Home » वातावरण/जलवायु » Page 32
Category:

वातावरण/जलवायु

वीरगन्ज महानगरपालिकाले चलाएको नदी प्रदूषण नियन्त्रण अभियान असफल देखिएको छ। चुनाव जितेलगतै नगर प्रमुख राजेशमान सिंहको पहलमा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान सुरु गरेको थियो। अभियान चलाएको एक वर्ष बिते पनि प्रदूषण नियन्त्र खासै प्रभावकारी हुन सकेको छैन।

महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पटक–पटक अटेरी गर्दै आएका छन्। उनीहरूको अटेरीले गर्दा सिर्सिया प्रदूषणमुक्त अभियान नगरवासीका लागि एउटा नारा मात्रै साबित हुँदै आएको छ।

महानगरपालिकाले दसंै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नदीको प्रदूषण नियन्त्रण अभियानलाई पुनः तीव्रता दिएको छ। विशेषगरी तिहार र छठअगाडि नदी प्रदूषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णयसमेत गरेको छ।

सोमबार नगर प्रमुख सिंहको …

वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण
0 comment
0 FacebookTwitterEmail

श्रीमानको दैनिक ज्यालाबाट घरगुजारा चलाउने छब्बीस-वर्षीय जानकीदेवी अस्सी नदी किनारको सानो घरमा बस्नुहुन्छ। अस्सी नदी भारतीय राज्य उत्तर प्रदेशको पवित्र सहर बनारसमा छ। यो गंगा नदीको सहायक नदी हो। घरमा नालीको ह्वास्स गन्ध आउँछ। घरबाहिरबाट आफ्नो सबैभन्दा कुरुप स्वरूपमा अस्सी नदी बगेको छ।

अस्सी नदी किनारमा टाँड बनाएर जानकीदेवीको अस्थाई चर्पी बनाइएको छ। घरबाट निस्केको मलमूत्र सोझै नदीमा जान्छ। ‘घरको सबै फोहर म सीधै नदीमा फाल्छु। अरु के नै उपाय छ र ?’ जानकी भन्नुहुन्छ।

Man stands inside a simple hut containing possessions, plastic water bottle
अस्सी नदी किनारको एक झुपडीमा। (तस्वीरः मोनिका मण्डल)

बनारसमा अस्सी र गंगाको अर्को सहायक नदी वरुणको किनारमा जानकीका जस्ता अरु थुप्रै अस्थाई टहरा छन्। …

0 comment
0 FacebookTwitterEmail

विश्वव्यापी रूपमा, हरेक हप्ता लगभग एउटा ज्वालामुखी विस्फोट भइरहेको छ। ज्वालामुखी विष्फोटका कारण हरेक वर्ष औसतमा ५०० जनाको मृत्यु हुने गरेको छ भने विश्व अर्थतन्त्रमा करिब सात अर्ब अमेरिकी डलरको नोक्सानी हुने गरेको छ।

विश्वभर बसोबास गर्ने २० मध्ये एक जना ज्वालामुखी गतिविधिको जोखिममा रहेकाले ज्वालामुखीको अनुगमनमा सुधार गर्ने हरेक प्रयास महत्त्वपूर्ण छ।

विशेषगरी ग्लेसियरले ढाकिएको ज्वालामुखी, जुन पृथ्वीमा भएका सबै ज्वालामुखीहरूको लगभग १८ प्रतिशत छन्, यिनीहरू विस्फोट हुँदा सबै प्राकृतिक प्रकोपभन्दा घातक हुन सक्छ।

कोलम्बियाको नेभाडो डेल रुइज ज्वालामुखीले १९८५ मा लगभग २५ हजार मानिसहरूको ज्यान लिएको थियो, जब यसको विस्फोटले ग्लेशियरको बरफ लगभग तुरुन्तै पग्लिदा पानी र विस्फोटक …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन नियन्त्रण गर्न क्लाइमेट फाइनान्स अर्थात् जलवायु वित्त जरुरी छ। किनकि कार्बन उत्सर्जन कम गर्न ठूलो परिमाणमा लगानीको आवश्यकता हुन्छ। बिनालगानी ऊर्जा संक्रमण र अनुकूलनका लागि जलवायु वित्त महत्वपूर्ण छ।

ऊर्जा संक्रमण (इनर्जी ट्रान्जिसन) मा तीव्रता ल्याउन र जलवायु परिवर्तनसँग जुझ्न केही समयअघि भारतको राजधानी दिल्लीमा जी–२० देशका नेताले सन् २०३० सम्म वैश्विक अक्षय ऊर्जा उत्पादन क्षमतलाई तीन गुणा गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी अमेरिकामा भएको संयुक्त राष्ट्रसंघ महासभा र न्युयोर्क जलवायु सप्ताहको अवसरमा वैश्विक नवीकरण गठबन्धन (जिआरए) ले दुई सयभन्दा बढी संगठनका तर्फबाट खुलापत्र प्रकाशित गर्दै कोप–२८ मा २०३० सम्म अक्षय ऊर्जा क्षमता तीन गुणा गर्न आह्वान गरेको …

0 comment
0 FacebookTwitterEmail

यही २०८० भदौ २९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले निम्न अनुसारका निर्णयहरू गरेको छ:

  • संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने।
  • कर प्रणालीको सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने।
  • साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने।
  • सिँचाइ नीति,
सरकारले खारेज गर्‍यो विभूषण,  २० हजार मेट्रिक टन चिनी आयातको स्वीकृति
0 comment
0 FacebookTwitterEmail

वायु प्रदूषणबारे विश्व बैंकको एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्नका लागि काठमाडौंमा हालै एउटा बैठक गरिएको थियो । सो बैठकमा धारणा राख्ने क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्शोले त्यो कोठामा रहेकामध्ये कतिले काठमाडौंको राजधानी उत्रिने क्रममा सगरमाथाको शिखर देख्नुभयो भनी सोधे । उनले देख्नेजतिले हात उठाउन भने । दुःखको कुरा त्यहाँ कसैले हात उठाएन, जुन कुरा आकलन गर्न सकिन्थ्यो । वास्तवमा ग्याम्त्शोले घुमाउरो पारामा नेपालको वायु प्रदूषणको प्रसंग कोट्याएका थिए । संसारकै सबैभन्दा प्रदूषितमध्ये पर्ने नेपालको राजधानीको वायुले विश्वको सर्वोच्च शिखरलाई प्रायः ढाकिरहेको हुन्छ ।

दक्षिण एसिया विश्वकै वायु प्रदूषणको जोखिमयुक्त क्षेत्रमा पर्छ । विश्वका सबैभन्दा बढी प्रदूषित ४० मध्ये ३७

0 comment
0 FacebookTwitterEmail

काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपूर्वक टिपिन्छ र विशेष गरी महिलाहरूले यो काम गर्ने गर्दछन् । केशर विश्वभर महँगो मूल्यमा बेचिन्छ । ‘म सानो छँदा मलाई केशरका खेतहरू हेर्न मन पर्थ्यो । बैजनी रङका फूलले ढकमक्क भुइँ पूरै ढाकेको देख्दा म छक्क पर्थेँ । जब म ठूलो भएँ, तब मैले बुझेँ केशर फुल्ने समयमा जमिन जति बढी बैजनी हुन्छ त्यति नै बाली राम्रो हुन्छ,’ दशकौँदेखि केशर खेती गर्दै आएका परिवारकी छोरी तथा बुहारी रिफत जानले भन्नुभयाे ।

बैजनी धर्ती

0 comment
0 FacebookTwitterEmail

गत जुन महिनामा आएको वर्षाले नेपालको पहाडी क्षेत्रमा ठूलो क्षति पुर्‍याइरहेको थियो। त्यति नै बेला नेपालकै दक्षिणी भेगमा अवस्थित समथर क्षेत्रमा भने पानीको हाहाकार मच्चियो। खडेरीका कारण भारतसँगको सीमावर्ती पर्सा जिल्लालगायतका कैयौँ ठाउँमा इनार सुके।

भूक्षय, वन फडानी र तीव्र जनसंख्या वृद्धिका कारण हिमालय क्षेत्रको काखमा रहेको दक्षिण भूभागमा पर्ने नेपालको चुरे र भारतको शिवालिक क्षेत्रमा गम्भीर वातावरणीय समस्या देखिएका छन्। त्यसबाहेक, जलवायु परिवर्तनका कारण बदलिँदो वर्षाको स्वरूपले विभिन्न ठाउँमा पानीको संकट निम्त्याइरहेको छ।

तर, सीमापार यो जलसंकटले राजनीतिक एजेन्डाका रूपमा भने स्थान पाउन नसकेको विज्ञहरूको भनाइ छ।

जुलाईको अन्त्यताका, भारतीय राज्य बिहारसँग जोडिएको वीरग‌‌न्जबाट पत्रकार चन्द्रकिशोरले यो संकटबारे चिन्ता …

0 comment
0 FacebookTwitterEmail

ब्रह्मपुत्र नदी चीन,भारत र बंगलादेश हुँदै समुन्द्रमा समाहित भएको छ। चिनियाँ भूमिबाट उद्गम भई भारत, बंगलादेशको त्रिदेशीय भूमि छिचोलेको यसको यात्रामा धेरै सहायक नदीहरू जोडिएका छन्। विभिन्न क्षेत्रमा यसलाई विभिन्न नामद्वारा बोलाइन्छ। जस्तै चीनमा यार्लुंग त्सांगपो, भारतमा ब्रह्मपुत्र, बंगलादेशमा जमुना आदि। पछिल्लो समय यो नदी भारतीय उपमहाद्वीपमा ठूलो भूराजनीतिक विवादको केन्द्र बन्दै गएको छ।

माथिल्लो रिपेरियन देशका रूपमा रहेको, चीनले यार्लुङ त्सांगपोको तल्लो भागमा लगभग आठ ठूला जलविद्युत परियोजना (एचपिपी) निर्माण गरेको छ। जसमध्ये केही पहिले नै सञ्चालनमा छन् र केही निर्माणाधीन अवस्थामा छन्। अर्थात् वायु, डागु, जिक्सु, जांगमु, जिचा, लेन्गडा, झोंगडा र लांगजेनमा चीनका प्रस्तावित विद्युत् परियोजना हुन्।

चीनको …

ब्रह्मपुत्र नदीसँग जोडिएको त्रिदेशीय सम्बन्ध र दक्षिण एसियाको सुरक्षा
0 comment
0 FacebookTwitterEmail

वैज्ञानिकहरूले २० वर्षमा समुद्रको रङ परिवर्तन भई नीलोबाट हरियो भएको बताएका छन्। उनीहरूले यसको असर समुद्री जीव तथा सी–फुडमा आश्रित मानिसमा पर्ने पनि बताएका छन्। यसको कारण जलवायु परिवर्तन रहेको बताइएको छ।

जलवायु परिवर्तनका कारण समुद्री सतहमा फाइटोप्लांकटन अर्थात् समुद्रमा पाइने साना बिरुवाजस्तो देखिने जीव बढेका छन्। यसले यिनले मरिन लाइफलाई नियन्त्रण गर्छन्। यी फाइटोप्लांकटनमा बिरुवामा झैं हरियो क्लोरोफिल हुन्छ, जसले गर्दा पानीको सतह हरियो देखिन्छ।

वैज्ञानिकले समुद्रको रङ परिवर्तन हुनु खतराको संकेत भएको बताएका छन्। कारण, फाइटोप्लांकटन बढ्दा समुद्रमा मृत क्षेत्र (डेड जोन) बढिरहेको छ। यो मृत क्षेत्रमा समुद्री जीवले सास फेर्न सक्दैनन् र मर्छन्।

वास्तवमा फाइटोप्लांकटनले कार्बनडाइअक्साइड लिएर …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved