Home » पूर्वाधार/विकास » Page 10
Category:

पूर्वाधार/विकास

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने कार्यक्र छ।

जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने बताइएको छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ।

सत्र किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको …

जनकपुर–जयनगर रेल सेवा आजदेखि
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएपछि फुटपाथमा बनेको ग्रिनसिटी समुदायिकको कार्यालय हटाउन माँग उठेको छ। अतिक्रमण हटाउने महानगरपालिकाको अभियान सराहनीय भएको भन्दै अहिले सो आवाज उठेको हो।

ग्रिनसिटी हटाउँदा वीरगन्जको केन्द्रबिन्दु आदर्शनगरको बाटो अझ राम्रो देखिने भन्दै उक्त कार्यालय हटाउन स्थानीय युवा तथा वुद्धिजीवीहरूले स्थानीयले आवाज मुखरित गरेका छन्। यसमा स्थानीय व्यापारीको समेत ऐक्यबद्धता रहेको छ।

केही वर्षयता ग्रीनसिटीको नाममा स्थानीय व्यापारी प्रकाश खेतानले वीरगन्जको मुख्य व्यापारिक क्षेत्र आदर्शनगर चोक नै चर्चेर नगरपालिकासँगसमेत अनुमति नलिई दुई ठाउँमा स्थायी टहरा बनाउनुभएको थियो। टहरा निर्माणपछि स्थानीयले तत्काल हटाउन महानगरलाई दबाब दिन थालेका छन्।

सडकपेटीमै निर्माण गरिएको ग्रिनसिटीले आउजाउ गर्ने बटुवा …

फुटपाथमा बनेको ग्रिनसिटी समुदायिकको कार्यालय हटाउन माग
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज महानगरपालिकाले हरिखेतान बुहमुखी क्याम्पसको प्रांगणमा डोजर चलाएको छ।

सहरको मुख्य नाला अतिक्रमण गरी बनाइएको क्याम्पस भवनसहितको संरचना डोजर लगाएर सोमबारदेखि भत्काउन सुरु गरेको छ। सोमबार दिउँसो मेयर राजेशमान सिंह आफैं डोजर लिएर क्याम्पस पुग्नुभएको थियो।

सहरको मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका भवनसहितका संरचना हटाउन महानगरले डोजर प्रयोग गरिएको जनाएको छ। ४० वर्षअघि तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको विशेष भूमिकामा नाला अतिक्रमण गरी उद्योगपति खेतान परिवारले रात्रि क्याम्पस निर्माण गरेको थियो। नाला अतिक्रमणको विरोध पटकपटक भए पनि निर्माणको ४० वर्षपछि स्थानीय सरकारले अतिक्रमण हटाउने सुरु गरेको हो।

नालामाथि बनेका संरचना हटाउन क्याम्पस प्रमुख भगवान यादव र …

क्याम्पसको प्रांगणमा वीरगन्ज महानगरको डोजर
0 comment
0 FacebookTwitterEmail

जब मुग्लिन–नारायणगढ सडकखण्ड र पृथ्वीराजमार्गको तनहुँखण्ड अवरुद्ध हुन्छ तब चर्चा चल्न थाल्छ बुद्धसिंह मार्गको । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा लिइएको यो मार्गको ट्र्याक खनेको करिब ३० वर्ष नाघिसक्यो । अझै पनि यसको स्तरोन्नति हुन सकेको छैन ।

मनसुनी वर्षासँगै सुक्खा पहिरो झर्दा गत बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरुद्ध भएको उक्त सडक दिउँसो १ बजे पुनः पहिरो खस्दा करिब २८ घण्टा पूर्णरूपमा बन्द भयो र शुक्रबार साँझ ५ बजेबाट मात्र खुल्यो । अति व्यस्त रहने यो सडकखण्डको मुग्लिङनजिक पर्ने तुइन खोलाआडको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो ।

यस्तै, गत शनिबार मध्यरातदेखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध …

पहिरो गएपछि सम्झने बुद्धसिंह मार्ग !
0 comment
0 FacebookTwitterEmail

यतिबेला जतासुकै असारे विकासको बिगबिगी छ। बजेट सक्न डाँडाकाँडा भत्काउनेदेखि सडक कालोपत्रे गर्नेसम्मका काम यही मेसोमा हुन्छन्। आगामी साउनदेखि नयाँ आर्थिक वर्ष लाग्ने भएकाले चालू आवको विनियोजित बजेट जतिसक्दो खर्च गर्न मेसोका रूपमा असारे विकासलाई लिइन्छ। त्यसकैको उदाहरण हो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रको तयारी भएको छ। बर्खा लागेसँगै कालोपत्र गर्न सुरु गरेपछि सडक गुणस्तरीय हुनेमा स्थानीय विश्वस्त छैनन्। लामो समयसम्म पनि सडक कालोपत्र नहुँदा खाल्डाखुल्डीका कारण दैनिक सवारी सञ्चालनमा समस्या हुने गरेको छ। मनसुन सुरु भएसँगै दैनिक पानी पर्ने याममा गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ। शनिबार बेलुका निर्माण व्यवसायीले …

असारे विकास: सडक विस्तार सुरु भएको ८ वर्षपछि कालोपत्रेको तयारी
0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएपछि मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको बताउँदै भन्नुभयो, ‘रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्नेछ ।’

नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइँ …

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति जरुरी : प्रधानमन्त्री दाहाल
0 comment
0 FacebookTwitterEmail

रुसी कब्जामा रहेको दक्षिणी युक्रेनको खेरसान राज्यमा बाँध (ड्याम) भत्कियो। विशाल बाँध भत्किँदा तल्लो इलाकामा पानीको बाढी आयो। तर यो बाढीले कसलाई फाइदा गर्ला ?

रुस–युक्रेन दुवैले एक–अर्कालाई बाँध भत्काएको आरोप लगाएका छन्। गत वर्ष नर्ड स्ट्रिम पाइपलाइनमा विस्फोटको समस्या पनि अझै सुल्झिइसकेको छैन। यी दुवै विषयमा पश्चिमा देशले रुसमाथि आशंका गरेका छन्। तर दुवै आरोपलाई रुसले अस्विकार गर्दै उल्टै आफैंलाई क्षति पुर्याउने काम आफूले नगर्ने दाबी गरेकोछ।

उसोभए किन भत्काउँदै त रुसले ?

काखोभका बाँधको विषयलाई लिएर रुसले दुईवटा बिन्दुलाई आधार बनाई आफूलाई क्षति पुर्याउने दाबी गरेको हुन सक्छ। पहिलो, बाँध भत्किँदा निप्रो नदीआसपासको क्षेत्र डुबेको छ। जसले गर्दा …

काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?
0 comment
0 FacebookTwitterEmail

भारतीय दूतावासको सहयोगमा २०६२ मा निर्माण सुरु गरिएको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास १८ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। २०६४ साल भित्र सम्पन्न हुनुपर्ने ५५ कोठे छात्रावास भवनको निर्माण अन्तिम चरणमा पुगेर पनि काम रोकिनु र भारतीय दूतावासले समेत ध्यान नदिनुले भवन अहिले अलपत्र अवस्थामा छ। दूतावासले १ करोड ९६ लाख रुपैयाँ बजेट तत्कालीन जिल्ला विकास समितिमा पठाएको र निर्माण समितिका संयोजक शेखर सिंहलाई तोकेको थियो। सिंह अहिले राष्ट्रिय सभा सदस्य हुनुहुन्छ।

निर्माण समितिले तोकिएको बजेटभन्दा बढी खर्च भइसकेको र भवनको झ्याल–ढोका थप्न, रंगरोगन गर्न ३४ लाख रुपैयाँ बक्यौता रहेकामा सो रकम दिए भवन तयारी …

प्रधानमन्त्रीको भारत भ्रमणले सप्तरीको समस्या समाधान होला?
0 comment
0 FacebookTwitterEmail

आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। यद्यपि यसको औपचारिक उद्घाटन जेठ २५ गते हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले केबलकारको उद्घाटन गर्नुहुनेछ।

‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी सञ्चालनमा आएको छ,’ अध्यक्ष ढकालले भन्नुभयो ‘जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ।’

केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो।

कम्पनीले बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडावासीलाई केबलकार …

लुम्बिनी केबलकार सञ्चालनमा, औपचारिक उद्घाटन जेठ २५ मा प्रधानमन्त्रीबाट
0 comment
0 FacebookTwitterEmail

बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु भएको छ। व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदैछ। केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु भएको हो।

भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताउनुभयो। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिँदैछन्।

कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर–पिपल, ढुंगेधारा, पोखरी आदि …

वसन्तपुरको कामाख्या मन्दिरमा सप्ताहव्यापी पूजाआराधना सुरु, भोलिदेखि लुम्बिनी केबलकार सञ्चालन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved