वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएपछि फुटपाथमा बनेको ग्रिनसिटी समुदायिकको कार्यालय हटाउन माँग उठेको छ। अतिक्रमण हटाउने महानगरपालिकाको अभियान सराहनीय भएको भन्दै अहिले सो आवाज उठेको हो।
ग्रिनसिटी हटाउँदा वीरगन्जको केन्द्रबिन्दु आदर्शनगरको बाटो अझ राम्रो देखिने भन्दै उक्त कार्यालय हटाउन स्थानीय युवा तथा वुद्धिजीवीहरूले स्थानीयले आवाज मुखरित गरेका छन्। यसमा स्थानीय व्यापारीको समेत ऐक्यबद्धता रहेको छ।
केही वर्षयता ग्रीनसिटीको नाममा स्थानीय व्यापारी प्रकाश खेतानले वीरगन्जको मुख्य व्यापारिक क्षेत्र आदर्शनगर चोक नै चर्चेर नगरपालिकासँगसमेत अनुमति नलिई दुई ठाउँमा स्थायी टहरा बनाउनुभएको थियो। टहरा निर्माणपछि स्थानीयले तत्काल हटाउन महानगरलाई दबाब दिन थालेका छन्।
सडकपेटीमै निर्माण गरिएको ग्रिनसिटीले आउजाउ गर्ने बटुवा तथा छिमेकी मुलुक भारतबाट आउने पर्यटकलाई समेत कठिनाइ स्थानीय व्यापारीले बताए।
‘अब महानगरले तत्काल नहटाए आदर्शनगरका सम्पूर्ण स्थानीय मिलेरै भए पनि ग्रीनसिटस्लाई यहाँबाट स्तानतरण गर्नुपर्छ,’ एक व्यापारीले भन्नुभयो, ‘यो टहराले गर्दा पैदल यात्रीलगायत भारतीय पर्यटकलाई समेत अप्ठ्यारो बनाएको छ। यसले वीरगन्जबारे नकारात्म सन्देश गइरहेको छ।’
सार्वजनिक जग्गा अतिक्रमणलगायतका विभिन्न सकारात्मक अभियानमा नगर प्रमुख राजेशमान सिंहलाई सहयोग गर्दै आएको ग्रीनसिटी आफैँले गरेको अतिक्रमण स्वयंले घटाउने एक जना स्थानीय व्यापारीले बताउनुभयो। ‘सबै पक्षबाट ग्रीनसिटीको कार्यालय हटाउने सकारात्मक सल्लाह आउन थालेपछि प्रकाशजीले कार्यालयलाई छिट्टै हटाएर महानगरलाई सहयोग गर्नुहुन्छ,’ उहाँले भन्नुभयो।
यसअघिको खेतानको सहयोगको मूल्यांकन गर्दै महानरपालिकाले पुरस्कृत समेत गरिसकेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
