Home » वातावरण/जलवायु » Page 27
Category:

वातावरण/जलवायु

गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ। ‍कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ। केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो।

‍महानगरले विसं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ। “सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो। व्यवस्थापन गर्नुपर्ने क्षेत्रको …

0 comment
0 FacebookTwitterEmail
लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ ।

सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरुपमा काम नलाग्ने अन्य वस्तुहरु जताततै अव्यवस्थित रुपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ । बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भन्नुभयो, “लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्ध सहीसक्नु छैन ।”

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व

0 comment
0 FacebookTwitterEmail

गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धन सुरु गरेको छ। बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो।

पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ। स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने बताइएको छ। प्रतिकिलोग्राम रु ४० का दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ। सुरुमा ४५ जना किसानलाई दिइएको …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय निकुञ्जलाई विकासको बाधकको रूपमा किन व्याख्या गर्न थालिएपछि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या न्यूनीकरणमा जनप्रतिनिधिले चासो देखाएका छन्। निकुञ्जको नीतिगत व्यवधानका कारण विकास निर्माणका साथै स्थानीयको दैनिकीमा जटिलता उत्पन्न भएको भन्दै नीतिगत व्यवधानलाई संशोधन गर्न जनप्रतिनिधिले चासो देखाएका हुन्।

मध्यवर्ती क्षेत्रका नागरिकको दैनिकीमा जटिलता उत्पन्न हुन गई निकुञ्ज र स्थानीय समुदायबीच असमझदारी सिर्जना भएकाले नीतिगत व्यवधानलाई संशोधन गर्न पहल गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो।

“राष्ट्रिय निकुञ्ज स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा सुधार आउँछ भन्ने थियो। अहिले  कानुनी जटिलताका कारण निकुञ्ज र स्थानीय बासिन्दाबीच असमझदारी देखिएको छ”, उहाँले भन्नुभयो, “मध्यवर्ती क्षेत्रमा देखिएका समस्यालाई कानुनी …

0 comment
0 FacebookTwitterEmail

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापर्वाही गरेको र जिम्मेवारपूर्ण ढङ्गले कार्यसम्पादन नगरेको पाइएको छ।

आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयन नगरेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललाई वास्तविकता स्पष्ट गर्न निर्देशन दिनुभएको छ।

मन्त्रालयमा फागुन ८ गते आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा मन्त्री बस्नेतले आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदा ‘तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेका’ केन्द्रको प्रगति विवरणप्रति उहाँले असन्तुष्टि जनाउनुभयो। उहाँले भन्नुभयो, “तोकिएका अधिकांश कामको प्रगति १० प्रतिशतभन्दा कम छ। माग सङ्कलन …

0 comment
0 FacebookTwitterEmail

संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान दिने भएको छ। आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन्। अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो।

नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा  फागुन ८ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले  हस्ताक्षर गर्नुभयो। यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ।

अर्थ …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ।

यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताउनुभयो। कार्यक्रमको आयोजना कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो।

जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ। पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको …

हात्तीसँगको द्वन्द्व कम गर्न २४० किलोमिटर हिड्दै मुख्यमन्त्री केदार कार्की
0 comment
0 FacebookTwitterEmail

विश्व सामाजिक मञ्चले  अर्को विश्व सम्भव छ भन्दै १६औँ संस्करण आज औपचारिक रूपमा समापन गर्दै छ । ९० वटाभन्दा बढी देश सहभागी भएको सम्मेलनमा विभिन्न समसामयिक क्षेत्रका १३ वटा मुख्य विधा र त्यसमा आधारित ४०२ वटा उपविधामा छलफल गरिएको छ ।   ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ यही फागुन ३ गते काठमाडौँमा सुरु भएको सम्मेलन सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको छ ।

विश्वमा प्रचलनमा रहेका नवउदारवाद, पुँजीवाद र विश्वव्यापीकरणभन्दा फरक व्यवस्थाको काल्पनिकता विश्व सामाजिक मञ्चले स्थापनाकाल अर्थात् सन् २००१ देखि नै यो नारा

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा फागुन ७ गते पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन्। गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए। मरेका गिद्धको मङ्गलबार  परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

कसरी मारिए पाँच जटायु?कसरी मारिए पाँच जटायु?
0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्ती लगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ। संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तललगायतका वन्यजन्तुको ओहरदोहर गर्ने मार्गका रुपमा परिचित रहेको छ।

भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन। निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने पुरानो जैविक मार्ग मासिँदा जङ्गली जनावरले प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्‍याउँदै आएका छन्। जैविक मार्गको कनेक्टभिटी टुटेपछि जङ्गली जनावर बस्ती छिर्ने गरेका हुन्। पुनर्वास नगरपालिकाको डोकेबजार, नौरङ्गा, दोदा नदीको आसपासको क्षेत्रमा जङ्गली जनावरले ओहरदोहर गर्दै आएका छन्।

जैविक मार्गको अवरोध हटाउनका लागि पटक–पटक बहस …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved