गत जनवरीमा अमेरिकाको न्युजर्सी सहर हिन्दू राष्ट्रको “सिस्टर सिटी” बन्न लागेको थियो, तर रोचक तथ्य के थियो भने कथित राष्ट्र एक काल्पनिक थियो, धरतीमा त्यसको कुनै अस्तित्व नै छैन। यो घटना सुन्दा अचम्म लाग्छ तर यसको वास्तविकता रोचक छ।
भारतमा आफ्नै शिष्यालाई बलात्कारको आरोप लागेपछि अमेरिका भागेका नित्यानन्दले बनाएको नक्कली देश कैलाशविरुद्ध ठगीको आरोप सहित पहिलो मुद्दा दर्ता भएको छ । अमेरिकाको न्युजर्सी सहर ठगीको पहिलो शिकार बने पछि यो प्रकरणले चर्चा पाएको हो ।
नेवार्क सहरका अधिकारीहरू सुरुमा हिन्दू राष्ट्र कैलाससँग जोडिने मौका पाएकोमा उत्साहित थिए। तर पछि थाहा भयो, जुन देशसँग आबद्ध हुन लागेको थियो त्यो देशको अस्तित्व …
