Home » समाज » Page 22
Category:

समाज

संस्कृतिको विकास स्थानीय जनसमुदायको आस्था, विश्वास, भूगोल, सामाजिक संरचना र उपलब्ध सामग्रीको आधारमा हुन्छ। संस्कृति मानिसले अभ्यास गरिआएका परम्पराको परिस्कृत स्वरूप हो।

संस्कृति संरक्षणका खातिर हामीले पनि केही अभ्यास गर्दै आएका छौं। जस्तो: दशैंका लागि तिब्बतबाट भेडा र च्याङ्ग्रा झार्ने गरिन्छ। तिहारका लागि चाहिने फलफूल तथा फूलको माला भारत लगायत अन्य देशबाट आयात गरिन्छ। दीपावली गर्न दियोलगायत अन्य झिलिमिली बत्तीहरू चीनबाट आयात गरिन्छन्। चाड नेपाली तर त्यो मनाउन आवश्यक सामग्री भने विदेशी– यो कति विरोधाभासपूर्ण छ। यसलाई आर्थिक र सांस्कृतिक पाटोबाट केलाउनु जरुरी छ।

नेपालमा भौगोलिक बनावटमा मात्रै विविधता छैन, जातीय संरचनामा पनि उत्तिकै विविधता पाइन्छ। यसको अर्थ हो– सामाजिक …

संस्कृति स्वदेशी, मनाउने सामग्री विदेशीः कस्तो परनिर्भरता
0 comment
0 FacebookTwitterEmail

 

भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ?  भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको  के हो?  भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल)  हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ।

मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषाविज्ञानले धेरै ठूलो सहयोग पुर्‌याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति , वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै  …

भाषा पारिस्थितिकीः नेपाली शिक्षाले नछोएको पाटो
0 comment
0 FacebookTwitterEmail

तपाईंले कुनै पशुपन्छीलाई कुट्ने, हिर्काउने, हानिकारक खानापिना दिने, यातना दिने र निर्दयी वा क्रुर व्यवहार गर्ने गर्नु भएको छ ? छ भने आजैबाट छाडिदिनुस्अन्यथा तपाईं थुनिन सक्नुहुन्छ। नथुनिए पनि जरिवाना तिर्नुपर्ने  हुन सक्छ। नयाँ कानून मुलुकी अपराध संहिता २०७४ को पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

 पोखरा अमरसिंहचोक घर हुनुभएको सुकदेवी गुरुङको मालीनाम गरेको कुकुरलाई केही समय अघि राति गाडीले कुल्चिएर मारिदिएछ। गुरुङको घरमा १३ वटा कुकुर छन्। सबैजसो कुकुर उद्धार गरेर ल्याइएका हुन्। मालीलाई पनि उद्धार गरेर …

पशुलाई क्रुर व्यवहार नगर्नुहाेस्, अन्यथा थुनिनु वा जरिवाना तिर्नुपर्ला
0 comment
0 FacebookTwitterEmail

पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ।

गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन् । यो ऐतिहासिक गढीको संरक्षण र विकासमा स्थानीय सरकार भीमफेदी गाउँपालिकाले नेतृत्व लिएको छ। हेटौडा लगायत तराईका कतिपय जिल्लालाई राजधानीसँग जोड्ने छोटो मार्ग मदन भण्डारी (कुलेखानी–सिस्नेरी–काठमाडौं) मार्गमा पर्ने चिसापानी गढी नजिकबाट हजारौं सवारी साधन आवत जावत गर्ने गरेका छन्। सडकको छेउमै पर्ने महत्त्वपूर्ण गढीको संरक्षण तथा सम्बर्द्धन विगतमा नगर्दा यो नासिएर जाने हो कि भन्ने भइरहेका बेला संरक्षण कार्य हुन …

गाउँपालिका जसले भ्यूटावर बनाएन, चिसापानीगढी मर्मत गर्‍यो
0 comment
0 FacebookTwitterEmail

सरकारी तथ्यांक अनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा पाँच लाख युवाहरू आउने गर्छन्। तर सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रुपमा वैदेशिक रोजगारीमा जान ती युवा वाध्य छन्। तर विदेशको रोजगारी न सहज छ र न सुरक्षित।

वाध्यात्मक रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीलाई अपनाउने क्रममा पहिलो चरणबाटै पीडित हुन थाल्छन्। आकर्षक प्रलोभन देखाएर विदेश पठाउने एजेण्टहरूमा गाउँ तथा सहरबजार तिर छ्यापछ्याप्ती फैलिएका छन्। उनीहरू कै आड र भरोसामा गाउँबाट सहरमा आइपुग्छन् र ठगिन्छन्, जेनतेन विदेशमा पुगे भने त्यहाँ अलपत्र पर्छन्।

कञ्चनपुर वैवाहा–३ का जम्ल्याहा दाजुभाइ राम चौधरी र लक्ष्मण चौधरी पनि विदेश पठाउने नाममा लाखौं रुपैयाँ ठगिएका मध्येका हुन् …

असुरक्षित रोजगार गन्तव्यमा जान पनि नेपालीको भीड, यो वर्ष नै १२ सयभन्दा बढीको गइसक्यो ज्यान
0 comment
0 FacebookTwitterEmail

गत जेठ २५ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीनजना युवालाई लागू पदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागू पदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८/७९ को जेठ मसान्तसम्म मात्र २ सय २३ वटा लागू औषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा ३ सय ९ जना पुरुष र महिला १३ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १ सय ४९ मुद्दा दायर भएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक …

दुर्व्यसनको दलदलमा युवा
0 comment
0 FacebookTwitterEmail

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भूपी शेरचनको यो कविताका यी शब्दहरूले देश बनाउने विषयमा धेरै कुरा बोलेका छन्। ‘देश, धर्म, संस्कृति, स्वतन्त्रता, आदर्श, उद्देश्य र विचारको लडाइँमा आफ्नो जीवन उत्सर्ग गर्न पछि नपरी मृत्युवरण गर्ने अमूल्य निधि नै शहीद हुन्।’ हृदयभित्र कहिल्यै ननिभ्ने ज्योति, प्रेरणाका  स्रोत जसको मृत्युमा सारा जनता शोकाकुल अनि सिङ्गो राष्ट्र नै स्तब्ध हुन्छ। बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा बनेको शहीद स्मारक वाटिका अहिले प्रदेश राजधानी हेटौडाको चिनारी मात्र होइन पर्यटकीय गन्तव्य पनि बनेको छ।

विषेशगरी शहीदको सम्झनामा निर्माण प्रारम्भ भएको शहीद स्मारक वाटिका अहिले स्वदेश तथा केही …

पर्यटकीय गन्तव्य बनेको हेटौडाको शहीद स्मारक वाटिका
0 comment
0 FacebookTwitterEmail

भौतिक विकासलाई मात्र ‘विकास’ मान्ने पञ्चायतकालीन नेपाली मानसिकताको एउटा उदाहरण हो दमौली। अहिले दमौलीमा चिल्ला सडक छ, भव्य महलहरू छन् तर  संस्कृति र सभ्यता मासिएको कहाँ गयो अनि डमौलीका रैथानेहरू जरो उखालिएर कहाँ पुगे कसैलाई थाहा छैन।

चन्द्रबहादुर दरै उमेरले सात दशक कट्नुभयो। तनहुँको व्यास नगरपालिका–१ भादगाउँका बासिन्दा चन्द्रबहादुरका लागि दमौलीलाई डमौली हो । वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किनुभएको चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो लाग्छ।

तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली भनेर चिन्छन् । त्यही डमौलीमा दरै, बोटे समुदायको बाहुल्यता थियो । तनहुँ मगर समुदायको पनि बाक्लो बस्ती भएको जिल्ला हो । …

डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !
0 comment
0 FacebookTwitterEmail

जेठ २० गते दिउँसो, राप्ती नगरपालिका १ पिप्लेको नयाँबस्तीमा रहेको भीमकुमारी तामाङको घर अघि एउटा अटो रोकियो। अटोबाट एक अधबैँशे पुरुष झरे। तिनले अलिकति सहारा दिएझैँ गरेपछि दीर्घ रोगले थलिएकी एक महिला सकीनसकी अटोबाट झरिन्।

टिसर्ट र जिन्स पाइन्टमा झरेकी महिलाको कपाल जिङ्ग्रिङ्ग थियो। ज्यान सुकेर मुठ्ठी भरको भएको। ति मानिसहरू झट्ट भीमकुमारीले चिन्न सकिनन् । तर, उनीहरू आफ्नै घरतिर आइरहेका थिए। भीमकुमारीले अड्कल गर्दै गर्दा, भाउजू सम्बोधन गरिन्, तिनै महिलाले।

परिवारको सदस्य एकै सम्बोधनले ठम्याइन्छ। भीमकुमारीले भनिन्, कान्छी हो ? अँ भाउजू। दबेको स्वरमा यति निकाल्दै गर्दा उनी घिस्रिँदै आँगनछेउ आइपुगेकी थिइन्।

उनीसँगै ४५ हाराहारी उमेरको देखिने पुरुष थियो। …

साढे दुई महिना बन्धक बनाएर बलात्कृत महिलाको यसरी भयो मृत्यु
0 comment
0 FacebookTwitterEmail

मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर। तर कोरोना महामारीका बेलामा आफूलाई संकट आएपछि काठमाडौँ उपत्यकामा धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिए र बनाइदिए छाडा कुकुर।

कोभिड महामारी अगाडिको एक तथ्याङ्कका अनुसार काठमाडौँ उपत्यकाका सडकहरूमा एक लाखभन्दा बढी छाडा कुकुर भौतारिरहेका छन्। कोरोनाको समयमा रोग सङ्क्रमणको त्रास, कुकुरको उपचार र खानेकुराको अभाव, अकस्मात् शहर नै छाडेर बाहिरिनु पर्ने दबाब जस्ता अनेकन कारणले मानिसहरूले आफूले पालेका कुकुरलाई सडक छाडिदिए। यतिबेला कति कुकुर सडकमा भौँतारिएका छन् कसैलाई पनि थाहा छैन। तर कुकुरको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर …

मानिसको सबैभन्दा पुरानो साथीको दुर्दशा 
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved