चितवन जिल्ला अदालतमा आएका पारपाचुकेका मुद्दाहरूको सामान्य अध्ययनले सम्बन्धविच्छेद पछाडि अनेकन कारण भएपनि अदालत पुग्दा कारण एकै समानका बनाइएका हुन्छन्। सजिलोका लागि यस्तो गरिएको हो की यसका पछाडि अन्य कारण पनि छ- कानुन र न्यायका अध्येताले गम्भीर अनुसन्धान गर्नै पर्छ।
जेठको अन्तिम साता चितवनका एक दम्पती सम्बन्धबिच्छेदको लागि जिल्ला अदालत चितवन पुगे। उनीहरू सहमतिमा नै सम्बन्ध टुङ्ग्याउन अदालत पुगेका थिए। २०७० साल मंसिर विवाह भएपनि विवाहपछि महिला एक साता पनि श्रीमानको घर बसिनन्।
मानसिक समस्या रहेको पत्ता लागेपछि परिवारले झुक्याएर विवाह गराएको भन्दै उनलाई माइती फर्काइदिए। तर, तत्काल सम्बन्ध विच्छेद भएन। महिला र पुरुष दुबै आआफ्नो पेशामा अघि बढे। विवाहको …