नेपालमा सङ्घीयता कार्यान्वयनका क्रममा विभिन्न जटिलता देखापरेका छन् । तीन तहका सरकार बिच अधिकार र शक्तिको प्रयोगमा अन्योल, द्वन्द्व र दम्भ बढ्दै गएको छ । परिणाम स्वरूप बजेट र विकास निर्माणका योजना कार्यान्वयनमा पनि गतिहीनताको अवस्था छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका अधिकार प्रत्यायोजनका खिचातानी बढ्दै मधेश प्रदेश सरकारले नेपाल सरकारलाई चेतावनी दिएको छ ।
संघ र प्रदेशबिच यस्तै समस्या झेल्दै आएको छिमेकी राष्ट्र भारतका विकास योजनाहरूमा भने केही वर्ष देखि अप्रत्याशित गति लिएका छन् । ‘प्रधानमन्त्री गति शक्ति योजना’ ले विगतको समयमा भारतको सङ्घीय र प्रदेश सरकार लगायत अन्तर मन्त्रालय बिचका सबै समस्याहरूलाई समाधान गर्ने साथै ‘गति शक्ति …
