यौनजन्य हिंसामा परेकाहरूले उजुरी गर्ने समय हदम्याद घटना भएको मितिले तीन वर्षसम्म हुनु पर्ने निर्णय गरिएको छ। संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै सो निर्णय गरेको हो।
समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन् भने बालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनेछ। समितिले यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत रूपले गरेको र संसद्ले सोही आधारमा ऐन संशोधन गर्ने बताइएको छ।
अपराध संहितामा यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो। बलात्कारका …
