चन्दा मामा आ रे आ, चानीके बाटी ला,
चानीके बाटीमे दूध–भात लेने आ
बौआके मुँहमे घुटुक…
(मामा चन्द्रमा ! छिट्टै आऊ। चाँदीको कचौरामा दूध–भात लिएर आऊ। बाबुको मुखमा घुटुक्क)
गणतान्त्रिक मुलुक नेपालमा मधेश प्रदेशको स्थिति, सफलता, उपलब्धिको विश्लेषण गर्दा माथि उल्लेख गरिएको मैथिली गीतझैं कारूणिक रहेको पाइन्छ।
गीतको पृष्ठभूमि र भावको प्रसंग एउटी स्तन सुकेकी आमासँग सम्बन्धित छ। आमाको स्तन सुकेका कारण बच्चालाई स्तनपान गराउन पाइरहेकी छैनन्। बच्चा रोइरहेको छ। आमालाई बच्चाको रोदन असह्य हुन्छ अनि चन्द्रमासँग गुहार गर्नुहुन्छ– ए चन्दा तिमी आऊ ! चाँदीको कचौरामा दूध–भात लिएर आऊ। तिमीले ल्याएको दूध–भातले बच्चाको भोक पूरा गर्छु। यसमा आमाको आशा, वेदना, …