गत जेठ ९ गते मध्यराति। भीम नेपालीकी पाँच वर्षीय नातिनी शान्ति रुँदै पानी माग्न थाल्नुभयो। बेलुका भोकै सुतेकी उहाँ मध्यरातमा रुँदै पानी माग्न थालेपछि भीम नेपाली आत्तिनुभयो। झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर जानुभयो र लोटामा पानी मागेर ल्याई खुवाउनुभयो।
‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन। केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसो खाना पकाएँ। तर राति खानेपानी भएन। अनि सुत्यौँ,’ भीमले सुनाउनुभयो।
बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम गत जेठ ९ गते सधैँझैँ बिहानै न्वालोमा पानी भर्न जानुभएको थियो। तर न्वालोमा आफ्नो पालो नआउँदै पानी सकिएपछि रित्तै गाग्रो फर्किनुभयो। यही कारण नातिनीले पानी माग्दा छिमेकीको …
