Home » वातावरण/जलवायु » Page 21
Category:

वातावरण/जलवायु

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ ।

मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिनुभयो । “परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “उत्पादित …

0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।

जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उहाँले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अर्थमन्त्रीले विकसित देशहरुलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गर्नुभयो । उहाँले नेपालजस्ता देशले सामना …

0 comment
0 FacebookTwitterEmail

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ। सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो।

चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु विँडारीले बताउनुभयो। उहाँका हनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन्। चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका विँडारीले जानकारी दिनुभयो।

ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासका लागि दबाब सृजना गर्न वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीले …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरूलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने मन्त्रालयद्वारा ३ वैशाखमा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो। उहाँले पर्वतीय राष्ट्रहरूमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन्। कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ। नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन्। गाउँघरमा पशुचौपाय पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ। चैत÷वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन्।

यो वर्षको सुक्खायाम सुरु भएपछि बागलुङका वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ। पाखोबारी, घरछेउका जङ्गल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन्। आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन्।

“हिजो मल बन्ने …

0 comment
0 FacebookTwitterEmail

भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ। मापदण्डविपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो।

स्थानीयवासीको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले क्रसरको स्थलगत अनुगमन गरेको छ। अनुगमनपश्चात् मापदण्डविपरीत क्रसर सञ्चालन भएको जिल्ला अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिनुभयो।

पिखुवा खोला पुल निर्माणका क्रममा निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठले विसं २०७६ मा क्रसर सञ्चालन गर्नुभएको थियो। पुल निर्माण सकिएपछि पनि क्रसर  निरन्तर सञ्चालन गरिएको हो।

पुलबाट पाँच सय मिटर दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ। यहाँ सञ्चालित क्रसर पुलबाट ५० …

0 comment
0 FacebookTwitterEmail

सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताउनुभयो। उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो।

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको सङ्ख्या र क्षति …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ। सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको  हो।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ। यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ। यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो।

“चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते …

0 comment
0 FacebookTwitterEmail

चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान र प्रदेशका छ स्थानीय तहका प्रमुख–उपप्रमुखबीच सहमति भएको हो।

चेपाङ समुदायको बाहुल्यता रहेको प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवनका गरी छ वटा पालिकासँग सम्झौता भएको हो। जसअनुसार मकवानपुरको राक्सिराङ, धादिङको गजुरी र बेनिघाट रोराङ तथा चितवनको राप्ती, कालिका र इच्छाकामना गाउँपालिकासँग प्रदेश सरकारले सम्झौता गरेको हो।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रममा नै समावेश गरी सिमान्तकृत जातिको उत्थानका लागि चिउरी र चमेरो संरक्षणको कार्यक्रम अघि सारेको थियो।

उक्त …

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च शिखर सगरमाथालगायत हिमालको फोहर सङकलनार्थ खटिने नेपाली सेनाको टोलीलाई ब्यानर हस्तान्तरण गरिएको छ। नेपाली सेनाद्वारा चैत २९ गते आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान–२०२४’ का टोली संयोजक सेनानी आदित्य कार्कीलाई नेपालको राष्ट्रिय झण्डासहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गरिने छ। उक्त अभियानमा सेनाका तालिम प्राप्त १० जना र १८ शेर्पा सहयोगीले फोहर सङकलन गर्नेछन्। ‘सफा हिमाल अभियान–२०२४’ मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शव तथा १० टन फोहर सङ्कलन गरिने नेपाली सेनाले जनाएको छ।

सफा हिमाल अभियान टोली आगामी वैशाख २ गते सगरमाथातर्फ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved