आज जुन चिजलाई प्रविधि भनिन्छ- त्यो भाषा हो। अर्थात् भाषा प्रविधि हो। कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन। प्रविधि साध्य हो भने भाषा साधन हो। आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषाप्रविधिमा आधारित छ। भाषा-प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ। जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो। अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो। त्यसैगरी आज मानिसले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई सङ्केतन (इन्कोडिङ) मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता( भर्चुअल रियालिटी) को निर्माण गरिरहेको छ। …
