Home » Archives for नारायण खड्का/तनहुँ
Author

नारायण खड्का/तनहुँ

बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली

बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि

कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि

भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली।”

आदिकवि भानुभक्त आचार्यका यी श्लोकहरू अहिले कागजमा मात्र लिपिवद्ध छन, उच्चारण र वाचन भने हुन छाडी सकेका छन्। आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पंक्ति सहजै स्मरणमा आउँछन्। नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धानकर्ताले निरन्तर पछ्याउँदै आएका छन्।

आफ्नै

0 comment
0 FacebookTwitterEmail

जब मुग्लिन–नारायणगढ सडकखण्ड र पृथ्वीराजमार्गको तनहुँखण्ड अवरुद्ध हुन्छ तब चर्चा चल्न थाल्छ बुद्धसिंह मार्गको । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा लिइएको यो मार्गको ट्र्याक खनेको करिब ३० वर्ष नाघिसक्यो । अझै पनि यसको स्तरोन्नति हुन सकेको छैन ।

मनसुनी वर्षासँगै सुक्खा पहिरो झर्दा गत बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरुद्ध भएको उक्त सडक दिउँसो १ बजे पुनः पहिरो खस्दा करिब २८ घण्टा पूर्णरूपमा बन्द भयो र शुक्रबार साँझ ५ बजेबाट मात्र खुल्यो । अति व्यस्त रहने यो सडकखण्डको मुग्लिङनजिक पर्ने तुइन खोलाआडको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो ।

यस्तै, गत शनिबार मध्यरातदेखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध …

पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग !
0 comment
0 FacebookTwitterEmail

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि ५ वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्कनुभयो। विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो। सोचअनुरूप उहाँले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गर्नुभयो।

यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का रूपबहादुर गोतामे पनि १ वर्ष कतार र ८ वर्ष दुबईमा काम गर्नुभयो। उहाँ पनि पाँच वर्ष अगाडि नेपाल फर्कनुभयो। नेपालमै केही गरौं भन्ने भावना थियो दुवैमा। पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो। शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका अन्य पाँच युवा र स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभस्टक एग्रो प्रालि सञ्चालन गरे। …

वैदेशिक रोजगारीमा भौँतारिएका युवा अहिले आफैँ रोजगारदाता
0 comment
0 FacebookTwitterEmail

तनहुँको भानु नगरपालिका–२ ठुलोबगैंचाकी ५५ वर्षीया दिलमाया राईको मनमा साँझ पर्दैगएपछि डर पनि बढ्दै जान्छ। जंगल नजिकै सानो झुप्रोमा बस्दै आउनुभएकी दिलमायाको मनबाट चितुवाले दिएको पीडा र त्रास अझै हट्न सकेको छैन।

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, तर मनबाट डर हटेको छैन’, दिलमाया भन्नुहुन्छ, ‘अहिले चितुवाको आक्रमण त घटेको छ तर, मनबाट डर अझै हट्न सकेको छैन।’ तीन वर्ष अगाडि काँखमा खेल्दै गरेको छ वर्षको नातिलाई साँझ पर्ने बित्तिकै चितुवाले आक्रमण गरी घाइते बनाएको त्यो कहाली लाग्दो साँझको डर दिलमायाँको मनमाबाट अझै हट्न सकेको छ्रैन्।

२०७६ साउन १२ गते घरको पिंढीमा दुई दाजुभाई खेलिरहेका थिए। दिलमाया उनीहरू नजिकै बसेर …

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, मनबाट डर हटेन’
0 comment
0 FacebookTwitterEmail

हुँदा खाने र गरिखानेको दैनिकी छुट्टै छ । काम अनुसारको ज्याला त कमैले पाउँछन् । कतिले त त्यो पनि समयमै नपाउँदा कष्टकर दैनिकी गुजार्नुपर्ने बाध्यता यथावत नै छ । यो वर्गको समस्या समाधानका विषयमा कहीँ कतै चर्चा त हुन्छ होला तर, मजदुरको पीडा न कसैले देख्छ, न कसैले सुन्छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको करिब ७-८ किलोमिटर दुरीको क्षेत्रमा सेती नदी बग्छ । यही सेती नदीसँग धेरैको वर्तमान र भविष्य जोडिएको छ । सेती नदीबाट नदीजन्य वस्तु उत्खनन गरी केही व्यक्तिको रातारात जीवनस्तर उकासिएको पनि छ । तर, यही नदीको बगरमा खानी मजदुरका रुपमा दुईतीन पुस्ताले मजदुरी गरेपनि उनीहरूको जीवनस्तर माथि

सेती किनारमा मजदुरको पीडा  : न कसैले देख्छ, न कसैले सुन्छ !
0 comment
0 FacebookTwitterEmail

लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरू पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन्। परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरू अहिले व्यवसायिक रुपमा पशुपालन तर्फ आकर्षित हुन थालेका छन्।

विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जतिनै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएको युवाहरूले बताउने गरेका छन्। तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ का अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपैयाँको लगानीमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउनुभएको छ।

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्ट्री फार्ममा हालसम्म छ करोड रुपैयाँ बराबरको …

0 comment
0 FacebookTwitterEmail

तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुरमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छ । निर्माणपक्षले जलविद्युत आयोजना निर्माण कार्यलाई तीब्रता दिइएको छ । आयोजनास्थलमा खुल्ला रुपमा शक्तिशालि बम विस्फोट गर्दा घरहरू चर्किएको र धुलोधुँवाले आजित बनाएकाले बस्तिनै बिस्थापित हुने खतरा बढेको प्रभावित क्षेत्रका बासिन्दाले बताउन थालेका छन् ।

तनहुँ जलविद्युत आयोजनाको प्याकेज १ अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) निर्माणको काम भइरहेको छ । उक्त कामका लागि खुल्ला रुपमा शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गर्दा आसपास क्षेत्रका घरहरू चर्कने, खेतबारी भाँसिने समस्या देखिएका छन् ।

गत असोज महिनादेखि आयोजनाको डाइभर्सन टनेल निर्माणका लागि निर्माण पक्षले विस्फोटक पदार्थको प्रयोग गर्दै आएको छ …

0 comment
0 FacebookTwitterEmail

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ। राजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी–जामुने पूर्वीखण्ड र जामुने–पोखरा पश्चिमखण्ड गरी दुई खण्डमा अहिले सडक विस्तारको कामलाई तीब्रता दिइएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पृथ्वीराजमार्ग विस्तार कार्य अन्तर्गत सडक चौडा बनाउने, पुल, कल्भर्ट निर्माण तथा टेवा पर्खाल लगाउने कार्य भइरहेको छ। तर, सडक सिमा भित्र रहेका बिजुलीका खम्बाहरू स्थान्तरण नगरिदा भने काममा अवरोध आउन थालेको छ।  सडक विस्तार कार्य चलिरहदा सरकार पक्षबाट सडक सिमा भित्रका भौतिक पूर्वाधार नहटाइनु तथा बिजुलीका खम्बा स्थान्तरण नगरिदिदा काममा अवरोध आउन थालेको छ। सडकको स्तरोन्नती कार्य सुरु हुनु पूर्व नै बिजुलीका खम्बा स्थान्तरण गरिसक्नुपर्नेमा …

बिजुलीका खम्बाले रोक्यो पृथ्वीराजमार्ग विस्तार
0 comment
0 FacebookTwitterEmail

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ समुनाय पनि एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८ हजार ३९९ रहेको छ। यिनीहरू तनहुँ, गोरखा, लमजुङ, मकवानपुर, धादिङ, चितवन जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ। त्यसैले उनीहरूको बसोबास वनजंगल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर बसेको पाइन्छ।

तनहुँका चेपाङ समुदाय पनि भिरालो जमिन तथा जंगलको छेउछाउमा बसोवास गर्दै आएका छन्। विश्व आधुनिक प्रविधियुक्त बन्दै गएको छ। नेपालीहरू पनि आधुनिक प्रविधिसंगै हातेमालो गर्दै अगाडि बढेका छन्। तर, तनहुँमा बसोवास गर्ने चेपाङ समुदाय भने …

0 comment
0 FacebookTwitterEmail

तनहुँको सदरमुकाम दमौलीमा बसोवास गर्दै आएकी ४५ वर्षीया रामकुमारी मजकोटीले अटो रिक्सालाई आफ्नो जिविकोपार्जनको माध्यम बनाउनु भएको छ। दुई छोरीकी आमा रामकुमारीको बैवाहिक जीवन विग्रिएपछि अहिले उहाँको साहारा अटो रिक्सा बनेको छ। बिहान ८ बजे घरबाट अटो लिएर बजार निस्कने रामकुमारी साँझ ७ बजेपछि मात्र फर्कने गर्नुहुन्छ।

२०५४ सालदेखि सिलाई कटाईको काम गर्दै आउनुभएकी रामकुमारी करिव दुई महिनादेखि दमौली आसपासका क्षेत्रमा अटो रिक्सा गुडाएर भएको आम्दानीबाट आफ्नो घर व्यवहार चलाउन थाल्नुभएको छ। प्रायः पुरुषहरूले मात्र अटो रिक्सा चलाउने गरेपनि उहाँले महिलाले पनि यो काम गर्न सक्छन् भन्ने आँट गरी यो क्षेत्रमा हात हालेको बताउनु हुन्छ।

सिलाई कटाई व्यवसायीबाट गुजारा नचलेपछि …

रामकुमारी र श्रीधरालाई सम्मान दिने अटोरिक्सा
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved