Home » Archives for अनिल तिवारी /वीरगञ्ज
Author

अनिल तिवारी /वीरगञ्ज

पर्सा प्रहरीले नै दलित बालिका बलात्कार घटना दबाउने प्रयास गरेको आरोप लागेको छ । बिचौलियाको सक्रियता प्रहरी अधिकारीले बलात्कारको मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित पक्षको आरोप रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल बिदा गएको वेला निमित्त प्रमुख बसेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा बिचौलियाको प्रभावमा परेर घटना दबाउन चलखेल गरेको पीडित पक्षको आरोप छ ।

गत २२ गते पर्साको कालिकामाई गाउँपालिकामा एक दलित युवतिको बलात्कार भएको थियो । वडा नम्बर ३ हरिहरपुर बिर्ताकी १३ बर्सिया बालिकालाई उनकै छिमेकका ५० वर्षीय बनारसी महतो केवटले वैशाख २२ गते राति बलात्कार गरेको घटना शनिवार सार्वजनिक …

0 comment
0 FacebookTwitterEmail
पर्सा प्रहरी प्रशासनले वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई किर्ते नागरिकता प्रकरणमा सहयोग गरेको आरोपमा विरोध प्रदर्शनलाई तीव्रता दिइएको छ । विभिन्न दलका स्थानीय नेताहरूले प्रहरीले राजेशमान सिंहप्रति देखाएको मोलाहिजा विरोधमा एक हप्तादेखि लगातार वीरगन्ज बजारमा प्रदर्शन गर्दै आएका छन् ।

लालटिन उपहार तथा मशाल जुलुस, सिडिओ र एसपीको पुत्ला दहन र वीरगन्जको मुख्य सडकमा टायर बालेर स्थानीय प्रहरी प्रशासनको विरोधमा प्राय नारा जुलुस चलिरहेका छन् । मेयर राजेश मान सिंहलाई कारबाही नगरी कागज मिलाएर मेयरलाई चोख्याउने काममा भइरहेको आन्दोलनकारी नेताहरूको आरोप छ ।

प्रशासनलाई सचेत गराउन नारा जुलुस प्रदर्शन गरेको नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद

0 comment
0 FacebookTwitterEmail

तराईमा बढेको धार्मिक उन्मादसँगै वीरगन्ज भइरहेको ठगी प्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । आफूलाई चमत्कारी बताउने भारतीय काली कम्बलवाला बाबालाई प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका छन् । प्यारालाइसिस, लगायत नसाका रोग निको पारिदिने भन्दै वीरगन्जमा चलाइएको  धार्मिक शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको हो ।

आफूलाई चमत्कारी बाबा बताउँदै वीरगन्जमा चैत १ गते देखि धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बल बाबाको उपचार शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको थियो । आफूलाई प्रहरी समाप्त आइरहेको मेसो पाउने बित्तिकै अचानक काली कम्बलवाला बाबा शिविर छाडेर गायब भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली  बाबाले

0 comment
0 FacebookTwitterEmail

नयाँ सत्ता गठबन्धन घोषणा भएको दुई दिन नबित्दै प्रचण्ड  सरकार सङ्कटमा पर्ने सङ्केत देखिन थालेको छ ।
 
सरकारमा सहभागिताको लागी मन्त्रिमण्डलको बाँडफाँड सन्तुलित नहुने भएपछि सरकारमा जानबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पछि हटेको जसपाको एक नेताले दाबी गरेका छन् ।
 
जनता समाजवादी पार्टीको बुधवार बसेको बैठकमा बहुमत कार्यकारिणी सदस्य तथा सांसदहरूको विद्रोहको धम्की दिएपछि यादव पछि हटेको एक नेताले दाबी गरेका छन् । उनका अनुसार सो दलका १२ जना सांसद मध्ये ८ जना वर्तमान गठबन्धनको विपक्षमा देखिएका छन् ।  

 उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको रूपमा वाम गठबन्धनको सरकारमा अध्यक्ष आफै  जान खोजेको आरोप उपेन्द्र यादव माथि लागेको छ ।

0 comment
0 FacebookTwitterEmail

नेपाल देखि भारत लगायत संसारका विभिन्न मुलुकमा मार्च १० का दिन तिब्बती स्वतन्त्रताको लागी विभिन्न प्रकारको प्रदर्शन हुने गरेको छ। राष्ट्र र राष्ट्रियताका लागि दशकौँदेखि हुँदै आएको यो आन्दोलन किन हुन्छ, यसलाई कसरी हेरिनु पर्छ ? भन्ने प्रश्न विश्व समुदाय बिच चासोको विषय पनि हो।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बत लगायत आफ्नो सरण लिएका विभिन्न मुलुकहरूमा आन्दोलन गर्दै आएको छन्। आन्दोलनको  स्वरूप जस्तो भए पनि माग चाहिँ राष्ट्र, राष्ट्रियता र पहिचानको लागि  नै हो। मुख्य रूपमा धार्मिक दृष्टिकोणले गर्दै आएका तिब्बतीहरूको यो प्रदर्शन राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ। आन्दोलनको समर्थनमा विश्व समुदायका गायक र ‘पप स्टार’ एवं हलिउडका

0 comment
0 FacebookTwitterEmail

वीरगन्जको एक मात्र समुदायक क्याम्पसको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्व क्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक नियमितता गरेको आरोप लगाएका छन् । पूर्व क्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेको कारण क्याम्पसबाट ठेक्का पट्टाको फाइल नै  गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप  छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगन्ज ३ आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्व क्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाउनु भयो । 

पत्रकार

क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब 
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन् पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरू जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएसँगै यो प्रकरण पेचिलो बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालकै बेला उक्त प्रमाणहरू गायब गरिएको चर्चा छ ।

मेयर राजेशमान सिंह श्रेष्ठको ठेक्कापट्टाका पूर्व सहकर्मी एवं छिमेकी समेत रहेका नुरेनबी ठकुराइले उक्त नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरू माग गरेपछि सूचना गायब गरिएको समाचार श्रोतको दाबी छ । ‘ठुलो रकमको चलखेलमा अनुसूची फारम र जन्म दर्ताको प्रमाणहरू गायब गरिएको हो । यसो त त्यस बेला

किर्ते नागरिकता प्रकरण: सूचना माग्दा प्रमाण गायब, प्रमाण लुकाउन १० लाखको चलखेल भएको आशङ्का
0 comment
0 FacebookTwitterEmail

वीरगन्जको आदर्श नगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनको लागी बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।  वीरगन्जका बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका  सानो पाइला बचतका सञ्चालक जीवी (गितेन्द्रकाबु) राई सहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।

प्रचण्ड चिसोमा वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगन्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सानो पाइलाका सञ्चालक जीवीलाई पक्राउ गरी कारबाही गर, बचतकर्ताको रकम फिर्ता गर, बचतकर्ताको रकम टिभीमा

वीरगन्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीवी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
0 comment
0 FacebookTwitterEmail

नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन गरिएको हो । नागरिकता किर्ते प्रकरणमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको  जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा  ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । रूबीना श्रेष्ठको नागरिकता सम्बन्धी हराएको प्रमाणको फाइल समितिले फेलापारि जाँचबुझ अगाडि बढाइसकेको जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागी

मेयर जोडिएको किर्ते नागरिकता प्रकरण: छानबिन गर्न समिति गठन
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाको नगर प्रमुख राजेशमान सिंह श्रेष्ठले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । नगरप्रमुख श्रेष्ठले नक्कली बाबु बनेर एक युवतिलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलवार उजुरी दर्ता भएको हो  ।  नेपाली काँग्रेस पर्सा क्षेत्र नं २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेमा कारबाहीको माग गर्दै जाहेरी दरखास्त दर्ता गराउनुभएको हो ।

मेयर सिंहले किर्ते गरी रुबीना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार प्रकाशित भए पछि जाहेरी दरखास्त दर्ता गरिएको छ । जाहेरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालय

 नक्कली बाबु बनेर नागरिकता दिने वीरगन्ज महानगरपालिका प्रमुख सिंह विरुद्ध उजुरी दर्ता 
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved