Home » विचार » Page 22
Category:

विचार

भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ?  भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको  के हो?  भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल)  हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ।

मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषाविज्ञानले धेरै ठूलो सहयोग पुर्‌याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति , वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै  माइकल …

भाषामा लुकेको रैथाने ज्ञान
0 comment
0 FacebookTwitterEmail

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ ध्यान दिनै पर्दछ– बेवास्ता गरेर उम्कनै सकिदैन।

कुनै बेला यसलाई राज्यले राष्ट्रिय स्तरमै ‘सम्पूर्ण नेपालीको महान पर्व’ भन्थ्यो तर जनजाति समुदायको एक तप्काले आफ्नो चाड नभएर र राज्यले जबर्जस्ती लादेको भन्दै बहिष्कारको अभियान थाल्यो। त्यसपछि भाष्य परिवर्तन गरेर ‘सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान पर्व’ भन्न थाल्यो। …

0 comment
0 FacebookTwitterEmail

गत महिना, भारत सरकारले संसदलाई भारतका बैंकहरूको सन् २०१७ देखि २०२२ को बीचमा लगभग १० लाख करोड रुपैयाँको खराब कर्जा  अपलेखन गरिसकिएको बताएको छ।

१० हजारभन्दा बढी जानीबुझीकन कर्जा नतिर्ने (विलफुल डिफल्टर) मा २५ संस्थानहरू शीर्ष स्थानमा रहेका छन्। २५ संस्थानहरूमध्ये प्रत्येकले  ११५०–७१०० करोड रुपैयाँ ऋण लिएका छन्।  अपलेखनबारे बताएको चार दिन पछि भारत सरकारले संसदमा सन् २०१४ यता बैंकहरूले ६.४१ लाख करोड रुपैयाँको ऋण असुली गरेको घोषणा गर्‍यो।

अघिल्लो जुलाईमा, सरकारले खराब ऋण (निष्क्रिय सम्पत्ति, वा एनपीए) को अनुपातमा संयुक्त राज्य अमेरिका, बेलायत र चीन जस्ता ठूला अर्थतन्त्रहरूको तुलनामा  भारतको अवस्था निकै प्रतिकूल रहेको स्वीकार गरेको थियो। कुल ऋणमा …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगः मेवा–पातको रस र विज्ञान
0 comment
0 FacebookTwitterEmail

करिब ५० वर्षअघिको सम्झना हो यो– अब दसैं कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको जानकारी पाउन मैले आफ्नै खालका सूचक बनाएको थिएँ। रातो र कमेरोमाटो ल्याउन आमा, भाउजू, दिदीहरूको लाम सुरु हुनु, बन पाखाका तितेपाती फुल्न थाल्नु, गाउँमा खसी बोकाको कुरा हुन थाल्नु मेरा मुख्य सूचक थिए।

दशैंमा धेरैको मुख्य चासो मासुमा हुने भएकाले फलानोले यति धार्नीको खसी ल्यायो, ढिस्कानोले उती धार्नीको ल्यायो भनेर चर्चा हुन्थ्यो। कसले पालेकोदेखि कसको जखमले वा कहाँबाट कसरी ल्यायोदेखि कति रुपैयाँको लगायतका विषयमा चर्चा सुरु हुन्थ्योज़।

घटस्थापनाको अघिल्लो दिन हाफ छुट्टीमै स्कुलले १५ दिने बिदाको जानकारी गराएपछि अब १५ दिनसम्म स्कूल आउन नपर्ने …

0 comment
0 FacebookTwitterEmail

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमित सत्यले जीवनदृष्टि नै कुनै आग्रहतिर लतारिदिन्छ । जीवनको प्रतिक्रियालाई क्रिया बनाइ दिन्छ । चाहे त्यो व्यक्तिको कुरा होस् वा कुनै मुलुकको प्रशासनिक गतिशीलताको कुरा होस्। यस्तै भ्रमजाल साबित हुँदैछ छिमेकी गरिब मुलुकको लागि चीनको वीआरआई परियोजना । चीनले छरेको विकास रूपी वीआरआईको भ्रमजाल क्रमश खुल्दैछ। विकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मीय ऊर्जा फैलाउदै वीआरआई एक्काईसौँ शताब्दीको स्वर्णीम युगका सपना छरियो। तर श्रीलङ्का ,पाकिस्तान र त्यसपछि बङ्गलादेशमा देखा परेको आर्थिक सङ्कटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भयावह प्रवाह बढाएको छ।

सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने भनेर …

0 comment
0 FacebookTwitterEmail

यो आलेखमा आसन्न निर्वाचनमा सहभागी हुने विभिन्न शक्ति, विभिन्न विशेषता बोकेका मतदाता र उनीहरूले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएका छन्।

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर …

आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता
0 comment
0 FacebookTwitterEmail

बडादशैं संघारमै आइसकेको छ। सबैको ध्यान यसपालीको दशैं कसरी विशेष बनाउने वा रमाइलोसँग मनाउने भनेर योजना बनाउनमा केन्द्रित छ।

दशैं भनेको उपासनाको पर्व हो। विजय र हर्ष उल्लासको चाड हो। उपासनापछि हरेक व्यक्तिमा नयाँ जोस, जाँगर, उत्साह, ओज र तेजको अवतरण भए मात्र सही अर्थमा उपासना गरिएको सावित हुन्छ।

दशैंको समयमा नयाँ पुस्ताको ध्यान पूजापाठ गर्नेमा भन्दा पनि नयाँ–नयाँ कपडा किन्ने, साथीभाइ तथा आफन्तजनहरू भेट्ने र रमाइलो गर्नेमा केन्द्रित हुने गरेको पाइन्छ। रमाइलो गर्न आम रूपमा स्वादिलो खानपान र मदिरा सेवन गर्ने चलन त छँदैछ। धेरैले दशैंलाई मासु र मदिरा पिउने अवसरका रूपमा समेत पर्खिरहेका हुनसक्छन्। वस्तुत: दशैं मनाउने शैली …

0 comment
0 FacebookTwitterEmail

‘नब्बे हब्बे न कब्बे’ भन्ने चलन छ नेपाली समाजमा तर एकानब्बे वर्ष लाग्दै गर्दा पनि कलाकार कृष्णगोपाल (केजी) रञ्जित भने कलामा सुन्दरता कप्न मरिहत्ते गरिरहनुभएको छ। सामाखुसी, कपुरधारा छेउमा बस्नुहुने कलाकारलाई यो उमेरसम्म सधैंको व्यस्त बनाउने उही चित्रकारिता हो। ‘काम गरिरहनु नै जीवन बाँच्नु हो’ भन्ने मान्यताका कलाकार हुनुहुन्छ– उहाँ। ‘हिमाल चित्रका बादशाह’ नामले समेत चिनिनुहुने उहाँले हिमालबाहेक अरू अनेकौं विषय र शृङ्खलाहरूमा पनि उत्तिकै आकर्षक चित्र बनाउनुभएको छ।

रञ्जितले आफ्नो सम्पूर्ण जीवन कलामा समर्पण गर्दै आउनुभएको छ। नेपाली कलाक्षेत्रमा उहाँको विशिष्ट पहिचान छ। उहाँको जन्म वि.सं. १९८९ सालमा पोखराको रानीपौवामा भएको हो। आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “सानोमा म …

बर्सेनि आलुबखडा फलिरहे, म बाँचिरहें: कलाकार केजी रञ्जित
0 comment
0 FacebookTwitterEmail

काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’ नै भएजस्तो गरी प्रचारप्रसार गर्ने पारा र सर्वसाधारणमा देखिएको उत्साहलाई झट्ट हेर्दा हाम्रा सञ्चारमाध्यम मात्रै नभएर सबै क्षेत्र सम्पदाका मामिलामा निकै सचेत र अत्यन्तै जागरुक देखिए तर वास्तविकता यस्तो छैन। बरु यसले हामी प्राकृतिक तथा सांस्कृतिक सम्पदाका मामिलामा सामान्य ज्ञान पनि नराख्ने र उदासीन रहने गर्दा रहेछौं भन्ने जनाउँछ। काठमाडौं महानगरपालिकालाई पनि टुकुचाको बारेमा भर्खरै मात्र थाहा भएको कुरा होइन। अतिक्रमित ठाउँका संरचना हटाउन विगतका दिनमा पटक पटक सूचना जारी गर्ने तथा पुनर्निर्माणका लागि बजेट नै छुट्याउने काम नभएको होइन …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved