Home » वातावरण/जलवायु » Page 23
Category:

वातावरण/जलवायु

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो। यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ। गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ।

जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन। लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताउनुभयो। मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ। पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा …

0 comment
0 FacebookTwitterEmail

“जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उहाँले सुनाउनुभयो । पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ ।

“हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उहाँले भन्नुभयो, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र ? हिउँबिनाको हिमाल के हिमाल !” पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति

0 comment
0 FacebookTwitterEmail

नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था एसएनभी नेपालकी वास नेता (लिडर) नादिरा ख्वाजाले संयुक्त रूपमा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रको शुभारम्भ गर्नुभयो। उपमहानगरसँगको समन्वयमा एसएनभी नेपालले ‘स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम’अन्तर्गत निर्मित अस्थायी ट्रेन्च केन्द्र उपमहानगर हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरले अस्थायी रूपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो। उहाँले खुला ठाउँमा दिसाजन्य …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ।

नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि विवरण सङ्कलन गर्ने उद्देश्यले पटक पटक ताकेता गर्दा पनि क्रसर उद्योगले विवरण उपलब्ध नगराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो।

“क्रसर उद्योगको क्षमतासहितको विवरण र नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन पटक पटक पत्र काटिसकेका छौँ, अहिलेसम्म एउटा उद्योगले मात्र विवरण उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “अब क्रसर उद्योगको अनुगमन गरेर …

0 comment
0 FacebookTwitterEmail

मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ। पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ। मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताउनुभयो। खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उहाँले बताउनुभयो।

मुस्ताङ घुम्न गएका पोखराका केशव अधिकारीले मार्फा खोलामा बाढीले करिब दुई घण्टासम्म रोकिनुपरेको बताउनुभयो। धवलागिरि दोस्रो …

0 comment
0 FacebookTwitterEmail

मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न सुरु गरिएमा आन्दोलन गर्ने चेतावनी दिएको छ। विभिन्न विकासका आयोजना निर्माणको क्रममा सामुदायिक वन उपभोक्ता समूहको अनुमतिबिना रुख कटान गरिएको भन्दै फेकोफनले अनुमतिबिना रुख कटान भए आन्दोलन गर्ने चेतावनी दिएको हो।

काँकडभिट्टा–लौकाही सडक (पश्चिम खण्ड) विस्तारका क्रममा उक्त कार्यसँग सम्बन्धित आयोजना कार्यालयले सडक सिमानासँग जोडिएका सामुदायिक वन क्षेत्रका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको सहमतिविना काटिएको भन्दै फेकोफनले आपत्ति जनाएको छ। “समूहलाई जानकारी नै नदिई आयोजनाका नाममा कटान गरी काठ दाउरा आयोजना र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिने कार्य सुरु …

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन्। यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन्। तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन्। निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन्।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ। त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो। गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ।

यससँगै चैत १४ …

0 comment
0 FacebookTwitterEmail

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ। उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहनुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन्। मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन्। पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै गुनासो बाँदरले दिएको हैरानीबारे थियो। बाली खाइदिने भएकाले गाउँमा खेती किसानी गर्नेको सङ्ख्या घटेकोले तत्काल बाँदर नियन्त्रण गर्ने कानुन बनाउनुपर्ने उनीहरुको माग छ।

बाँदरको सङ्ख्या बढ्दै …

0 comment
0 FacebookTwitterEmail

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको बताउदै यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको उल्लेख गर्नभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले चैत १२ गते  यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक सम्पदाको संरक्षणमा नेपालको समर्पण र अथक प्रयासहरू सहनीय रहेको र विश्वभरका संरक्षणवादीहरूका लागि उत्कृष्ट उदाहरणको रूपमा रहेको उल्लेख गर्नुभयो।

“वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन्। हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ, हाम्रा हिमालय र हिमनदीहरू तीब्र रुपमा पग्लिरहेका छन्। यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्यूनीकरण गर्न र यसका …

0 comment
0 FacebookTwitterEmail

सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभएको छ। स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभालाई  ११ चैत सम्बोधन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गर्नुभयो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर २०२३ को नेपाल भ्रमणका क्रममा नेपालको संसद्‌बाटै जलवायु परिवर्तनले निम्त्याएका समस्याप्रति निकै जोडका साथ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएकोप्रति सभामुख घिमिरेले जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ।

उहाँले आफ्नो राष्ट्रले गरेका वाचा इमान्दारीका साथ पूरा गर्न सरकारलाई झक्झक्याउनु सबै सांसदहरूको कर्तव्य भएको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved