गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले चेतावनी दिएको छ ।
डब्लूएफपीले इजराइल र हमासबीच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।
पछिल्लो समय मङ्गलवार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, ‘हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।’
डब्लूएफपीले अनुमान गर्दै भनेको छ, ‘यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्याउन …
