गत हप्ता नेपालमा साइवर सुरक्षासम्बन्धित दुई घटना भए। पहिलो घटनामा नेपाल प्रहरीको आन्तरिक सञ्चार प्रणाली ह्याक भएर संगठनभित्रको आन्तरिक सञ्चारसम्बन्धी ठूलो परिमाणको डेटा डार्क वेबमा उपलब्ध रहेको समाचार बाहिरियो। ह्याक भएका सामग्री रहेका वेबसाइटहरू नेपालबाट खुल्न नसकिने बनाए पनि ति सामग्रीअझै पनि इन्टरनेटमा उपलब्ध नै छन्।
दोस्रो घटनामा गत शनिवार डट जीओभी डट एनपी डोमेनमा रहेका नेपालको सरकारी निकायका वेबसाइटहरूमा डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमण भई नेपाल सरकारका सम्पूर्ण वेबसाइट करिब पाँच घण्टा अवरुद्ध भए। करिब १५०० जति सरकारी वेबबाइटहरू बन्द भएको यो घटना सार्वजनिक विदाका दिन भएकाले अन्य क्षेत्रमा त्यति प्रभाव नपरे पनि अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा सरकारी …
