पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवं आध्यात्मिक ग्रन्थहरूमा, खासगरी स्कन्द पुराण र भविष्योत्तर पुराणलगायतमा वर्णन भएबमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान्र विष्णुसँग गरिदिने निधो गरे। पिता हिमालयको निर्णयबाट पुत्री गौरी आहतरअसहमत भएपश्चात, साथीहरूले माता गौरीलाई हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुर्याए र त्यहीँ गौरी (पार्वती) ले कठोर तपस्या गरिन्। उनको तपस्याबाट महादेव प्रसन्न भई , भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयं महादेव प्रकट भई गौरीको तपस्या स्वीकार्दै (विवाह गर्न स्वीकार) आशीर्वाद दिएर तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन हरितालिका तीज पर्व मनाउदै आएको पाइन्छ। सखीहरू (आलीका) बाट …
