वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गर्ने एक उद्योगलाई रु. ३० हजार जरिवाना गरेको छ। प्रदूषित पानी सिर्सिया नदीमा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिवाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले जानकारी दिनुभयो।
यसअघि सिर्सिया नदी प्रदुषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले पाँच उद्योगलाई धेरै पटक चेतावनी दिँदा पनि प्रदुषण गर्न नछाडेकाले रु.तीन/तीन लाखका दरले जरिबाना गरेको थियो।
उद्योगबाट निस्कने रसायनसहितको लेदो तथा फोहोर पानी सोझै नदीमा मिसाउँदा नदी दुर्गन्धित र प्रदुषित भएको थियो। महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले जनाएको छ।
यसैबीच पर्सा–बारा करिडोरका दुई उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका छन्। महानगरपालिकाले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदुषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहोर व्यवस्थापन गर्न उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट बनाउन सुरु गरेका हुन्। सिर्सिया नदी प्रदुषणमुक्त बनाउन नदीको आसपासका उद्योगहरू नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा शीलबन्दी गरिने महानगरप्रमुख राजेशमान सिंहले चेतावनी दिएपछि उद्योगीहरू ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन्।
अहिले मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक ट्रिटमेन्ट प्लान्ट बनाउने काम अघि बढाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- ओलीको ‘फेक–पुराण’ सुनाउन २४ विद्यालय बन्द
- सरकारहरू कुस्तीमा उदासिन
- छठः न पुजारी न शास्त्रीय विधि विधान, मधेसको लोक पर्व
- पुरेत आयात गर्न बाध्य हामी
- मातेका वडाध्यक्षले कुटे सफाइकर्मी, श्रीमान् र सौताले मारे कान्छीलाई
- वीरगन्ज महानगरको चुनौती बन्यो सिर्सिया नदी प्रदूषण
- दसैंको मुखमा तस्करी : ५० लाखभन्दा बढीका अवैध कम्प्युटर बरामद, तस्कर फरार
- दसैंको मुखमा प्रशासकीय अधिकृतलाई मन्त्री सचिवालयको फोन– भेटघाट गर्ने कि सरुवा जाने?
- पुनमको हत्या “चोर”ले गरेको प्रहरीको दाबी
- पालिकाले गर्यो शिक्षक सरुवा, विरोधमा विद्यार्थी, लाठी चार्ज, ६ विद्यार्थी घाइते