Home » साहित्य/कला/संस्कृति » Page 29
Category:

साहित्य/कला/संस्कृति

कलाकार गोविन्दनारायण ज्या–पूले सम्पूर्ण जीवन मूर्तिकलामै बिताउनुभयो। जीवनको उत्तरार्धमा उमेरकै कारणले काम गर्न सक्ने अवस्थामा हुनुहुन्न तर उत्साह भने कम छैन। झोँछेँस्थित निवासमा किताब पढ्ने र आफैँले बनाएका कलाकृति नियालेर रमाउँदै उहाँका दिन बित्ने गरेका छन्। रोग खासै केही नभएकाले खानपानमा बारबेर पनि छैन। आगामी साउनदेखि ९६ वर्ष लाग्दै गर्नुभएका ज्या–पू जीवित नेपाली कलाकारमध्ये सबैभन्दा ज्येष्ठ हुनुहुन्छ। वि.सं. १९८४ मा तुलसीनारायण र देवमाया डङ्गोलका जेठा छोराका रूपमा उहाँको जन्म काठमाडौंको भीमसेनस्थानमा भएको हो।

उहाँ वि.सं. २०११ देखि अनवरत रूपमा नेपाल स्काउटसँग पनि आबद्ध रहँदै आउनुभयो। स्काउट छोडेको लगभग अढाइ दशक भयो होला। कला सिर्जनाका अतिरिक्त उहाँ लेखन तथा कला प्रशिक्षण …

चित्रमा त्रि–आयामिक भ्रम पैदा गर्ने सिद्धान्त ‘ज्या–पू कुञ्जी’ का प्रतिपादकः ९५ वर्षका कलाकार ज्या–पू
0 comment
0 FacebookTwitterEmail

आज पनि आँखामा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नुपर्छ । म सुत्न नखोजेको पनि होइन ।

अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फे’सबुक जबरजस्ती कत्ति चलाउनु ?

यो ब्लक लेख्नुको पछाडिको कारण मलाई निन्द्रा नलाग्नु र शरीर अस्वस्थ्य हुनु पनि हो ।

अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुण्डिएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ ।

जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुईमत छैन । करिब १ वर्ष मधेश प्रदेश बारा जिल्लामा काम गरेपछि २०७३ साल वैशाख ७ गतेदेखि यस संस्थामा नयाँ परिवेश, नयाँ अवसर, नयाँ …

अनुभूतिः छोरीले बाबु नचिन्दा !
0 comment
0 FacebookTwitterEmail

नरोत्तमदास श्रेष्ठ– नेपाली कलाका एक सुनाम । वरिष्ठ कलाकार श्रेष्ठ कवि, कलासङ्कलक र ग्यालरी सञ्चालकका रूपमा समेत परिचित थिए । उनको अवसानसँगै उनका कामको समेत सम्झना ओझेलिँदै गर्दा प्रस्तुत गरिएको छ– यो सानो र सङ्क्षिप्त स्मृति–अभिलेख । उनको निजी निवास हरिहर भवनमा भेट्दा उनी ९२ वर्षको उमेरका थिए । उनको जन्म १९७८ सालको जेठ महिनामा काठमाडौंस्थित झोंछे टोलमा भएको थियो । पिता भगवानदास श्रेष्ठ र माता जनकमाया श्रेष्ठका जेष्ठ सुपुत्र उनी कलाका अत्यन्त सौखिन व्यक्तित्व थिए ।
उनको घरमा पुग्दा टाढैबाट कलाकृति, बोटविरुवा, बगैंचा आदिको संयोजन देखिएको थियो । त्यहाँ मैले अलग्गै कलात्मक र सिर्जनात्मक संसारको अनुभूति गरेको थिएँ । …

नेपाली कलाका एक सुनाम
0 comment
0 FacebookTwitterEmail

सिनेमा १: ग्रेटर नेपाल सेन्सरपास भयो। छिमेकी राष्ट्र भारतले हाम्रो देशको सिमाना मिचेको र इतिहासमा गुमेको भूभाग जो हाल भारतमा छ, त्यो फिर्ता लिन सकिने आधारहरूको तथ्यगत प्रस्तुती भएको वृत्तचित्र हाम्रो सेन्सरबोर्डले एक दृश्य पनि नकाटी सेन्सर पास गर्नु भनेको नेपाली सेन्सरसिपको इतिहासमा अकल्पनिय घटना थियो। नत्र छिमेकी मुलुकसँगैको सम्बन्धलाई असर पार्ने भन्दै कैंची चलाइहाल्थ्यो। उक्त क्रान्तिकारी घटना ६२/६३ को जनआन्दोलन पछिको परिवर्तनलाई अनुभूति गराउने किसिमको थियो।

सिनेमा २: कथानक चलचित्र ‘दासढुङ्गा’लाई सेन्सरले थुप्रै दृश्य र संवाद हटाउन आदेश दियो। मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना भइ मृत्यु भएको रहस्यमयी घटनामाथि प्रकाशित रिर्पोट, समाचार, अन्तर्वार्ता र …

सेन्सरसिप होसियार
0 comment
0 FacebookTwitterEmail

‘रसिया र युक्रेन बिच भयङ्कर युद्ध भैरहेछ नि !’

‘ए हो र ! भए पनि मलाई केही फरक पर्दैन।’

यो कुनै चलचित्रबाट साभार गरिएको संवादको अंश थिएन। यो केही नेपाली चलचित्रकर्मी बिच हालै भएको संवाद सानो भाग मात्र थियो। देख्दा उत्तर सामान्य झैँ लाग्छ, वास्तविक पनि लाग्छ, तर त्यो सामान्य उत्तर भित्र नेपाली चलचित्रको दर्शन, संरचना र उद्देश्य प्रतिबिम्बित भएको छ।

‘के फरक पर्छ र?’ भन्ने आधारभूत अवधारणा चलचित्र क्षेत्रमा व्याप्त छ। ‘चलचित्र बनाएर के नै फरक पर्छ र ?’ तथा ‘चलचित्र क्षेत्रभित्र जे भैरहेछ त्यसले के नै फरक पार्छ र?’, फिल्म निर्माताहरूकै धारणा यस्तो छ भएपछि राज्यले पनि भन्ने …

निरङ्‍कुश नेपाली सिनेमा
0 comment
0 FacebookTwitterEmail

“नाटक गर्ने को–को हुनुहुन्छ?” मैले सोधेँ। हलमा भएका सबै विद्यार्थीहरूले एकै स्वरमा “हामी सबै हौं” भनेको सुन्दा त शुरूमा विश्वास नै लागेन, अचम्ममा परेँ। फेरि त्यही प्रश्न दोहोर्‍याएँ, “नाटकमा महोत्सवमा सहभागी हुने को–को हुनुहुन्छ?”, तर उत्तर उही आयो। त्यहाँ त्यस्तो जवाफ दिने विद्यार्थीको संख्या झण्डै २ सय ५० थियो।

यो प्रसङ्ग थियो ‘समता नाटक महोत्सव–२०७८’ को। नाटकप्रति भाईबहिनीहरूको रुचि देखेर मलाई धेरै खुसी लाग्यो र सँगसँगै यति धेरै पात्रहरू सहभागी भएको नाटक कस्तो हुन्छ होला र यीमध्येबाट उत्कृष्ट तीन वटा नाटकको छनौट कसरी गर्न सकिएला भन्ने प्रश्न पनि मनभित्र उठे।

यत्तिकैमा अजय सरले कार्यक्रम शुरू गर्नुभयो। अतिथिहरूको आसन ग्रहण र …

नेपाली रङ्गमञ्चको बिडोँ थाम्ने पुस्ता
0 comment
0 FacebookTwitterEmail

कारोना कहरका कारण गएका दुई बर्ष फिका फिका भएको फागु यो वर्ष धुमधामका साथ मनाइदै छ। मुलुकमा स्थानिय चुनाव नजिकै आएर होला यसपाली मधेशमा होली चुनावी रङ्गमा रङ्गिएको छ। अहिलेका र भविष्यमा हुन चाहने जनप्रतिनिधिहरूलाई फागुको शुभकामना आदानप्रदानको कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई छ।

भोजपुरी र मैथलीमा “फगुवा” वा “होली” भनिने प्रेम र सद्‍भावको पर्व फागुको रङ्गरुप समयचक्रसँगै बददिदै गएको छ। “रङ्गको यस त्यौहारको आफ्नै रङ्ग फेरिएको छ, यसको गीतसङ्गीतका रस हराएको छ,” भोजपुरीका लोक सङ्गीतकार मास्टर  लालबहादुर शास्त्री भन्नुहुन्छ, “हामीले विगतमा देखेको मौलिक होली र अहिलेको होलीको नाममा गरिने गतिविधि निकै फरक छन्।”

दुईबर्षको कारोनाको विभिन्न लहरबाट बाँचेर यस …

रङ्ग फेरिएको होली
0 comment
0 FacebookTwitterEmail

अमेरिकी विज्ञापन डिजाइनर हार्भे रोस बलले सन् १९६३ मा स्माइली फेस बनाए,  ४५ डलर पारिश्रमिक लिए र चुपचाप बसे। तर सन् १९७१ मा, फ्रान्सेली पत्रकार फ्रैंकलिन लुफ्रानीले एउटा कम्पनी गरे, ‘दि स्माइली कम्पनी’ नाम दिए। उनका छोरा निकोलसले स्माइली फेसलाई डिजिटल दुनियाँमा लगे। यो साता स्माइली फेस पचासौ जन्मदिन मनाइरहेको छ।

आजको इन्टरनेट र सोशल मिडियाको युगमा स्माइली फेस (इमोजी) मानिसका हरेक किसिमका भावनालाई छिटो–छरितोसँग व्यक्त गर्ने एउटा भरपर्दो र सरल माध्यम बनेको छ । आज इन्टरनेट र मोवाइलदेखि फेसन, मनोरञ्जन र अन्य थुप्रै क्षेत्रमा व्यापक प्रयोग गरिने इमोजीको शुरूवात भने लगभग ६० वर्ष अगाडि भएको हो। पहिलोपटक इमोजी बनाउनुको …

स्माइली फेस पचास वर्षे भयो की साठी?
0 comment
0 FacebookTwitterEmail

जसरी चन्द्र र सूर्य सबैको लागि एउटै छ, त्यसैगरी सौन्दर्य पनि सबैको लागि एकैनाशको हुँदो हो त संसारमा सुन्दरताको परिभाषा पनि एउटै हुने थियो होला अनि सबैजना उत्तिकै सुन्दर देखिने थिए होलान्। तर त्यस्तो एउटै नियम र विशेषता सौन्दर्यतामा लागू हुँदैन। नत्र किन कसैलाई बिछट्टै सुन्दर लागेको व्यक्ति कसैलाई पटक्कै मन नपरेको? अनि अरूलाई मन परेको मान्छे किन आफूलाई सुन्दर नलागेको होला ? सुन्दरता व्यक्तिको दृष्टिकोणमा, कसैप्रति उसको झुकाव वा लगावमा, प्रेममा अनि तिरस्कारमा, फरक–फरक व्यक्तिको फरक–फरक परिस्थिति, धारण र भावनामा भर पर्ने रहेछ, होइन त?

सुन्दरता भन्ने शब्द आउने बित्तिकै जोकोहीको मनभित्र पनि सबैभन्दा पहिले एउटा नारीको पूर्ण चित्र …

0 comment
0 FacebookTwitterEmail

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।अनेकखालका अनलाइन मिडिया, यूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले यो मिडिया ट्रायल चलाइरहेका छन् ।

नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। बलात्कारको आरोपमा तनहुँ प्रहरी कार्यालयमा आफूविरुद्ध जाहेरी दर्ता भएपछि भाग्दै हिँडेका पल शाह पाँच दिनपछि गत आइतबार प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीको सम्पर्कमा आएपछि उनलाई हिरासतमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पल शाह तनहुँ प्रहरीको हिरासतमा रहेसँगै …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved