Home » वातावरण/जलवायु » Page 22
Category:

वातावरण/जलवायु

चैत सकिएर वैशाख लाग्दैछ । नयाँ वर्षले हर्षोल्लास ल्याउनुपर्ने बेला गत फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किंदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् । अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड रापमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुके, इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानीका धारा चल्न छाडेका छन् ।

यहाँ सदाकाल भुलभुल गर्दै पातालको पानी निकाल्ने भूल (जरुवा पानीका मुहान) वरपर कमिलाका ताँती देखिन्छन् । जिल्लामा भुल्के पानीको प्रसिद्धि पाएका बर्दिवास–१२ को जुडी र भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) सुकेका त चार/पाँच वर्ष नै भइसक्यो । जुडी र जोकाहाको

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ। आयोगले स्वच्छ र स्वस्थ वातावरणको सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेका प्रावधानको कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अपिल गरेको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगत केही वर्षदेखि नेपाल वायु प्रदूषित हुने देशको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको र यस वर्ष पनि उक्त सूची दोहोरिन गएकाले नागरिकको स्वास्थ्यमा पर्नसक्ने असरप्रति ध्यानाकर्षण भएको उल्लेख छ।

“वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्न आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने …

0 comment
0 FacebookTwitterEmail

दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यही व्यवसायमा उहाँहरूको दैनिकी बित्ने गरेको छ।

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ। “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरू पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट सालको पात टिपेर ल्याउँदा हुने गरेको छ।” बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उहाँले बताउनुभयो।

“पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरूको …

0 comment
0 FacebookTwitterEmail

सन् २०२४ मार्चले विश्वमा सबैभन्दा बढी गर्मि भएको महिनाको रुपमा रेकर्ड राखेको छ। बितेको १० महिनामा  हरेक महिनाले गत महिनाको तापक्रम रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै आएको युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाले जनाएको छ।

युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार-  ‘ यो मार्च महिना सहित त्यस अघिका १२ महिना विश्वको इतिहासमा सबैभन्दा बढी तापमान भएको महिनाहरूको रुपमा देखिएको छ।

अनुगमन सेवाको उपनिर्देशक समन्था बर्गेशका अनुसार- ‘हरेक महिना तापक्रम बढिरहने प्रवृत्ति चिन्ताको विषय हो । तापक्रमको रेकर्ड बढ्दै जानु पृथ्वीमा तीव्ररूपमा जलवायु परिवर्तन भइरहेको कुराको साक्षी हो”।

युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवासँग सन् १९४० देखिको विश्व तापक्रम र

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २७ चैतमा दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ। इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताउनुभयो। “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”, उहाँले भन्नुभयो। उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो।

“जानजान वनमा डढेलो लागाउनु भएन, डढेलो लगाउनेलाई कडा रुपमा कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी रुपमा फोहर …

0 comment
0 FacebookTwitterEmail

वर्णशङ्कर जातको मकैमा दाना नलागेको विषयमा गठित समितिले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा भीमनाथ अधिकारी संयोजकत्वको सात सदस्यीय कार्यदलले सर्लाही जिल्लाको बागमती र बरहथवा नगर अन्तर्गतका प्रभावित क्षेत्रको अनुगमन गरेको हो। टोली सोमबार साँझ बागमती आइपुगेको थियो।

टोलीले २७ चैत बिहानैबाट बरहथवा र बागमती क्षेत्रका किसानको खेतमै पुगेर निरीक्षण गरेको हो। किसानसँग प्रत्यक्ष भेटी मकैखेतीबारेमा जानकारी लिने काम गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार प्रारम्भिक जानकारीअनुसार मौसम प्रतिकुल हुँदा मकैको फूल र घोगामा हुनुपर्ने परागसेचन प्रक्रिया पूरा नहुँदा दाना नलागेको पाइएको छ।…

0 comment
0 FacebookTwitterEmail

वन डढेलोसँगै वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २६ चैतमा दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ। काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ। वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ।

“वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भन्नुभयो।

उहाँका अनुसार २६ चैतमा काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, …

0 comment
0 FacebookTwitterEmail

नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ। सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ।

नेपाली सेनाले २५ चैतमा पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर सङ्कलन गर्ने योजना रहेको जानकारी दिएको छ। सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो। उनीहरुमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन्।

फोहर सङ्कलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ। सगरमाथाको आठ हजार मिटर उचाइसम्म …

0 comment
0 FacebookTwitterEmail

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन्। दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ।

यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्। केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो। ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा …

0 comment
0 FacebookTwitterEmail

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ। यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो।

सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ। ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिनुभयो।

लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उहाँले बताउनुभयो। हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved