Home » विपद् » Page 3
Category:

विपद्

तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इरानले पाकिस्तानमा मङ्गलबार राति ‘आतङ्कवादी समूह’ विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त आक्रमण भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतङ्कवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन शहरवरपरका

0 comment
0 FacebookTwitterEmail

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबीचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

गत महिनामा सुडानमा विस्थापित मानिसहरूको सङ्ख्या करिब छ लाख ११ हजारले बढेको छ । बिस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका व्यक्ति हुन् ।

बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बीचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।…

0 comment
0 FacebookTwitterEmail

गए राती भालुवाङमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जाेगेन्द्र रामकाे

0 comment
0 FacebookTwitterEmail

गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ ।

मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ ।

इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । सेनाले भनेको छ, “मध्य गाजा शहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतङ्ककारी’लाई मारेको छ ।”

मगाजीको मध्य भागमा इजरायली सेनाले तीन

0 comment
0 FacebookTwitterEmail

यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बताएको छ ।

तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।

सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ । इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढ्यो ।”

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा

0 comment
0 FacebookTwitterEmail

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “मृत्यु हुने प्यालेष्टिनी बालबालिका र महिलासहित सर्वसाधारणको सङ्ख्या ‘धेरै’ हुनु दुःखको बिषय भएको र यस सम्बन्धमा संयमित हुन इजरायली प्रशासनसँग आग्रह गरिएको छ ।”

गाजा पट्टीमा युद्ध सुरु भएयता मध्यपूर्वको आफ्नो चौथो सङ्कटकालीन भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग तेल अभिभमा भेटवार्ता गर्नुभएको थियो ।

ब्लिन्केनले तेल अभिभमा पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाले आफ्नो सहयोगीलाई समर्थन जारी राख्ने बताउनुभयो तर प्यालेस्टिनी क्षेत्रमा फसेका इजरायली तथा अन्य देशका नागरिकहरूको सुरक्षाका लागि थप काम गर्न

0 comment
0 FacebookTwitterEmail

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् ।  धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ ।

मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ भने १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा हात्तीको आतङ्क बढेको छ। हात्तीको हुलले गत साउन देखि झापामा ४९, मोरङमा २६, सुनसरीमा ५ र उदयपुरमा १ गरेर ८१ वटा घटना गराइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। प्रहरीको तथ्याङ्कले १० वर्ष यताकै सबै भन्दा बढी हात्तीको बिजाइँ यी तीन जिल्लामा बढेको देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार– ‘साउन यता सबै भन्दा बढी  झापामा ५४, मोरङमा १६ र सुनसरीमा तीन गरेर ७३ वटा घरमा क्षति पुर्‍याएको छ । उनका अनुसार मोरङमा ८१ र झापामा दुई वटा गोठमा क्षति गरेको छ ।’ त्यसै गरी कृषकले सात बिघा
0 comment
0 FacebookTwitterEmail

जापानमा नयाँ वर्ष २०२४ को पहिलो दिन सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मर्नेको सङ्ख्या ८४ पुगेको छ भने ५१ जना अझै बेपत्ता छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गर्नुभएको छ। जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उहाँले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको हो।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन्। “बिहीबार साँझ भूकम्पको ७२ घण्टा हुने हुँदा विपद्मा परेका सबैको जीवन बचाउन पूर्ण समर्पणका साथ …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताउनुभएको छ। ललितपुरमा पुस १८ गते आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उहाँले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताउनुभयो।
प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताउनुभयो। जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार रु ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सांसद विकास …

पुनःनिर्माणका लागि पहल स्थानीय तहकोः प्रधानमन्त्री
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved