Home » साहित्य/कला/संस्कृति » Page 18
Category:

साहित्य/कला/संस्कृति

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ। पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।

चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना। यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ। छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो। ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना।

जमरा अर्थात् जौ को जीवन 

जसलाई थोरै बालुवा मिसिएको …

0 comment
0 FacebookTwitterEmail

नेपाली परम्परामा पनि जडभरत जस्तै भनेर उदाहरण दिने चलन छ। के हो त जडभरत भनेको ? को हुन् त्यस्ता पौराणिक पात्र जसको नाम बारम्बार लिइन्छ नेपाली समाजमा पनि र ज्ञान बुद्धि र विवेकको कुरामा ? प्रसङ्गमा आउने उदाहरण बनेका जडभरतको प्रसङ्ग विभिन्न पुराणहरूमा आउँछ, महाभारतमा आउँछ। यो प्रसङ्गमा जडभरतसँग सम्बन्धित आख्यानको चर्चा गर्न लागिएको विष्णु पुराण र नारद पुराणको आधारमा हो। त्यसो त हामीसँग सनातन धर्मको पौरस्त्य दर्शनभित्र पनि विभिन्न मत र तिनका आधारमा विभिन्न सम्प्रदायहरू अस्तित्वमा पाइन्छन् र तिनले बढी मान्ने देव, देवीहरूको क्षमता र गुणका आधारमा रचना गरिएको र तिनको गायनमार्फत स्मृतिमा राखी पुस्तौपुस्तासम्म कण्ठस्थ गरिएको हुनुपर्छ र …

0 comment
0 FacebookTwitterEmail

नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै छ। बजारमा किनमेल सुरु भइसकेको छ। सहरबाट टाढा जाने टिकट बुकिङ गरेका छन्। यस्तै, परदेशमा भएका नेपाली दसैँकै सिलसिलामा नेपाल भित्रिन थालेका छन्। जे होस् वातावरणमा दसैँ घुलमिल हुँदै गएको छ।

दसैँ सबैका लागि बराबर हो। तर हुने खानेका लागि भिन्न र हुँदा खानेका लागि खिन्न हुन्छ। बजारमा महँगी बढेको छ। त्यसमाथि दसैँको बहाना बनाएर थप महँगो मूल्यमा सामान कालोबजारी हुन्छ। कति व्यापारीले त मौका छोप्न अखाद्य पदार्थ मिसावट पनि गर्छन्। यसको नियन्त्रण र अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली बजारमा निस्कन्छ। हरेक समयमा यस्तो अनुगमन हुनुपर्नेमा चाडबाड आउँदा मात्रै अनुगमन गरिन्छ।

घरघरमा …

0 comment
0 FacebookTwitterEmail

७० वर्षसम्म कम्युनिस्ट शासनमा रहेको र सन् १९९० मा लोकतन्त्र पुनः बहाल भएको देश मंगोलियामा अहिले एक नयाँ अवतारी बालकको उदय भएको छ। पुनर्जन्ममा गहिरो विश्वास भएको तिब्बतियन बौद्ध परम्पराको व्यापक प्रभाव भएको मंगोलियाको राजधानी उलानबाटरको भव्य गान्दन बौद्ध गुम्बामा एक ८ वर्षीय बालक ए. अल्टान्नरलाई १०औं बज्ड (दलाई लामाजस्तै मुख्य धर्मगुरु) को रुपमा स्थापित गरिएको छ।

मंगोलियन बौद्ध परम्परामा मूल धार्मिक नेतालाई ‘बज्ड’ भनिन्छ। बज्डका ९औं अवतारीको ७९ वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो। उहाँ मंगोलियामा जन्मिनुभएको थिएन ।

सन् १९९० को लोकतान्त्रिक युग सुरु भएपछि हाल भारतमा निर्वासनमा रहेका तिब्बतियन मुख्य धर्मगुरु दलाई लामाबाट छानिएर सन् …

0 comment
0 FacebookTwitterEmail

वैदिक कालमा सबै समान थिए भनिन्छ। वैदिक सभ्यतालाई परिमार्जन गरेको कुरा पुराणहरूले भनेका छन्। पुराणहरूलाई पञ्चम वेद किन भनेको रे भने वेद सूत्रबद्ध रूपमा थियो,  त्यसको विशद व्याख्या गर्न र उदाहरणसहित व्यावहारिक रूपमा स्पष्ट पार्न पुराणहरूमार्फत सचेत गराइएको मानिन्छ। श्रीमद्भगवत गीतालाई उपनिषद्को मर्मलाई व्याख्यात्मक तरिकाले बताइएको र श्रीकृष्णले विश्वरूप देखाउन तयार गरिएको मानिन्छ। अतः पौराणिक कालमा सभ्यताको जुन विकास भएको मानिन्छ, त्यही कुरा पुराणले जनतासमक्ष प्रस्तुत गरेको हो जसलाई शौनकादि ऋषिहरूले संसारभर प्रचार गरे भनिन्छ।

वैदिक काल होस् या पौराणिक काल होस्, त्यस बेलामा  सबै मानिसहरू आपसमा बराबरी थिए। उनीहरूको अवस्थालाई उनीहरूको कर्मका आधारमा विभाजित गरिएको हुन्थ्यो। शर शय्यामा सुतिरहेका …

0 comment
0 FacebookTwitterEmail

सरकारले लुम्बिनी विकास कोषका कार्यसमिति सदस्यबाट हटाएको मायादेवी मन्दिरको जथाभाबी रिडिजाइन र पुनर्निर्माण विरोधी लुम्बिनी विकास कोषका कार्यसमिति सदस्य विश्वराज पौडेललाई सर्वोच्च अदालतले राहत दिएको छ। सर्वोच्च अदालतले पौडेललाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।

उत्प्रेषण समेत मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल सरकार (मन्त्री स्तर)को निर्णयले गत भदौ २५ गते पौडेललाई परिषद् सदस्य कायम रहने गरी कोषको कार्यकारिणी सदस्यको जिम्मेवारीबाट हटाएर गोपीकृष्ण शर्मालाई राखेको थियो ।

अदालतले  गोपीकृष्ण शर्मालाई मनोनयन गरेको निर्णयबाट पौडेललाई पर्न सक्ने क्षति र सुविधा सन्तुलनसमेत मनन गर्दा तत्काल …

मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण विरोधी पौडेललाई अदालतको राहत
0 comment
0 FacebookTwitterEmail

२०७९ को मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐंठनलाई दिइने भएको छ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय गरेको छ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार–चार लाख रुपैयाँ छ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ। ऐँठन विवेकको दोस्रो कृति हो। यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए। वादी समुदायको कथा रहेको सो कृतिलाई लिएर मुद्दासमेत परेको थियो।

‘मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिँदै आएको छ। यो पुरस्कारका लागि अन्तिम सूचीमा …

0 comment
0 FacebookTwitterEmail

भारतका सीमा क्षेत्र यसअघि पनि टेकेको थिएँ। ०६१ सालमा सर्लाही क्याम्पस मलङ्वामा शिक्षण गर्दा भारतको सीतामढी जिल्लाको सोनवर्षा बजार घुम्न गएको थिएँ, दुई पटक स्थानीय एक साना व्यापारीसँग। यसपछि विराटनगरबाट साथी मीनकुमार श्रेष्ठ लगायतसँग। यस्तै रौतहटको वैरगनिया पारी साथी सुब्बा कार्कीसँग र भैरहवा बेलहियाबाट सुनौली र धनगढीबाट यसो पारी पट्टी टेकेकोसम्म थिएँ। तर दुई बिसे पार भइसक्दा पनि राहदानी साहदनी पनि नचाहिने भारतको यात्रा चाहिँ गरेको थिइनँ। जाऊ जाऊँ लाग्यालागै तर समय भएर पनि स्रोत जहिले उस्तै। निस्फिक्री समय उपलब्ध थियो तर स्रोत पुगेस् नपुगेस् । तैपनि भारत जाने निधो गरेँ। यसको चाँजोपाँजो मिलाउनु भयो, दुर्गानाथ गौतमले। गौतमसँग दोस्ती जमेको …

0 comment
0 FacebookTwitterEmail

यो संसारमा जे जति कार्य घटित हुन्छ चाहे त्यो कुनै दुर्घटना नै किन नहोस्,  त्यसमा कसैको दोष हुँदैन तर नियतिले खटाएको कर्तव्य स्वतः प्रकृति चक्रमा पूरा भएकै हुन्छ,  कसैले चाहनु वा नचाहनुसँग कुनै सम्बन्ध हुँदैन भन्ने एउटा प्रसङ्ग महाभारतको अनुशासन पर्वको सुरुकै अध्यायतिर छ। कुनै पनि घटना हुनुमा कसको कति हात हुन्छ भन्ने एउटा अनुपम उदाहरणका रूपमा वाण शय्यामा सुतिरहेका देवब्रत भीष्म पितामहको महाराज युधिष्ठिरलाई दिएको उदाहरणीय कथाको माध्यमबाट। युधिष्ठिर विकल भएर बारम्बार आफूलाई धिक्कार्दै,  रुँदै,  कल्पिँदै भन्छन्, पितामह हजुरको यो हालत बनाउने र करोडौँ वीरहरूको विना कारण, मैले आफ्नो राज्य विस्तारका लागि र पारिवारिक स्वार्थवश,  मैले नै वीरगति गराउने …

0 comment
0 FacebookTwitterEmail

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उहाँलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो। एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरिएको जानकारी आएको छ ।
फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । त्यही उजुरीको प्रक्रियाका बारेमा छलफल गर्न प्रहरीले अनमोल केसीलाई धेरै पटक चौकीमा सम्पर्क गर्न अनुरोध गरेको थियो तर कलाकार अनमोल केसीले त्यसलाई बेवास्ता गर्नुभएको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved