वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्वीकृत रहेको ठुलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।
विशेष सूचनाको आधारमा गएको टोलीले वीरगन्ज महानगरपालिका–१६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो ।
वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो । बरामद गरिएको औषधि दुखाई कम गर्नका लागि मालिस गरिने र …