म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दै छन्। किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन्। त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन्। व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन। हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नु पर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन्। यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन्।
‘किन म प्रधानमन्त्री हुन ईच्छा गरें? किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ। तर उनीहरूबाट मैले अपजस सिवाय केही …
