  र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन्। जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास …

0 comment
0 FacebookTwitterEmail

नेपालमा लाटोकोसेरो संरक्षणको पर्याय बन्दै जानुभएका कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै उहाँलाई ५० हजार पाउन्डको सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। बेलायती राजकुमारी एनले बुधबार लन्डनमा आयोजित एक समारोहमा आचार्यलाई पुरस्कार प्रदान गर्नुभएको हो। आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका छ जना संरक्षणकर्मीहरूर्ला सो पुरस्कार प्राप्त गरिएको थियो।

विगत ३५ वर्षदेखि निरन्तर वन्यजन्तुको अध्ययन र संरक्षणमा क्रियाशील आचार्य ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको कार्यकारी निर्देशकसमेत हुनुहुन्छ। उहाँ डेढ दशकभन्दा लामो समयदेखि  लाटोकोसेरोको संरक्षणमा क्रियाशील हुनुहुन्छ।  आफूले प्राप्त गरेको पुरस्कार गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको काममा खर्च गर्ने …

0 comment
0 FacebookTwitterEmail

साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको  छ। ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो। तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दैआएको बताउनुभयो। “साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,” अधिकृत श्रेष्ठले भन्नुभयो।

गङ्गाजमुना-२ का …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved