विचार
वैशाख पूर्णिमाको दिन बिहानै एक पाटनवासीले आफ्नो फेसबुक स्टाटसमा लेखे– ‘आज बुद्ध जयन्तीको दिन मर्निङ वाकको क्रममै लगनखेलको बटुकभैरव पुगें, त्यहाँ एक ब्राह्मण परिवारको कुलपूजाको तयारीमा एउटा बोका बली दिन ठिक्क पारिरहेको देख्दा मनै खिन्न भयो । आज एकदिन त हिंसारहित कुलपूजा मनाउन मिल्थ्यो होला नि ।’
उक्त स्टाटस पढेपछि मेरो मानसपटलमा अनेक तर्कना आए । यही दिन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आएका भारतीय प्रधानमन्त्री सँगसँगै हिडेका प्रधानमन्त्री शेरबहादुर देउवाको हाउभाउलाई लिएर बौद्ध धर्मावलम्बीहरूबाट मात्रै नभएर अन्यले पनि अनेक टिप्पणी गरेको पाइयो । प्रायः टिप्पणीमा संस्कारको अभाव भनेर आलोचना गरेको पाइयो । बौद्ध सभामा बौद्ध आचरणको अपेक्षा गरिनु स्वाभाविक …
नरेन्द्र दामोदरदास मोदी बुद्धको जन्मस्थल लुम्बिनी जाने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ। उत्तर प्रदेश र बिहारजस्ता भारतका धेरै राज्यहरूसँग खुला सिमानाले छुट्याएको नेपालको तराईमा चिनियाँको आक्रामक विस्तारका बारेमा पनि मोदीलाई थाहा छ।
—
प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि मौका खेर जान दिनुहुन्न। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजको उद्घाटन गर्न प्रधानमन्त्री मोदी बेसार रङ्गको कुर्था लगाएर त्यहाँ पुग्नुभयो। प्रधानमन्त्री भएपछि यो उहाँको पाँचौं नेपाल भ्रमण हो। बुद्ध पूर्णिमामा केही घण्टाको छोटो नेपाल भ्रमणपछि साँझ पख, लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उहाँको मन्त्रिपरिषद्का सदस्यहरूसँग रात्रिभोजन गर्नका लागि प्रधानमन्त्री मोदी भारत फर्किसक्नु भएको थियो।…
केही वर्षदेखि नेपालले अभ्यासमा ल्याएको आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी दस्तावेज सम्बन्धमा संसदमा गरिने छलफललाई पूर्व बजेट छलफल भनिने गरेपनि यथार्थमा यो पूर्व बजेट बहस हुन सकेको छैन। आजदेखि प्रतिनिधि सभामा अर्थमन्त्रीले हिजो पेश गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। तर अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनको व्यवस्था अनुसार यो वर्ष पूर्व बजेट छलफल भइरहेको छैन।
आगामी बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी अर्थ मन्त्रालयको दस्तावेजमा पूर्व बजेट विवरणको कुनै पनि विशेषता नहुँदा अन्तराष्ट्रिय मापदण्डमा नेपालले बजेट पारदर्शिताको स्तरमा शून्य अङ्क पाइरहेको छ। इनटरनेशनल बजेट पार्टनरसिप (आईबीपी) नामक अन्तराष्ट्रिय संस्थाले गर्दै आएको मूल्याङ्कनमा बजेट दस्ताबेजहरूको गुणस्तर, उपलब्धता, पहुँच …
देशभरिका ७५३ पालिकाहरूका पदाधिकारीहरूको चयन गर्न गत वैशाख ३० गते भएको निर्वाचनका परिणामहरू धमाधम आइरहेका छन्। अहिलेसम्म घोषित भइसकेका परिणामहरू र मतगणना भइरहेका ठाउँहरूमा विभिन्न दलहरूले लिइरहेको अग्रतालाई हेर्दा नेपाली जनता यस पटक गत निर्वाचनको भन्दा ठ्याक्कै फरक म्याण्डेट दिन चाहन्छन् भन्ने बुझिन्छ। जनताले व्यक्त गरेको परिवर्तनको यो चाहना देशैभरि प्रतिध्वनित भएको छ भन्ने कुरा मेची महाकाली सबैतिर त्यसका उमेदवारहरूको फजिती हुनुका साथै गत वर्षसम्म राज्यको ढुकुटी खेलाएर बसेको त्यस दलले अपरिमित परिमाणमा पैसा खन्याएको झापा जिल्लामा समेत त्यसको हालत त्यति राम्रो नदेखिनुले प्रमाणित गर्दछ। प्रधानमन्त्रीको विधायिका-क्षेत्रको नगरपालिका दमकमै पनि एमाले उमेदवारको जीत सुनिश्चित देखिँदैन।
नेपाली मतदाताहरूले यस साल एमालेविरुद्ध …
अघिल्लो पाँच वर्ष पूर्वाधारका गफ धेरै गरिए तर अब नागरिकलाई गफ होइन, सुशासन चाहिएको छ। पारदर्शिता बिना सुशासन सम्भव छैन, हामीकहाँ त्यसैको कमी छ। त्यसोभए अब सुशासन कसरी ल्याउने? निर्वाचित भएपछि स्थानीय तहका पदाधिकारीले आफ्ना प्राथमिकता कसरी तय गर्ने? जबकि सुशासनको महत्वपूर्ण आधार नै पारदर्शिता हो। जसरी पारदर्शिता नभई सुशासन कायम गर्न सकिँदैन त्यसैगरी सूचनाको अधिकार उपयोग नगरुञ्जेल पारदर्शिता कायम गर्न सकिँदैन।
लोकतन्त्रमा राज्यले आफ्ना नागरिकको सर्वोत्तम हित संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संविधान र कानुनमार्फत विभिन्न अधिकारको व्यवस्था गरेको हुन्छ। यी अधिकारबारे सामान्य जनतालाई जानकारी नहुन सक्छ। यस्तो अवस्थामा सर्वसाधारणले सूचनाको हक प्रयोग गरी आफ्ना हक अधिकारबारे जानकारी प्राप्त …
नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो । याे प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ । यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ ।
========
एउटा टेलिभिजनले सञ्चालन गर्ने नेपाली साहित्य सिर्जनासम्बन्धी कार्यक्रममा मलाई बौद्ध धर्मदर्शनका बारेमा सोध्न स्टुडियोमा निम्त्याएको थियो। अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर चिप्लिने गरेको कुरा औंल्याएको थिएँ। यसो भन्नुको तात्पर्य साहित्यकारहरूले बौद्ध अध्ययनमा पनि केही ध्यान दिएको भए हुन्थ्यो भन्ने नै हो। विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि बौद्ध धर्मदर्शनको …
हुन त विचारधाराले पूर्व राजा ज्ञानेन्द्र र पुष्प कमल दाहाल प्रचण्ड दुई ध्रुवमा बाँडिएका छन् तर उनीहरू दुबैका धेरै गुण र चरित्र मिलेको देखिन्छ।
दुबै एकाधिकार चाहने हुन्। प्रचण्डले जनवादमा विश्वास गरेका छन् र त्यसैलाई कार्यान्वयन गर्न आफू सत्तामा हुँदा कोशिश गरेका थिए । राजा ज्ञानेन्द्रले पनि मौका परेको बेलामा सबै अधिकार आफ्नो हातमा लिएर देखाएकै हुन् ।
दुवै वास्तवमा आफूले नचाहेको राजनीतिक व्यवस्थाभित्र परेका हुन् । नारायणहिटी दरबार हत्या काण्डपछि ज्ञानेन्द्र राजा भएका थिए । उनले कुनै षडयन्त्र गरेका थिएनन् तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउन नसकेपछि ज्ञानेन्द्रको शरणमा परेका थिए । हुन त राजा ज्ञानेन्द्रले त्यसबेलाको तथाकथित …
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेताहरूविरुद्ध अनर्गल शब्दवाण प्रहार गर्ने मामिलामा दिन-प्रतिदिन नयाँ नयाँ कीर्तिमान बनाउँदै हुनुहुन्छ। ओलीले गर्ने गालीको सिकार नभएको नेपाली नेता भेट्टाउँन असम्भव नै नभए पनि निक्कै गार्हो पर्न सक्दछ। ओली दिनैपिच्छे यो वा त्यो नेताको उच्छित्तो काटिदिनु हुन्छ। ओलीको आनीबानी बोलीवचन देख्दा सुन्दा उहाँको राजनीतिक दीक्षा नै एकदमै गलत किसिमले भएको थियो जस्तो लाग्छ।
सारा जिन्दगी गैरवामपन्थीहरूलाई गाली गरेर बिताएका ओलीले सत्ताको गल्लीतिर चक्कर मार्न थालेपछि आफ्नै राजनीतिक गोत्यार कम्युनिस्ट नेताहरूलाई पनि आवश्यकता अनुसार सराप्न थाल्नुभएको हो। त्यस क्रममा वि. सं. २०७४ सालको संसदीय निर्वाचनमा हातेमालो गर्नुभन्दा दुई-चार दिन अघिसम्म ओली माओवादी …
सन् २०५० मा संसारका ठूला २५ शहरमा मात्र ६ सय मिलियन मानिस बसोवास गरिरहेका हुनेछन्, ती मध्ये दुई तिहाई शहर एसिया र अफ्रिकामा हुनेछन्।
शहरहरू युवा पुस्ताका लागि चुम्बक सरह भएका छन्। उद्यमीहरूका लागि त शहर नै सबै थोक बनेका छन्। किनकी शहरले उनीहरूलाई व्यापक रुपमा सामाजिक र व्यवसायिक अवसर दिएको छ। विश्व अर्थतन्त्रको ८० प्रतिशत हिस्सा शहरले नै र्सिजना गरेको छ। आर्थिक वृद्धिको यन्त्र नै शहर भएको छ।
मानवीय बसोबास र आर्थिक गतिविधिको केन्द्र शहरहरू भैरहँदा समस्याका केन्द्र पनि शहर नै हुँदै गएका छन्। वातावरणीय चुनौती, बसाइँसराइको तीव्र दबाब र त्यसको सह उत्पादनका रुपमा आएको सुरक्षा चुनौती अनि सूचना …