Home » सुरक्षा/अपराध » Page 5
Category:

सुरक्षा/अपराध

पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला परेको हो।

घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको नुहाएर घर फर्किने क्रममा धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो।

स्थानीयले बताए अनुसार मृतक १९ वर्षीय पद्मा सुनार दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन जान्छु भनेर निस्किएकी थिइन्। उनी अबेर साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको थियो।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार सुनार कराङ्दीका

0 comment
0 FacebookTwitterEmail

रुसको राजधानी मस्कोको क्रोकोस सिटी हलमा ठूलो आतंककारी हमला भएको छ। कन्सर्ट चलिरहेको समयमा हमला भएको थियो।

कन्सर्ट चलिरहेको हलमा बन्दुकधारीहरूले बन्दुक चलाएर र बम प्रहार गरेर हमला गरेका थिए। हमलाबाट  ६० जनाको मृत्यु र १४५ भन्दा बढी घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले करिब १४५ घाइते भएको मध्ये ६० जनाको अवस्था गम्भीर रहेको बताएका छन्। अग्नि नियन्त्रकहरूले बेसमेन्टबाट करिब १०० जनालाई बाहिर निकालेका छन्।  भवनको छानाबाट मानिसलाई लिफ्टिङ उपकरणसहित बचाउने काम जारी छ ।

रुस सरकारले यस घटनालाई आतंकवादी हमला घोषणा गरेको छ।

क्रोकोस कन्सर्ट हल मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक कन्सर्ट हल हो र यसमा छ हजार २०० मनिस …

0 comment
0 FacebookTwitterEmail

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।

पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।

प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह

0 comment
0 FacebookTwitterEmail

प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।

कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय

0 comment
0 FacebookTwitterEmail

तराईमा बढेको धार्मिक उन्मादसँगै वीरगन्ज भइरहेको ठगी प्रति स्थानीय प्रशासनको ध्यानाकर्षण भएको छ । आफूलाई चमत्कारी बताउने भारतीय काली कम्बलवाला बाबालाई प्रहरीले पक्राउ गर्न खोज्दा फरार भएका छन् । प्यारालाइसिस, लगायत नसाका रोग निको पारिदिने भन्दै वीरगन्जमा चलाइएको  धार्मिक शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको हो ।

आफूलाई चमत्कारी बाबा बताउँदै वीरगन्जमा चैत १ गते देखि धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बल बाबाको उपचार शिविरमा आइतबार प्रहरीले हस्तक्षेप गरेको थियो । आफूलाई प्रहरी समाप्त आइरहेको मेसो पाउने बित्तिकै अचानक काली कम्बलवाला बाबा शिविर छाडेर गायब भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलको जग्गामा काली  बाबाले

0 comment
0 FacebookTwitterEmail
लागुऔषधको कुलतमा फसेका युवाका कारण पछिल्लो समय अपराधका घटना बढेका छन् । फागुनको अन्तिम साता गौरादह–७ मा हजुरआमाको विभत्स हत्या गरेको आरोपमा नाति पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार गत फागुन २५ गते राति गाँजा खाएर लठ्ठ परेका १७ वर्षीय धीरज विश्वकर्माले लागुऔषध किन्न पैसा नदिएको निहुँमा ८२ वर्षीया हजुरआमा नरमाया विश्वकर्माको हत्या गरेका थिए ।

फलामे रडले हिर्काएर हजुरआमाको हत्या गरेपछि साथी लगाएर घरको ग्वालीमा शव गाडेको अवस्थामा फेला परेको प्रनि गिरीले बताउनुभयो । उहाँका अनुसार हाल नातिसहित चार जना अभियुक्त पक्राउ परिसकेका छन् ।

झापामा लागुऔषधका सेवनकर्ता र
0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो ।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताउनुभयो ।

पहिलो चरणमा काठमाडौँ जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ ।

0 comment
0 FacebookTwitterEmail

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् ।

तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् । जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ । अनुसन्धान

0 comment
0 FacebookTwitterEmail
गत साउन २४ गते सङ्खुवासभाको जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडितका परिवारले अहिलेसम्म पनि राहत पाएका छैनन् ।

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेका र कारागारभित्र बुझाएपछि त्यहाँका कैदीलेसमेत कुटपिट गरेर यातना दिएको प्रमाणित भएको थियो ।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवालाबीचको छलफलमा पीडित परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका थिए । गत मङ्सिर २४ गते बसेको जिल्ला
0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरका पक्राउ परेका दुई जना पत्रकारको रिहाइको माग गरिएको छ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारद्वय ऐश्वर्या कुँवर र पुष्कर भट्टको रिहाइको माग गरेको हो ।

उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी ‘विद्युतीय कारोबार कसुर’अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घ शाखा कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अबस्थीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि प्रहरी हिरासतमा राखिएका दुवै जना पत्रकारलाई थुनामुक्त गर्न माग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले व्यक्तिगत फेसबुक पेज तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा व्यक्तिगत

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved